• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शुक्रबार, माघ २४, २०८२ | Friday 6th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • ९ घण्टा अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • ९ घण्टा अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • १ दिन अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • २ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ३ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ महिना अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ महिना अगाडि

Advertisement

आधारातमा ‘मेक-अप’ गर्ने डाक्टरहरू

  •  संवाददाता
  • सोमबार, माघ ०३, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    चकमन्न रात छ। बिहानको करिब साढे एक बजे उसको भिभो मोबाइलको अलार्म बज्छ।

    ऊ झसंग बिउँझिन्छ तर केहीबेर आँखा चिम्म गरिरहन्छ। केही क्षण त उसलाई आफू कहाँ सुतिराखेको छु भनेर सम्झनै गाह्रो पर्छ।

    उसले थाहा पाउँछ- ऊ त आफ्नो अस्पतालको ड्युटी रूममा पो सुतिराखेको छ।
    invotech

    त्यत्तिकैमा उसले सम्झिन्छ, बिहान दुई बजेदेखि आठ बजेसम्म कोभिड आइसियुमा उसको ड्युटी पो छ। त्यसैले त उसले साढे एक बजेको अलार्म राखेर सुतेको थियो। कोभिड वार्डका काम सक्दासक्दै राति ११ बजिसकेको थियो। दुई घन्टाको छोटो विश्राम पनि ड्युटीमा खटिने डाक्टर-नर्सका लागि ठूलो कुरा हो।

    ऊ उठेर बाथरुम छिर्छ। धारा खोलेर अनुहारमा पानी छ्याप्प छ्याप्दै ऐना हेर्छ। उसलाई आफ्नो अनुहार पुक्क सुन्निएको जस्तो लाग्छ। भर्खरै सुतेर उठ्दा त शाहरूख खानको अनुहार पनि यस्तै फुल्दो हो- मनमनै यस्तो सोचेर ऊ फिस्स हाँस्छ।

    अबको केहीबेरमा उसलाई अस्पतालको पहिलो तल्लातिर ओरालो लाग्नुछ। कोभिड वार्ड बाहिर नर्सिङ स्टेसन छ जहाँ उसले भित्र जाने तयारी गर्नुपर्ने छ। घडीले बिहानको पौने दुई बजाएछ। १५ मिनेटमा पिपिइ लुगा लगाएर उसलाई कोभिड आइसियुतिर उकालो लाग्नुछ। उसलाई नर्सिङ स्टेसनको एउटा दराजबाट आकाशे नीलो रङको लुगा निकाल्नुछ र लगाउनुछ।
    sanima
    ncit
    aitm

    ऊ त्यहाँ पुग्छ र सामुन्नेको बाथरुममा छिरेर लुगा फेर्छ। अनि आफूले लगाएको लुगा फुकालेर प्लास्टिकको झोलामा राख्छ।

    नर्सिङ स्टेसनको साँघुरो ठाउँमा ड्युटी सकेर केही नर्सहरू असजिलो गरी सुतिराखेको उसले देख्छ। ड्युटीमा खटिएकी एक जना नर्ससँग ऊ मास्क माग्छ र पालैपालो नीलो रङको पिपिइ लुगा लगाउन सुरू गर्छ।

    सबभन्दा पहिले मोजाजस्तै गोडादेखि घुँडासम्म ढाक्ने पिपिइ लगाएर ऊ ‘आर्मी’ रङको बुट लगाउँछ। त्यसपछि गाउनजस्तो पिपिइमा दुवै हात छिराएर ऊ बोल्छ, ‘सिस्टर, पछाडि तुना बानिदिनोस् न!’

    नर्सले उसले भनेझैं गरेर पिपिइ टिमिक्क पारेर तुना बान्दिन्छिन्।

    अब ऊ एन-९५ मास्क र त्यसमाथि लगाउने सर्जिकल मास्क मिलाउन थाल्छ। बेसिनमाथिको ऐना हेर्छ र मुखभरी पेपर टेप टाँस्न थाल्छ। मास्क र अनुहारबीच कुनै खाली ठाउँ नहोस्, उसले टेप टाँस्नुको उद्देश्य यही हो।

    टेप टाँस्दाटाँस्दै उसको मनमा एउटा विचारले जन्म लिन्छ- यो अँधेरी रातमा ऐना हेरेर उसले कस्तो मेक-अप गर्दैछ?

    उसको जिउ एकछिन सिरिंग हुन्छ। पाउदेखि शिर पिपिइले ढाकेर, मुखभरी मास्क र अनुहारभरी टेप। यो अनौठो मेक-अप देखेर ऊ एकैछिन टक्क अडिन्छ। उसलाई भनन्न रिंगटा चल्छ। तर लामो सास लिएर सम्हालिन्छ।

    उसले घरका बुढा आमा-बालाई सम्झिन्छ। मन कुँडिएर आउँछ। अर्को अस्पतालमा यस्तै ड्युटीमा तल्लीन आफ्नी मायालुलाई सम्झिन्छ। मन झन् भरिएर आउँछ।

    अब उसले पिपिइको टोपी र फेसशिल्ड लगाउन बाँकी छ।

    ऊ त्यत्तिकै अडिएको देखेर नर्स बोल्छिन्- डक्टर ! के भयो तपाईंलाई?

