• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   सोमबार, माघ २७, २०८२ | Monday 9th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
  • १६ घण्टा अगाडि

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • २ दिन अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • २ दिन अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • ३ दिन अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • ३ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ३ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ महिना अगाडि

Advertisement

यौन सम्बन्धबारे रोचक तथ्य अनि यस्ता भ्रम !

  •  संवाददाता
  • सोमबार, जेठ १०, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं-यौन सबै सजिव प्राणीको आवश्यकता हो । यौन सम्बन्धले मानव जीवनमा धेरै महत्व राख्दछ वैवाहिक जीवनमा यसले धेरै प्रभाव परेको हुन्छ । नेपाली समाजमा विवाहपश्चात् मात्रै यौनसम्पर्कलाई वैधता दिइन्छ । यद्यपी पछिल्लो समय विवाह अघि पनि मानिसहरु प्रेम र यौन सम्बन्धलाई सँगै लैजान्छन् । यद्यपी यौन बारे नेपाली समाजमा निकै भ्रामक कुराहरु फैलाइएको छ । यौनसम्पर्क अगाडी हुने मायाको अभिव्यक्तिले यौन जीवन सुखमय हुन्छ भन्ने ज्ञान जोडीहरुलाई छैन । त्यसैले पनि अक्सर जोडीको यौन जीवन सुखमय छैन । हाम्रा विद्यालयमा अझै पनि यौन शिक्षा दिँदा धेरै छात्राहरु विद्यालय नै आउँदैनन् । लोकपथले विभिन्न एजेन्सीको सहयोगमा केहि तथ्य, यथार्थ र भ्रम यहाँ प्रस्तुत गरिएको छ ।

    कति समय हुन्छ चरम सुख ?
    यौन सम्बन्धको बेला समयले निकै महत्व राख्दछ । धेरै पुरुष आफू यौन सम्पर्क राख्दा निकै कम समय टिकेको र छोटो समयमा नै स्खलन भएको भनी हीनता बोध गर्दछन । र तिनका पार्टनरको गुनासो हुन्छ मलाई मज्जा नै नआई उसलाई पुग्यो । विभिन्न सञ्चार माध्यममा राखिएका यौन सम्बन्धि कार्यक्रममा पनि अक्सर यस्ता गुनासो आइरहेको हुन्छ । यसको कारण उनीहरुले आफ्नो पार्टनरलाइ सन्तुष्ट बनाउन सकिन कि भन्ने कुराले पिरोल्छ । तर, एक सर्वेक्षणका अनुसार अधिकांश मानिसको यौन समय करीब बराबर नै रहन्छ । अर्थात् अधिकांश जोडीहरु यौन सम्बन्धमा १२ मिनेटसम्म टिक्छन् ्र सेक्स टोय बनाउने एक कम्पनीले गरेको सर्वेक्षणमा ४३२ जोडी संलग्न थिए जसले २ हजारभन्दा बढी समय यौन सम्पर्क राखेका थिए । उनीहरुसँग उनीहरुको यौन जीवनको बारेमा सोध्दा एक अचम्मको तथ्य फेला परेको थियो ।

    १२ मिनेट मात्रै ?
    सर्वेक्षणको नतिजाले अधिकांश जोडी यौन सम्पर्क राख्दा केवल १२ मिनेट टिक्ने गरेको देखाएको छ । १२ मिनेट निकै कम समय भएको लाग्दछ । तर, अध्ययन प्रतिवेदनमा यो केवल पेनिट्रेसनको मात्रै समय हो कि अथवा फोरप्लेसहितको समय हो भन्नेबारे भने उल्लेख गरिएको छैन ।

    क्लाइमेक्समा १२ मिनेटभन्दा बढी समय

    यौन विशेषज्ञहरुका अनुसार महिलालाई क्लाइमेक्समा पुग्न करीब १२ मिनेटको समय लाग्छ ।
    त्यस्तै, एक अर्को शोधले भने यौनको पूरा समय ३० मिनेटभन्दा कम भएमा महिला चरमोत्कर्षमा पुग्न नसक्ने देखाएको छ । हो, अधिकांश नेपाली महिलाहरुले यसकारण चरम यौन सन्तुष्टि लिन सकेका छैनन् ।

    समयभन्दा अनुभव महत्त्वपूर्ण
    कुनै पनि जोडीको सम्बन्ध प्रगाढ बन्न उनीहरुको यौन जीवन पनि राम्रो र स्वस्थ हुनु जरुरी छ । तर, यौनसम्पर्कका क्रममा समयमा भन्दा यौन अनुभवमा ध्यान दिनु बढी महत्त्वपूर्ण हुन्छ । यसले नै यौनलाई आनन्दमय बनाउन सक्छ ।

    यौन सन्तुष्टिबारे महिलाहरुले झुट बोल्छन्
    यौन मामिलामा अर्को रोचक तथ्य पनि छ । त्यो हो यौन सन्तुष्टिबारे महिलाहरुले झुट बोल्छन् । हो, यौन सम्बन्धमा महिलाहरु त्यति खुलेर कुरा गर्दैनन् । उनीहरु यौन सन्तुष्टिको विषयमा झुट बोल्ने गर्छन् । उनीहरु आफु सन्तुष्ट नभए पनि आफ्नो पाटनरसंग जुटो बोल्ने गर्छन् । उनीहरुको अक्सर जवाफ हुन्छ । हजुर मलाई मजा भयो । तर महिलाहरु साँच्चीकै यौनसन्तुष्टिको कारण नभइ कतिपय अवस्थामा पार्टनरको रेस्पेक्ट र उनीहरुलाई गरेको प्रेमको कारण पनि यस्तो झुटो बोल्ने गरेको अनुसन्धानले देखाएको हो ।
    कतिपय अध्ययन प्रतिवेदनले महिलाहरु यौन सन्तुष्टि नपाए पनि आफ्नो यौनजोडीसँग आफूले सन्तुष्टि प्राप्त गरेको भनी झूट बोल्ने फेक अर्गाजम गरेको देखाइसकेका छन् । तर, उनीहरु किन यस्तो गर्छन् त भन्ने प्रशनको जवाफमा ति शोध अनुसन्धानले देखाएका छन्

