म एउटा साधारण परिवार को व्यक्ति हुँ ।बालापन छदा पनि म कहिल्यै नकारात्मक सोचाइले हिँडेन अझै पनि म सकारात्मक सोच लिएरै अगाडि बढ्ने प्रतिबद्धताका साथ अगाडि बढ्न चाहन्छु ।
समयको खेल हो जीवन कहाँ गएर टुङ्गिने हो कसैलाई थाहा छैन तर जीवन सङ्घर्ष गर्दा गर्दै पनि अनेक विध्नवाधाहरु उत्पन्न हुन्छन् तसर्थ जीवनलाई मैले एउटा दुःख-सुख चौतारी भनेर बुझ्छु हो रहेछ “जीवन कर्कलाको पानी होइन सङ्घर्ष कै मैदान रहेछ ।
जीवन जिउनुस् दुःख सुख वाडेर …मरिलानु नै के छर ? हर दिन दुःख सुख वाडेरै जिन्दगी जिउँ भन्ने मेरो भावना । जिन्दगीका मोडहरू त आफ्नो ज्यान जोखिम जनक पनि हुन्छन् तर पनि आफू समालिएर अरूलाई पनि समाल्न सिक्नु मानवीय अर्थात् गुणस्तरीय शिक्षा हो । जसलाई मानवमा भएको शिक्षा पनि भनिन्छ ।
त्यसैले म अरूको आँसु कहिल्यै पनि यो मेरा नयन ले देख्न र कान ले पनि सुन्न नपरोस् जहाँ देख्छु त्यहाँ म म आफूले सक्ने सहयोग कुनै पनि विधिबाट सफल पारूँ भन्ने मेरो सोच,, र म आफू दुःख मा पिल्सिएर भएता पनि पीडितको हाँसो नै देख्न चाहन्छु किन भने जीवन मा हरेक भोगाई सँग विगतमा जुधेको थिए। धन्यवाद ।।
✍️उमेश पाण्डेय,घोडाघोडी नगर पालिका ८ दिपनगर कैलाली हाल- : भारत (व्याङ्लोर)