    ऊ पुनः सम्हालिँदै टोपी र फेसशिल्ड लगाउँछ। एकैछिन त उसलाई यो सब ड्युटी छाडेर र गुम्सिएको पिपिइ फालेर खुला हावामा जाऊँ झैं हुन्छ। तर ऊ मनमनै आफैंलाई सम्झाउँछ।

    अब भने ऊ कोभिड वार्डको ढोका खोलेर भित्र पस्छ।

    बन्न त डाक्टर बन्यो तर उसलाई सानैदेखि कथा-कविता सुन्न-लेख्न मनपर्ने। कोभिड आइसियुमा ड्युटी सम्हाल्न लागेको यो ड्युटी-डाक्टरलाई असाध्यै मनपर्ने महाकवि देवकोटाको एउटा कविता छ।

    ड्युटीले थलिँदा, मन हतास हुँदा उसले ती कविताका लाइनहरू सम्झिने गरेको छ।

    कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो?

    कुन सामग्री पूजा गर्ने, साथ कसोरी लाने हो?

    साथी यात्रीबीच सडकमा ईश्वर हिँड्दछ साथ, चुम्दछ ईश्वर काम सुनौला गरिरहेका हात।

    ड्युटी-डाक्टर कोभिड वार्डका निरश करिडोरहरूमा यिनै लाइनहरू गुन्गुनाउदै हिँडिरहेको छ।

    ड्युटी-डाक्टरको मनमा फेरि अर्को विचारले जन्म लिन्छ- कोभिड वार्डका हरेक भित्ताहरूमा सायद यी लाइनहरू कुँदिनुपर्छः चुम्दछ ईश्वर काम सुनौला गरिरहेका हात!

    कोभिडको तेस्रो लहरका बीच अस्पतालहरूमा यस्तै ड्युटी गर्ने कैंयन स्वास्थ्यकर्मी एवम् कर्मचारीहरू कोभिड पोजिटिभ भएका समाचारहरू आइरहेका छन्। यी लाइनहरू लेख्दै गर्दा म आफैं पनि दोस्रोपटक कोभिड पोजिटिभ भएर होम आइसोलेसनमा बसेको छु।

    सामजिक सञ्जालका टाइमलाइनहरू एकातिर बढ्दो कोभिडको समाचारले भरिएका छन् भने अर्कातर्फ अस्पताल तोडफोड, स्वास्थ्यकर्मीमाथि हातपात, डाक्टरको लापरबाही जस्ता सनसनीखेज हेडलाइनहरू पनि समाचार बनिरहेका छ्न्।

    बीचमा दुर्व्यवहारको सिकार भएर, डाक्टरी पेसा नै छाडेर, देश छाडी विदेश गएर व्यवसाय गरिरहेका एक जना डाक्टरको आत्मरोदन पढ्ने मौका मिल्यो। मन झन् खिस्रिक्क भयो।

    केहीअघिको एउटा यस्तै समाचार थियो- बेलायत दस हजार नर्सलाई आफ्नो देशमा भित्र्याउने तरखरमा।

    यो समाचार पढेर हामी खुसी हुनुपर्ने हो कि दुखी? सोच्न सकिराखेको छैन।

    डाक्टर महान प्राणी होइनन्। न त केही मानिसले सोचेजस्तो घमन्ड र धनको पुन्ज। डाक्टरका कमीकमजोरी पक्कै पनि छन्। सुधार्नुपर्छ। सच्चिनुपर्छ। तर जसरी चौतर्फी रूपमा सेतो एप्रोनमाथि हिलो छ्याप्ने अवस्थाको सिर्जना हुँदैछ, यसले कसैको पनि भलाइ हुने छैन। देशमै बसेर देशबासीकै रोगव्याधको उपचार गर्छु भन्ने सोच राख्ने स्वास्थ्यकर्मीलाई प्रोत्साहन र प्रेरणा दिनुपर्नेमा किन अझ निराश र निरुत्साहित बनाइँदैछ?

    यो कुनै अतिरञ्जित गनगन होइन। एउटा शालीन तर गम्भीर चेतावनी हो, सरोकारवाला ती सबैलाई जसको जिम्मेवारी हो स्वास्थ्यकर्मीलाई यो देशमा टिकाउने।

    याद राख्नुस्, यदि अवस्था नसुध्रिने हो भने- निद्रा मारेर, परिवार छाडेर आधारातमा कोभिड मेक-अप गर्दै बिरामीको ज्यान बचाउन लागेका ती हातहरू काम्नेछन्।

    दुःखका साथ भन्नुपर्छ– एउटा स्वास्थ्यकर्मीलाई आफ्नो हरियो पासपोर्टमा रंगीचंगी भिसाको छाप लगाएर भुर्र उड्न कुनै बन्धनले रोक्ने छैन।

    (डा. आयास लुइँटेल पाटन अस्पतालका आवासीय चिकित्सक हुन्।)

    (डा. आयास लुइँटेलका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्।)

    प्रकाशित मिति: सोमबार, माघ ३, २०७८, १५:००:००

    सोमबार, माघ ०३, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
    प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
    सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • २.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ३.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ४.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ५.
      अत्यन्त जरुरी सूचना !!

    • ६.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ७.
      शर्मा पुरस्कृत

    • ८.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ९.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • १०.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • १.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • २.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ३.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.