    १. पुरुषको अहम् स् महिलाको फेक अर्गाजमको पछाडि धेरै कारण हुन्छन् । त्यसमध्ये एक हो पुरुषको अहम् । पुरुषहरु महिलालाई बेडमा सन्तुष्ट गर्ने कुरालाई आफ्नो अहम् अथवा इगोको रुपमा लिन्छन् । त्यसैले पुरुषको अहममा ठेस नपुगोस् भनेर उनीहरु झुट बोल्छन् । पुरुषहरु बेडमा पार्टनरलाई यस्तो भ्रमित पार्छन् कि उ नै संसारको सबैभन्दा बलबान् शक्तिशालि र यौन सन्तुष्ट दिने व्यक्ति हो । उनीहरुको यहि भावनामा डराएर, रेस्पेक्ट दिन, माया दर्शाउन महिलाहरुले आफूलाई ब्यग्र मजा नआएतापनि सन्तुष्ट भएको झुटो बयान दिन्छन् ।

    २. अन्योलमा रहनु स् केही महिलाले आफू अर्गाजममा नपुगे पनि आफूले अर्गाजममा नपुगेको रियाक्सन देखाएमा पुरुष पार्टनरले त्यसलाई कुन रुपमा हेर्छन् भन्ने विषयमा अन्योलमा रहन्छन् । यही अन्योलका कारण उनीहरुले अवास्तविक हाउभाउका साथ फेक अर्गाजमको सहारा लिने गर्छन् ।

    ३. मूड नहुनु स् महिलाहरु कतिपय अवस्थामा यौनका लागि तयार नभएका हुन सक्छन् । जस्तोको लामो यात्रपछि, बिरामीपछि निको भएको अवस्थामा महिनावारी नरोकिँदै, यौनांगमा कुनै घाउ भएमा वा स्वास्थ्यसँग सम्बन्धित कुनै समस्या आएको अवस्थामा यदि यौन सम्पर्क भइहाले पनि उनीहरु चरममा पुग्न सक्दैनन् । तर, उनीहरु आफ्नो पार्टनरको विश्वासमा कमी नआओस् भन्ने हेतुले झूटको सहारा लिन्छन् ।

    ४.नर्भस हुनु स् पुरुषले कम्फोर्टेबल महसूस गरेपनि महिलाले कम्फोर्टको अनुभूति नगरी चिन्तित हुन सक्छन् । यसको प्रभाव यौनमा पर्छ र महिलाले आफूले आनन्द नलिए पनि पार्टनरको अनुभवलाई राम्रो बनाइदिन आफू खुसी र सन्तुष्ट भएको फेक अर्गाजम गर्छन् ।

    ५. दबाब स् कतिपय अवस्थामा पुरुषले आफू चरममा पुग्न लाग्दा महिलालाई पनि चरममा पुगे÷नपुगेको बारे सोध्ने गर्छन् र क्लाइमेक्समा जान भन्दछन् । तर, यौन सन्तुष्टि होस् भनेर हुने वस्तु होइन । यो जबरजस्ती गरेर भन्न लगाउने बानीको दबाबमा उनीहरुले झुटको सहारा लिन्छन् र मज्जा आएको आभाष गराइदिन्छन् ।

    के साँच्चीकै शारीरिक सम्बन्धलाई सुखमय बनाउने हो ?
    शारीरिक सम्बन्धले मानव जिवनमा विशेष महत्व राख्दछ । अझ वैवाहिक जीवनमा यसले निकै महत्वपूर्ण भूमिका खेल्छ ।
    यदि आफ्नी जीवनसाथीको यौनसम्बन्धी अनुभूतिलाई सुन्दर बनाउन चाहनुहुन्छ भने अर्गाजम महसूस गराउन सहयोग गर्नुहोस् । केही तरिका यसप्रकार छन् जसले तपाईंलाई सहयोग गर्न सक्छन् :

    १. फोरप्ले :

    चरम आनन्दका लागि फोरप्लेको अहम् भूमिका रहन्छ । उनीहरुसँग यौनसम्बन्धी कुराकानी गर्ने, रोमाञ्चक वातावरणको सृजना गर्ने, शरीरका विभिन्न भागलाई सुम्सुम्याउने अथवा चुम्बन गर्ने आदि क्रियाकलापले महिलालाई उत्तेजित बनाउन सकिन्छ । विशेषगरी, फोरप्लेले महिलालाई उत्तेजित गर्दछ जसका कारण योनिमा तरल पदार्थ आउनुका साथै योनि खुल्न पनि सहयोग गर्दछ । यसले यौन क्रिया र चरम आनन्दमा निकै सहयोग गर्दछ । यदि यी कुनैपनि क्रियाकलाप नगरीकन सिधै यौनसम्पर्क गर्नुभयो भने महिलालाई असह्य पीडा हुन्छ । अनि उनले माथि भनेजस्तै झुटको सहारा लिन्छिन् । अनि यदि तपाई महिला पार्टनर हुनुहुन्छ भने पुरुषलाई उत्तैजित पारेर मात्र तयार हुनुहोस् ।

