• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, माघ २८, २०८२ | Tuesday 10th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
  • ६ घण्टा अगाडि

एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
  • ३ दिन अगाडि

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • ४ दिन अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • ४ दिन अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • ५ दिन अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • ३ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ३ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

Advertisement

एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

  •  संवाददाता
  • आइतबार, माघ २६, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    टीकापुर, कैलाली।नेकपा (एमाले) का तर्फबाट कैलाली निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार द्वारिका प्रसाद न्यौपानेले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्दै क्षेत्रको चौतर्फी विकासका लागि ‘भिजनरी’ एजेण्डाहरू प्रस्तुत गर्नुभएको छ। “सुरक्षा, शहरी विकास र समृद्धि” को मुख्य संकल्पसहित उहाँले आज एक विशेष पत्रकार सम्मेलनमार्फत आफ्नो योजना सार्वजनिक गर्नुभएको हो। उक्त प्रतिबद्धतामा टीकापुरको ऐतिहासिक गुरुयोजनादेखि जनजीविकासम्मका योजनाहरू समेटिएका छन्।

    टीकापुरको गुरुयोजना र आधुनिक शहरको खाका

    उम्मेदवार न्यौपानेले ५५ वर्षअघि खड्गबहादुर सिंहको पालामा बनेको टीकापुरको व्यवस्थित ‘मास्टर प्लान’ लाई पूर्ण रूपमा कार्यान्वयन गर्ने मुख्य एजेन्डा अघि सार्नुभएको छ। यसका साथै जोशीपुर, सत्ती र दुर्गौली बजारलाई आधुनिक शहरी सुविधायुक्त ‘नयाँ शहर’का रूपमा विकास गर्ने र प्रमुख सडकहरूलाई चार लेनमा स्तरोन्नति गर्ने उहाँको योजना छ।

    स्वास्थ्य र शिक्षामा आमूल परिवर्तनको संकल्प

    टीकापुर अस्पताललाई गेटा मेडिकल विश्वविद्यालयको आङ्गिक क्याम्पस वा मेडिकल कलेजको रूपमा विकास गर्ने र अस्पतालमा सिकलसेल तथा जलन (Burn) उपचारका लागि छुट्टै विभाग स्थापना गर्ने न्यौपानेको प्रतिबद्धता छ। यस्तै, टीकापुरलाई पुनः प्राविधिक शिक्षाको केन्द्र बनाउन प्राविधिक विश्वविद्यालय स्थापनाका लागि पहल गरिने उहाँले बताउनुभएको छ।

    कर्णाली करिडोर र नदी कटानको स्थायी समाधान

    वर्षौंदेखिको डुबान र कटान समस्या समाधानका लागि कर्णाली नदीमा स्थायी तटबन्धन गरी दुई लाइनको बाटोसहित ‘कर्णाली करिडोर’ निर्माण गरिने योजना अघि सारिएको छ। यसबाट पर्या-पर्यटनको विकास भई हजारौँ स्थानीय युवाहरूले रोजगारी पाउने दाबी गरिएको छ।

    कृषि क्रान्ति र रानी जमरा कुलरियाको पूर्णता

    राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाका बाँकी कामलाई पूर्णता दिँदै यस क्षेत्रमा आधुनिक कृषि औजार औद्योगिक केन्द्र स्थापना गर्ने न्यौपानेको संकल्प छ। उनले कृषि सामग्रीमा सहुलियत र मलखाद तथा बीउबिजनको सहजताका लागि राष्ट्रिय नीति बनाउन पहल गर्ने समेत बताउनुभएको छ।

    सेवा सुविधा त्याग र सुशासनको नमूना

    राजनीतिलाई सेवाको रूपमा व्याख्या गर्दै न्यौपानेले आफू निर्वाचित भएमा प्राप्त गर्ने सम्पूर्ण सरकारी सेवा सुविधा यस क्षेत्रका विपन्न परिवारका बालबालिकाको शिक्षामा खर्च गर्ने घोषणा गर्नुभएको छ। साथै, हरेक वर्ष खर्च विवरण सार्वजनिक गर्ने र सार्वजनिक सुनुवाइमार्फत जनताप्रति जवाफदेही बन्ने उहाँको अठोट छ।

    धार्मिक पर्यटन र सांस्कृतिक पहिचानको जगेर्ना

    सत्तीस्थित पद्मप्रकाशेश्वर महादेव मन्दिरलाई अन्तर्राष्ट्रिय शैवधाम बनाउने, थारु सङ्ग्रहालय निर्माण गर्ने र बरघर प्रणालीलाई कानुनी मान्यता दिलाउन पहल गर्ने विषयलाई उहाँले प्राथमिकतामा राख्नुभएको छ। डल्फिन र घडियाल गोहीको संरक्षण गरी यस क्षेत्रलाई पर्यटकीय ‘हब’ बनाउने योजना समेत प्रतिबद्धता पत्रमा छ।

    पत्रकार सम्मेलनमा न्यौपानेले आगामी फागुन २१ गते हुने निर्वाचनमा सूर्य चिन्हमा मतदान गरी आफूलाई भारी बहुमतले विजयी गराउन सम्पूर्ण मतदातामा अनुरोध गर्नुभएको छ। उहाँले भन्नुभयो— “यो चुनाव व्यक्ति जिताउने मात्र होइन, कैलाली-१ को भविष्य बदल्ने अवसर हो।”

    आइतबार, माघ २६, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
    बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
    बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
    • भर्खरै
    • चर्चित
    • १.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    • २.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • ३.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ४.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ५.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ६.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ७.
      अत्यन्त जरुरी सूचना !!

    • ८.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ९.
      शर्मा पुरस्कृत

    • १०.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • १.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • २.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • ३.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ४.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ५.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.