सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरीएको कोरोना परीक्षणमा १ सय ५४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा ८ सय ३३ जनाको स्वाब परीक्षण गरीएकोमा ६ सय ७९ जनाको रिपोट नेगेटिभ आएको छ ।
अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठका अनुसार अस्पतालमा ६६ जनाको उपचार भईरहेको छ । पछिल्लो २४ घण्टामा सेती अस्पतालमा थप ४ जना अस्पतालमा भर्ना हुँदा ३ जनाको उपचारकै क्रममा मृत्यु भएको छ ।