    २. क्लिटरिस प्ले :

    चरम आनन्दका लागि क्लिटरिस प्ले अर्थात् योनिको भागलाई खेलाउनुले पनि सहयोग गर्दछ । हातले योनिलाई चलाउनु अथवा मुखमैथुन गर्नाले महिलाहरु उत्तेजित हुन्छन् जसले उनीहरुलाई अर्गाजममा पुर्याउन सहयोग गर्दछ । यसो गर्दा यौनसम्पर्कको लागि पनि सहज हुन्छ ।

    ३.यौनसम्बन्धी कुराकानी :

    कतिपय जोडी यौनसम्बन्धी कुरा गर्न हिच्किचाउँछन् । तर, यौनसम्बन्धी कुराकानी गर्नाले एकअर्काको धारणा बुझ्न सकिन्छ । दुवैले आफूलाई मन पर्ने यौन आसनको बारेमा पनि थाहा पाउन सकिन्छ र दुवैको रुचिलाई पहिल्याई महिलालाई चरम आनन्दको अनुभूति दिलाउन सकिन्छ । तपाई पार्टनरको लागि सबथोक बन्न तयार हुनुहोस् अनिमात्रै पार्टनरको मन बहकिँदैन ।

    ४. सुरक्षित सम्बन्ध :

    यौन कल्पनालाई वास्तविक जीवनमा प्रयोग गर्नुभन्दा पहिला आफ्नो जोडीलाई सुरक्षित यौन सम्बन्धको लागि भरोसा दिलाउनुपर्छ ताकि उनीहरुमा कुनै किसिमको लाज र संकोच नहोस् र उनीहरु सहज महसूस गर्न सकून् । यदि महिलाहरुले कुनै पनि कारणले असहज महसूस गरे भने चाहेर पनि उनीहरुलाई चरम आनन्द प्रदान गर्न सकिँदैन ।

    बिहान उठ्नेबित्तिकै शारीरिक सम्पर्क गर्दा फाइदा हुन्छ रु

    हो, मानिसको जीवनमा यौनको धेरै महत्व हुन्छ । तर जथाभावी यौन सम्बन्धले रोगको संक्रमण मात्र होइन जीवन नै बर्बाद समेत गर्न सक्दछ । हाम्रा स्कुले कोर्सहरुमा यस्ता कुराहरु समावेश छैनन् त्यसैले पनि यौनकुण्ठा पालेर बस्नेहरुको कुण्ठा विष्फोट भई विभिन्न समस्या आईपर्छ । तर सहमतीमा र आफ्नो खास मान्छेसँगको सम्बन्धले तपाईको जीवनमा गुणात्मक रुपमा सफलता ल्याउँछ । अधिकांश मानिसहरु राति सुत्ने बेलामा सेक्सुअल रिलेशन राख्दछन् । तर एक तथ्याङ्कले बेलुकीको समयमा गरिने यौन सम्बन्धभन्दा बिहानी पखको समयमा राखिने सेक्स रिलेशनले धेरै फाईदा पुग्ने उल्लेख गरेको छ ।

    यी हुन् फाइदा :

    बिहानीपख यौन सम्बन्ध राख्दा तपाई दिनभरि नै आफुलाई ताजा महशुस गर्न सक्नुहुन्छ ।

    बिहानीपख यौन सम्बन्ध राख्दा तपाई विभिन्न किसीमका यौन संक्रमणको ३० प्रतिशत भन्दा बढी खतराबाट मुक्त हुनु हुनेछ ।

    बिहानी पखको समयमा राखिने सेक्स रिलेशनले तौल घटाउनका लागि पनि मद्दत मिल्दछ ।

    तपाईको सही यौन सम्बन्धका कारण आफ्नो अनुहारमा चमक पनि पाउनु हुनेछ

    अनुसन्धानका अनुसार बिहानको साढे ७ बजे यौनसम्बन्धका लागि एकदमै उचित समय हो ।

    दिउँसोभरी स्फूर्तिका साथ काम गर्न जाँगर लाग्ने गर्छ । पूनश्च इटालीमा गरिएको यस्तो अनुसन्धानले यतिबेला सेक्स गर्दा सन्तानको इच्छा राखेका जोडीलाई समेत निकै फाइदाजनक हुने बताएको छ ।

    शारिरीक सम्बन्धबाट नै निको हुने केहि रोग :

    मानिसहरु यौन सम्पर्क केवल आनन्द लिनका लागि गरिने ठान्छन् । तर नियमित यौन सम्पर्क गर्दा विभिन्न रोगबाट मुक्ति वा फाइदा हुने देखाएको छ ।

    नियमित सेक्स गर्दा के के फाइदा हुन्छः
    १. टाउको दुख्नेः
    नेशनल सर्वे अफ सेक्सुअल एटीट्युड्स एण्ड लाइफस्टाइलले गरेको सोधले माइग्रेन भन्ने टाउको दुख्ने रोगका विरामीलाई नियमित सेक्स फाइदाजनक हुने देखाएको छ । सोधले महिनामा ५ पटक भन्दा कम सेक्स गर्नेहरुलाई माइग्रेन हुने नयाँ तथ्य पनि बाहिर ल्याएको छ ।

    २. ब्लड प्रेशरः
    उच्च रक्तचापका विरामीलाई पनि नियमित सेक्स फाइदाजनक रहेको अध्ययनले देखाएको छ । नियमित सेक्स गर्दा उच्च रक्तचाप नियन्त्रण हुने शोधको दावी छ ।

    ३.प्रोस्टेट क्यान्सरः

    नियमित सेक्स गर्ने पुरुषलाई प्रोस्टेट क्यान्सरको खतरा निक्कै कम हुने दावी शोधकर्ताहरुले गरेका छन् । महिनामा २१ पटक वा नियमित सेक्स गर्दा प्रोस्टेट क्यान्सरको खासै खतरा नहुने उनीहरुको भनाइ छ ।

    ४. मोटोपन

    मोटोपनबाट समस्यामा परेकाहरुलाई पनि नियमित सेक्स राम्रो मानिएको छ । कुनै पनि कसरत गर्नु भन्दा नियमित सेक्स मोटोपन घटाउन सहजसिद्ध हुने शोधकर्ताहरुको भनाइ छ ।

    ५. हृदयघातबाट कम खतराः

    नियमित सेक्स गर्दा हृदयघातको खतरा पनि कम हुने अध्ययनले देखाएको छ । नियमित सेक्स गर्दा शरीरमा एस्ट्रोजन र टेस्टोस्टेरोनका संतुलन बनि राख्ने हुँदा हृदयघातको कम हुने चिकित्सकहरु बताउँछन् । एजेन्सी

    शारीरिक सम्बन्धको विषयमा महिलाहरुले सोच्छन् यी १० अनौठा कुरा

    हाम्रो समाजमा अझै पनि यौनका कुरा खोलेर गर्दैनन् । त्यसैमाथि युवतीहरु त झन् यो कुरामा एकदम पछाडी नै छन् । एक अध्ययनका अनुसार हरेक युवतीरमहिलाले आफ्नो जीवनमा केही न केही फरक र उत्ताउलो खालको यौन अनुभव गर्न चाहन्छन् । र मौका पाउँदा उनीहरुले अनौठा अनौठा यौनिक अभ्यासको परीक्षण समेत गर्न मन पराउँछन् । केटीहरुले यौनको बारेमा कस्ता कस्ता कुरा सोंच्छन् अध्यनको निष्कर्ष यस्तो छ ।

    १. अपरिचितसँग सेक्सः
    अधिकांस महिलालाई अपरिचित पुरुषले छुँदा नराम्रो लाग्छ । तर कतिपय समयमा अपरिचित पुरुषसँग यौन सम्बन्ध राख्ने विषयमा महिलाहरु उत्तेजित हुन्छन् । अध्ययन भन्छ अपिरिचितसँग यौन सम्बन्ध राख्दा सबै सीमा भुलेर रमाइलो गर्न पाइन्छ भन्ने उनीहरुको सोंचाइ हुन्छ ।

    २. आत्मसमर्पणः
    अधिकांश महिलालाई अपेक्षा हुन्छ कि कुनै पनि पुरुषले उनीसँग मालिक जस्तो व्यवहार गरोस् । उठाएर ओछ्यानमा लागोस् र कपडा खोलेर क्रिडा गरोस् । अलि हेप्ने र होच्याए जस्तो गर्ने, मै ठालू हुँ भन्ने अहम् बोकेको पुरुषसँग महिलाले सेक्स गर्न रुचाउदैनन् । सेक्स दुई अंगको मिलन मात्रै होईन । मष्तिस्कको उपयुक्त स्विकारोक्ति पनि हो ।

    ३. महिला महिला सेक्सः
    महिला पुरुषसँग मात्र होइन कतिपय महिलासँग पनि आकर्षित हुन्छन् । महिला महिलाबीच आपसी यौन सन्तुष्टी दिने व्यवहारबारे पनि महिलाहरुले सोंचिरहने गरेको अध्यनले देखाएको छ ।

    ४. चरम सन्तुष्टिको चाहानाः
    महिलाहरु हरेक पटक चरम सन्तुष्टिको यौन सम्बन्धबारे सोंच्छन् । तर सँधै यस्तो वास्तविक जीवनमा भने नहुन पनि सक्छ ।

    ५ . नदी वा समुन्द्री किनारः
    अधिकांस महिलाहरुलाई नदी वा समुन्द्र किनारमा यौन सम्बन्ध स्थापित गर्ने चाहाना हुने अध्यनले देखाएको छ । आफूलाई मन पर्ने पुरुषसँग यस्तो स्थानमा एक्लै हुन पाइयोस भन्ने उनीहरु सोंच्छन् ।

    ६.निर्वस्त्र हुने चाहानाः
    महिलाहरु पुरुषको अगाडी कपडा खोल्न लाज मान्छन् । तर उनको चाहाना पार्टनरले कपडा खोलिदियोस् भन्ने हुन्छ । हिल चप्पल लगाएको बेला होस् या सेक्सी लाञ्जरी महिलाहरुलाई यस्तो चाहाना बढी हुन्छ ।

    ७.सभ्य बलात्कारः
    कुनै पनि महिलालाई बलात्कृत हुने चाहाना हुँदैन । तर कुनै पनि मन परेको पुरुषले जवर्जस्ती यौन सम्बन्ध राखोस् भन्ने चाहाना चाँहि उनीहरुमा हुने अध्यनको निष्कर्ष छ ।

