सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २ सय ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आइतबार ७ सय ४८ जनामा गरिएको परीक्षणमा थप २ सय ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालमै उपचारकै क्रममा पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणलाई जितेर थप ६ जना घर फर्केका छन । पछिल्लो २४ घण्टामा १३ जना बिरामी आइसियुमा र ३ जना बिरामी भेन्टिलेटरको साहारा लिन अस्पताल भर्ना भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए ।