• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, पुष २९, २०८२ | Tuesday 13th January 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • ६ दिन अगाडि

शर्मा पुरस्कृत
  • १ हप्ता अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ हप्ता अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ हप्ता अगाडि

नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?
  • २ हप्ता अगाडि

स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया
  • २ हप्ता अगाडि

“मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”
  • ३ हप्ता अगाडि

विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना
  • ३ हप्ता अगाडि

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • १ महिना अगाडि

Advertisement

प्रभावकारी भएन प्रधानमन्त्री रोजगार कार्यक्रम,कामदार नै असन्तुष्ट

  •  संवाददाता
  • सोमबार, जेठ १०, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    अछाम — मंगलसेन नगरपालिका–५ की बार्की विक प्रधानमन्त्री रोजगार कार्यक्रममा छनोट भएपछि माघ २५ गतेदेखि काममा लागेकी थिइन् । १ सय दिन काम गर्नुपर्ने र दैनिक ज्याला ५ सय २७ रुपैयाँ पाउने गरी उनले काम थालेको सय दिन पुग्नै लागेको थियो । यो अवधिमा उनी आफूले जे काम गरिन् त्यसबाट भने सन्तुष्ट छैनन् ।

    ‘दिनको ज्याला मात्रै दिइएको छ । काम गर्ने ठाउँ देखाइदिएका छन् । तर सामग्री केही पनि छैन,’ उनले भनिन्, ‘हामीसँग कुटो, कोदालोबाहेक अरू सामग्री र औजार केही छैन । कामदारले आफूसँग भएका कुटो, कोदालोले नै काम गर्छौं ।’

    खानेपानी मर्मत, गोरेटो बाटो निर्माण, मन्दिरको पर्खाल (पेटी) निर्माण, सिँचाइ कुलो जस्ता साना योजनामा कामदार खटाइएका छन् । दैनिक ज्याला ५ सय १७ दिने सरकारको नीति छ । तर काम भने झारपात उखेल्ने मात्रै भएको कामदारहरू नै बताउँछन् । ‘जिल्ला अस्पतालको ंगोरेटो बाटो मर्मत गर्ने काम पायौं । पछिल्लो दिन पानीले बगाएर लग्यो । आफूले गरेको काममा सन्तुष्ट छैनौं,’ मंगलसेन–५ की दीपा विकले भनिन्, ‘एक सय दिन रोजगारी दिने भनेर छनोट गरेका हुन् । काम ५० दिनमै काम सकिन्छ ।’

    लामो समयसम्म हुने र दैनिक काम पाइने योजनामा आफूहरूलाई समावेश गराउनुपर्ने उनीहरूको माग छ । ‘हामी अन्य ठाउँमा कहाँ काम पाइन्छ भन्दै खोज्दै हिँड्छौं । काम नपाए खाने गुजारा चलाउन सकिँदैन । हामी काम गर्न तयार छौं । सधैं काम हुनुपर्‍यो,’ मंगलसेनकी प्रेमकला बजगाईंले भनिन्, ‘३०र४० दिन झारपात उखेलेर पाएको ज्यालाले हामीलाई पुग्दैन ।’ रोजगारीको हकसम्बन्धी ऐन, २०७५ ले प्रत्येक स्थानीय तहमा रोजगार सेवा केन्द्रको स्थापना गरी बेरोजगारहरूको पहिचान र सूचीकरण गर्ने र रोजगार सेवा केन्द्रमा सूचीकृत भएका बेरोजगार व्यक्तिहरूलाई एक आर्थिक वर्षमा न्यूनतम एक सय दिनको रोजगारी प्रत्याभूति गरिने व्यवस्था गरेको छ ।

    यसरी न्यूनतम रोजगारी प्रदान गर्न नसके सरकारले हरेक बेरोजगार परिवारलाई एक जना श्रमिकले एक सय दिन काम गर्दा प्राप्त गर्ने न्यूनतम पारिश्रमिकको पचास प्रतिशत रकम निर्वाह भत्ता दिनुपर्ने व्यवस्था छ । श्रमिकलाई ज्यालाको मात्रै व्यवस्था भएकाले प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी हुन नसकेको मंगलसेन नगरपालिकाका रोजगार संयोजक लक्ष्मण शाही बताउँछन् । उनका अनुसार मंगलसेनमा २ सय ६२ जनाले १८ वटा योजनामा काम गरिरहेका छन् । तर नगरपालिकाका–१० र ११ का स्थानीयले सामग्री आफैं लिएर काम गर्नुपर्ने र ज्यालाबाहेक अरू केही नदिने भनेपछि काम गर्न नमानेको शाहीले बताए । ‘नगरपालिकामा १ करोड ५७ लाख रुपैयाँ कार्यक्रमका लागि आएको छ । यो ज्याला मात्रै हो,’ उनले भने, ‘ गरिब, विपन्न, दलित तथा एकल महिला कार्यक्रममा समेटिएका छन् । उनीहरूसँग सामग्री केही पनि हुँदैन, हामीसँग पनि खरिद गर्न छुट्टै बजेट छैन ।’

    स्थानीय तहसँग साझेदारी गरेका योजनाबाहेक अन्य योजना प्रभावकारी हुन नसकेको पञ्चदेवल विनायक नगरपालिकाका रोजगार संयोजक भरत अधिकारीले बताए । ‘अलिअलि मर्मत गर्ने, सरसफाइ गर्ने योजना छन् । ठूला योजनाका लागि निर्माण सामग्री चाहिन्छ । स्थानीय तहसँग साझेदारी गरेका योजना प्रभावकारी भएका छन्,’ उनले भने । साभार : कान्तिपुर

    • प्रधानमन्त्री
    सोमबार, जेठ १०, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
    सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
    एमालेबाट सूर्य ढकाल सिफारिस
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • २.
      शर्मा पुरस्कृत

    • ३.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ४.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • ५.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • ६.
      स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया

    • ७.
      “मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”

    • ८.
      विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना

    • ९.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • १०.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.