    ८. भूमिका परिवर्तनः
    महिलाहरु सामान्यतः निष्क्रिय हुन्छन् । तर कहिले काँहि महिलालाई पुरुष जस्तै सक्रिय भएर यौन क्रिडामा सहभागी हुन मन लाग्छ ।

    ९.बाथरुम मस्तीः
    कुनै पनि महिलालाई बाथरुममा यौन सम्बन्ध राख्ने भित्री चाहाना सँधै हुने अध्यनको भनाइ छ । सावरको मुनी बढी उत्तेजित अनुभव गर्छन् महिलाहरु ।

    १०.एक रातः
    दुनियाँले जे सुकै सोंचोस् आफूले मन पराएको पुरुषसँग एक रात मनाउने चाहाना हरेक स्त्रीमा हुन्छ । पहिलो यौन सम्बन्धबारे उनीहरु सँधै सोंचिरहन्छन् । एजेन्सीको सहयोगमा

    शारिरीक सम्पर्कपछि महिलाले पार्टनरबाट के चाहन्छन् ?

    महिला तथा पुरुषका रुचि एवं विशेषता फरक–फरक हुन्छन् । महिलाहरू यौनसाथीसँग खुलेर नबोले पनि उनीहरू पुरुषले आफूले नबताई आफ्नो मनको कुरा बुझिदिऊन् भन्ने चाहन्छन् ।

    यौनसाथीसँग खुलेर कुरा गर्न संकोच माने पनि महिलाहरूमा पुरुषले आफ्नो मनोभावना बुझेर सोहीअनुसार व्यवहार गरून् भन्ने भावना हुन्छ तर सबै पुरुषमा महिलाको यस्तो भावना बुझ्ने सामथ्र्य हुँदैन । फलस्वरूप सम्बन्धमा समस्या देखा पर्न सक्छ ।

    सामान्यतया पुरुषहरूमा जति बढी पटक यौन सम्पर्क गरिन्छ त्यति नै महिला यौनसाथीलाई खुसी राख्न सकिन्छ भन्ने धारणा पाइन्छ ।

    यो कुरा केही हदसम्म सत्य भए पनि व्यस्त आधुनिक जीवनशैलीमा त्यसो गर्न सम्भव नहुनसक्छ ।

    हरेक दिनको सट्टा हप्ताको एक दिन समर्पित समय बिताउने हो भने श्रीमान्–श्रीमतीबीच प्रेमभाव बढ्नुका साथै आत्मसन्तुष्टि समेत प्राप्त हुन्छ ।

    रोमान्स वैवाहिक जीवन एवं यौन सम्पर्कको सुरुवातका लागि अपरिहार्य मानिन्छ, तैपनि कहिलेकाहीँ महिलाहरू रोमान्स छाडेर यौनसाथीबाट केवल यौन सम्पर्कको चाहना राख्छन् । यस्तो अवस्थामा यौनसाथीले उनीहरूको मनोभाव बुझ्न सकेनन् र इच्छापिवरीत व्यवहार गरे भने महिलाहरू रुष्ट हुन्छन् । फलस्वरूप सम्बन्धमा दरार देखा पर्नसक्छ ।

    सम्भोगपछि प्रायस् पुरुष आफू स्खलित हुनेबित्तिकै मुख फर्काएर सुत्छन्, तर महिलाहरू त्यस्तो व्यवहार रुचाउँदैनन् । महिलाहरू सहवासपछि पनि यौनसाथीले प्रेमपूर्ण स्पर्श, आलिङ्गन एवं आफूप्रति ध्यान दिएको रुचाउँछन् जुन कुरा अधिकांश पुरुष बुझ्न सक्दैनन् । यो सुन्दा सामान्य विषय भएतापनि वैवाहिक जीवनमा यसले निकै प्रभाव पार्दछ ।

    पुरुषले सदैव महिलाहरूको मनको नजिक रहन चाहने हो भने उनीहरूको इसारा बुझ्न सक्नुपर्छ । महिनावारीका क्रममा हार्मोनमा आउने परिवर्तनले महिलाहरूको मुड परिवर्तन गर्छ । यस्तो बेला कसैलाई अधिक यौनेच्छा हुन्छ भने कोही यौन सम्पर्कबाट टाढै रहन चाहन्छन् । यस्तोमा पुरुषले उनीहरूको मनोभाव बुझेर सोहीअनुरूप व्यवहार गर्ने प्रयास गर्दा सम्बन्ध दिगो हुन्छ ।

    स्मार्ट टिप्स के होलान् ?

    यौन सम्पर्कमा महिला यौनसाथीका अगाडि आफूलाई अब्बल साबित गर्ने चक्कर वा दबाबमा पुरुषहरू गम्भीर हुन्छन् । यदि यस्तो गरिन्छ भने आफ्नो व्यवहार बदल्नु आवश्यक छ किनभने – महिलाहरू अन्तरंग क्षणमा यौनसाथीसँग ठट्टा गर्ने मुडमा हुन्छन्, जसले आत्मीयता बढाउँछ ।
    अधिकांश महिला सुस्त गतिको यौन सम्पर्कलाई महत्व दिन्छन् ।

    महिलाहरू यौनसाथीसँग अश्लील कुराकानी गर्न चाहन्छन् । यस्तो बेला पुरुषहरू चुपचाप हल्लिइरहेको उनीहरूलाई निको लाग्दैन ।

    यौन सम्पर्कपछि आफूले पिल्स प्रयोग गर्नुभन्दा पुरुषले कन्डम प्रयोग गरून् भन्ने महिलाहरूको अपेक्षा हुन्छ ।

    महिलाहरू पुरुषले आफूलाई बेडरुममा कुरेर बसिरहेको भन्दा आफ्नो काममा सहयोग गरेर काम सकिएपछि अन्तरंग क्षणको मजा लिन रुचाउँछन् ।

    यौन सम्पर्कका क्रममा सार्‍है बढी तनाव तथा पीडा महिलाहरूका लागि रुचिकर हुँदैन ।

    एक अध्ययनअनुसार ७५ प्रतिशत महिला यौन सम्पर्कको सर्वोत्तम अनुभव चाहन्छन् भने पुरुषहरूबाट केही बढी नै अपेक्षा राख्छन् ।

    नेपाली महिलाहरु बत्ति बालेर शारीरिक सम्बन्ध राख्न नचाहनुको कारण यस्तो
    नेपालीहरु बत्ति बालेर तथा नाङ्गो भएर सेक्स गर्न चाहँदैनन् । यस विषयमा लामो समयको अनुसन्धान गरिरहेकी मनोविद् करुणा नेपाली यौन मनोविज्ञान जटिलतातर्फ उन्मुख हुँदै गएको स्वीकार गर्नुहुन्छ । नेपालीहरुको यौन ब्यवहार एवम् त्यसले सृजना गरिरहेको तनावले धेरै युगल जोडीहरुको वैवाहिक सम्बन्ध टुट्दै गएको उनको अनुसन्धानले देखाएको छ । जर्मन मनोवैज्ञानिक दोरोभि वेनरकी खास शिष्या करुणासँग नेपालीहरुको यौन मनोविज्ञानका विषयमा कुराकानी गर्नुभएको थियो । एक मिडियामा प्रस्तुत उहाँको जवाफ यस्तो छ ।

    पुरुष होस् या महिला, सुरुमा उँहाहरु आफ्नो पार्टनरको फलानो स्वभाव ठीक छैन, ब्यवहार ठीक गर्दैनन् भनेर समस्या लिएर आउँनुहुन्छ । कुरा गर्दे जाँदा मुल कुरा सेक्समा गएर अड्किन्छ । अर्थात् कुनै पनि युगल जोडीमा केही समस्या छ भने कुनै न कुनै रुपमा त्यो समस्याको जड सेक्स सम्बन्धी उनीहरुको धारण र ब्यबहारमा प्रकट हुने गरेको छ । यसको कारण छ । उनीहरुलाई सानैदेखि कुनै न कुनै रुपमा सेक्स खराब कुरा हो भनेर सिकाइएको हुन्छ । विवाहअघि सेक्स गर्न हुदैन, परपुरुष सँगको सम्बन्ध पाप हो, पुरुषहरुको काम नै महिलालाई भोग्ने हो भन्ने जस्ता कुरा सुन्दा– सुन्दा सेक्स मेरो पनि आवश्यकता हो, त्यसमा मेरो पनि सक्रिय सहभागिता हुनुपर्छ भन्ने कुरा नै ओझेलमा पर्छ । पढेलेखेका महिलाहरुलाई सेक्सको बारेमा धेरै ज्ञान छ भन्ने लाग्न सक्छ, तर अचेतन मनमा गढेका यस्ता कुराले उनीहरु खुलेर रमाइलो गर्न सक्दैनन् । कतिपय महिलाहरु सेक्सको बेला नाङ्गै हुन सक्दैनन् । बत्ति बालेर सेक्स गर्न मान्दैनन् । यसको मूल कारण नै उनीहरुमा भएको सेक्स प्रतिको बितृष्णा हो । जव कि नाङगो हुनु सेक्सका लागि अनिवार्य जस्तै हो ।
    धेरै महिलाको लागि यौन लाजको बिषय हो तर लाजको बिषय भन्दैमा उनीहरु त्यसलाई प्रकट गर्दैनन् भन्ने होइन । राम्रो गाजल लगाएर वा चिटिक्क परेर आफ्नो–आफनो यौनिकता प्रर्दशन गरिरहेका हुन्छन् । मानिस कुनै न कुनै रुपमा आफ्नो चाहाना प्रकट गरिरहेको हुन्छ । कसैले आखाँमा गाजल लगाउँनु र कसैले आधा स्तन खुला छोड्नुमा खासै भिन्नता छैन । दुबैले बाहिरी मानिसलाई आफुतिर आकर्षित गरिरहेका हुन्छन् । यहाँ महिला मात्र हैन, पुरुषले पनि कहिले फ्रेन्चकट दारी पालेर होस् वा आफुलाई सफाचट् राखेर होस् आफ्नो यौनिकता प्रदर्शन गरिरहेकै हुन्छन् । उहाँ थप्नुहुन्छ उत्तेजना र सेक्सको गहिरो सम्बन्ध छ । पुरुष वा महिला सेक्सको समयमा जति धेरै उत्तेजित हुन्छन् त्यती नै सेक्स गर्नमा मज्जा आउँछ । उनीहरु खुसी हुन सक्छन् । उनीहरुको प्रेम अझ बढी गाढा हुँदै जान्छ । जीवन अझ धेरै बाँच्न पाए । अझ धेरै हाँस्न पाए हुन्थ्यो भन्ने धारणा आउँछ ।

    नियमित शारिरीक सम्पर्क : डिप्रेसन गायब, यस्ता फाईदा

    यौन मानव जीवनको एक महत्वपूर्ण पाटो हो । विशेष गरि दाम्पत्य जीवनमा यौनिक सन्तुष्टीले महत्वपूर्ण भूमिका खेल्छ । यस्तै यौन कार्यमा सक्रिय व्यक्ति अन्यको तुलनामा स्वस्थ समेत हुने विभिन्न अनुसन्धानले प्रमाणित गरेका छन् ।
    विभिन्न अध्ययनअनुसार सातामा दुई वा त्यसभन्दा बढी यौनमा संलग्न हुने पुरुष कम यौन क्रियाक्लापमा संलग्न हुने पुरुषको तुलनामा हृदयाघातको खतरा कम हुन्छ । यौनका लागि उत्तेजित हुनेबित्तिकै पल्स रेट प्रतिमिनेट ७० देखि १ सय ५० सम्म पुग्छ । त्यसैगरी मनको धड्कन पनि बढ्छ, रगत तीव्र रुपमा पम्प हुन्छ जसबाट अक्सिजनको सप्लाइ पनि बढ्छ ।यसबाट हृदय स्वस्थ रहन्छ । महिलालाई एन्डोमेट्रिओसिसबाट बचाउँछ र नियमित सहवासले महिलाको सुन्दरता र फिटनेस बढाउँछ ।

    यौन प्रक्रिया सक्रिय रहने महिलामा एन्डोमेट्रिओसिस हुने खतरा कम हुन्छ । महिनाबारीको समयमा यौन प्रक्रियामा सक्रिय रहने महिलामा पनि एन्डोमेट्रिओसिसको खतरा १ दशमलव ५ गुना कम हुन्छ । प्रोस्टेट क्यान्सरबाट जोगाउँछ अर्को अनुसन्धानअनुसार बारम्बार स्खलन हुनाले प्रोस्टेट क्यान्सरबाट सुरक्षा प्राप्त हुन्छ ।

    यौनमा प्रतिघण्टा ३ सय ६० क्यालोरी नष्ट हुन्छ । यसबाट फिगर मेन्टेन रहन्छ र व्यक्तिले सधैं स्वस्थ महसुस गर्छ । राम्रो निद्रा आउँछ यौनमा चरमसुख प्राप्त भएपछि शरीरमा अक्सिटोसिन, बेसोप्रेसिन तथा प्रोलेक्टिन नामक हर्मोन्स श्रावित हुन्छ । यसबाट भावनात्मक सन्तुष्टि प्राप्त हुन्छ । राम्रोसँग निद्रा आउँछ र व्यक्तिले ताजापन एवं स्फूति महसुस गर्छ ।

    स्लिपिङ ट्याबलेटको तुलनामा यौन प्रक्रिया निद्राका लागि १० गुना बढी फाइदाजनक छ । सेल्फ एस्टिममा वृद्धि र डिप्रेसनमा कमी यौन सक्रियताले आफ्ना पार्टनरप्रति सकारात्मक विचार बढ्छ ।

    यसबाट ‘सेल्फ एस्टिम’ बढ्छ र ‘डिप्रेसन’ कम हुन्छ । यौनका बखत निस्कने एन्डारफिन हर्मोनको स्तर बढ्नाले यस्तो हुन्छ । यसका अतिरिक्त चरमसुखबाट दुवै पक्ष सन्तुष्ट हुन्छन् ।
    यस्तै वजन कम गर्न पनि यौनसम्बन्ध सहायक सावित हुन्छ । नियमित रुपमा यौनसम्पर्कमा संलग्न रहनाले पेट बढ्दैन र शरीरका मांसपेशीहरुमा पनि तनाव देखिँदैन ।

    यौनसम्पर्क गर्दा महिलाहरुले आवाज निकाल्नुको कारण यस्तो :

    केही महिलाहरु सेक्सको दौरान किन आवाज निकाल्छन् होला यदि यो प्रश्न महिलाहरुलाई सोधियो भने प्रष्ट छ– उनीहरु जवाफ दिन पन्छिनेछन् । हुनसक्छ, कसैले एकथरि भन्लान्, अर्कोले अर्कोथरि । तर, यो यस्तो जिज्ञाशा हो जसको उत्तर खोज्न जोसुकैलाई कौतुहलता जागिरहन्छ । तपाईले ‘उहँ’, ‘आह’, ‘आउँच’ ‘ओ गड’ को साउण्ड ट्रयाक सुन्नुभएको छ कि छैन यो सम्भोगका दौरान निस्किने आवाज हो, जुन सुन्न धेरै पुरुषहरु लालायित हुन्छन् । आखिर किन ?
    यसको विषयमा एउटा अनुसन्धान भएको छ ।

    अर्को भाषामा भन्नुपर्दा, एक यस्तो अवस्था जुन बेला मानिस ‘मदहोसी’ को संसारमा भुलिरहेको हुन्छ वा भनौं सम्भोगको नशामा बेहोसी भई यस्तो आवाज निकालिरहेको हुन्छ । यस्तो किन हुन्छ त रु यसको जवाफ खोज्न विज्ञानका धेरै पाटाबाट अनुसन्धान भएको छ । वैज्ञानिक र मनोवैज्ञानिकसँग जोडिएका विशेषतालाई सुक्ष्म ढंगले विश्लेषण गरियो भने मात्र यसको सही जवाफ निस्किन्छ ।

    अमेरिकाका गेल ब्रेबर र कोलिन ए हैंडीले सेक्सुअल व्यवहारमा सोध अनुसन्धान गर्दै महिलाको त्यस्तो आवाज निकाल्ने कारण पहिल्याउन खोजेका छन् ।

    दुवैले आफ्नो ‘सेक्सुअली एक्टिव हेट्रोसेक्सुअल’ सोधमा महिलाको सेक्सुअल जीवन र उनीहरुको बानी–व्यवहारको रहस्य खोतल्ने प्रयास गरेका छन् । १८ देखि ४८ वर्षसम्मका ७१ जना महिला, जो सेक्समा अनुभवी छन्, उनीहरुसँग अनुसन्धानकर्ताहरुले गहन अन्तर्वार्ता गरेका थिए ।

    अनुसन्धानकर्ताले आफ्नो सोधका क्रममा महिलाहरुसँग प्रश्न सोधेका थिए– तपाई आफ्नो सेक्सी आवाज ‘उहँ’, ‘आह’, ‘आउँच’ ‘ओ गड’ यौनको चरमोत्कर्षसँग जोडेर हेर्नुहुन्छ अधिकांश महिलाले यसको जवाफ आलटालमा ‘हो’ भनेर दिए, यद्यपि त्यो उनीहरुको वास्तविक यौन अनुभवसँग जोडिएको उत्तर थिएन ।

    सम्भोग गर्ने बेलामा महिलामा आर्गज्म ९एक प्रकारको छुट्टै आनन्द० फोर प्लेको समयमा अधिक देखा पर्ने गर्छ । यही बेला महिलाहरु सेक्सी आवाज ‘उहँ’, ‘आह’, ‘आउँच’ ‘ओ गड’ निकाल्ने गर्छन् । पश्चिमाजगतका महिलाले ‘स्टप, गो, एस, मोर प्लिज’ आई लभ यू, वान्ट टु बेबी बोस जस्ता शब्द प्रयोग गर्ने गरेको अनुसन्धानमा देखिएको छ । पुरुषको चरमोत्कर्षमा पुग्नु ठीक अघि वा लगत्तै पनि महिलाबाट अनायसमै छुट्टै आवाज निस्किन्छ – उह, आह, आउँच । किन निस्किन्छ यस्तो आवाज रु

    अनुसन्धानका दौरानमा ६६ प्रतिशत महिलाले यस्तो तर्क दिए कि उनीहरु आफ्नो सेक्स पार्टनरलाई अधिक सन्तुष्टि दिन वा अधिक सक्रिय पार्न यस्तो आवाज निकाल्ने गर्छन् ताकि त्यसले पुरुषलाई थप उत्तेजना प्रेरणा मिलोस् ।

    ९२ प्रतिशत महिलाको यो भनाइ छ कि, ‘उह, आह, आउँच’ को आवाज आफ्नो सेक्स पार्टनरको आत्मसन्तुष्टि बढाउनका लागि यस्तो गर्छन् । केही महिलाको तर्क छ, यस्तो आवाजले आफ्नो पार्टनरको रफ्तार बढिरहेको बला उसलाई भइरहेको थकान दुर गर्नमा सहायता पुग्दछ । केहि महिलाहरुले भनेका छन् यसबखत मजा, काउकुति र आनन्द प्राप्त हुन्छ । त्यसको लागि प्रस्तुत गर्ने अरु शब्द छैन । यसअर्थ उनीहरु छोटकरी शब्दको सहायता लिन्छन् ।

    सेक्स एक यस्तो प्रक्रिया हो, जहाँ दुवै पार्टनरको प्रदर्शनले पनि आर्गज्ममा पुग्न निकै सहयोग पुग्दछ । र, यो कुरा पनि भुल्नु हुँदैन कि यस्तो आवाज केवल महिला वा पुरुषले मात्र निकाल्दैनन् । जनावरहरुले पनि सेक्सको दौरानमा विशेष प्रकारको आवाज निकाल्ने गरेको कैयौं अनुसन्धानहरुमा प्रमाणित भइसकेको छ ।

    यसबाहेक इन्टरनेटमा अपलोड भइरहेका असंख्य पोर्न भिडियोको अर्काइभ हेर्दा पनि त्यहाँ महिला धेरै आवाज दिइरहेको देख्न पाइन्छ । भलै त्यो रियल आवाज भने हुँदैन । त्यस्ता साइटहरु हेर्नेहरुमा अप्रत्यक्ष रुपमा मनोवैज्ञानिक प्रभाव परिसकेको हुन्छ, अनि आफ्नो यौनक्रियामा त्यो देखाउन चाहन्छन् । सेक्सको दौरानमा यस्तो ‘बोल्ड’ पन ‘हेट्रोसेक्सुअल’ महिलामा बढी देखिने गरेको अनुसन्धान देखाएको छ । सबै सामाग्री विभिन्न अध्ययन र एजेन्सीको सहयोगमा तयार पारिएको हो ।

    • यौन सम्बन्ध
    सोमबार, जेठ १०, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्
    अछामको बयालपाटा अस्पताल आगामी भदौ १ गतेदेखि सञ्चालनमा आउने
    सेती प्रादेशिक अस्पतालमा स्वास्थ्य बीमामा आवद्ध सेवाग्रहीहरुको चाप बढ्दो
    • भर्खरै
    • चर्चित
    • १.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • २.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ३.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ४.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ५.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ६.
      अत्यन्त जरुरी सूचना !!

    • ७.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ८.
      शर्मा पुरस्कृत

    • ९.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • १०.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • १.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • २.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • ३.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ४.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.