• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बुधबार, मङि्सर २५, २०८२ | Wednesday 10th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
  • १ दिन अगाडि

महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
  • १ दिन अगाडि

पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
  • १ दिन अगाडि

कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य
  • १ दिन अगाडि

नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता
  • १ दिन अगाडि

मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई
  • १ दिन अगाडि

बालुवाको रोयल्टीमा हिनामिना
  • ६ दिन अगाडि

बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण
  • ६ दिन अगाडि

बिनाशुल्क काम गर्छन् भलमनसा
  • ६ दिन अगाडि

Advertisement

निषेधाज्ञाका कारण सिँचाइमा समस्या

  •  संवाददाता
  • शुक्रबार, जेठ २१, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलालीका किसानलाई धानखेती गर्ने समयमा कुला सफा गर्न नपाउँदा चिन्ता बढेको छ । धानखेती गर्ने समय आइसक्दासमेत खेत सिँचाइका लागि पानी ल्याउने कुला सरसफाइ नहुँदा किसानमा चिन्ता बढेको हो ।

    कैलाली जिल्लामा कोरोना भाइरस सङ्क्रमण समुदायस्तरमै फैलिएपछि एक महिनादेखि निषेधाज्ञा गरिएको छ । सङ्क्रमणको जोखिमले किसान जम्मा भएर कुला सफा गर्न समस्या भएको बताउँछन् । सरकारले खेतीपातीको काम जारी राख्न दिने भने पनि किसान सङ्क्रमणको जोखिम बढेकाले किसान कुला मर्मत, सरसफाइजस्ता कार्यमा जुट्न डराइरहेका छन् ।

    धानखेतीका लागि किसान एक महिनादेखि तयारी थाल्छन् । किसानले ब्याड राख्ने, मलखाद जोहो गर्नेदेखि लिएर खेतमा पानी लाग्ने कुलाको मर्मत, सरसफाइलगायत काम गर्नुपर्ने हुन्छ । खेतीका लागि पानी नभई नहुने र पर्याप्त पानी नभए उत्पादन घट्ने भएकाले किसान खेतसम्म पर्याप्त पानी लैजान हरेक वर्ष सिँचाइ कुला सरसफाइ गर्ने गर्दछन् तर कोरोनाका कारण खेतमा पानी लाग्ने कुला सरसफाइ गर्न नसकेको टीकापुर–४ का किसान समिर चौधरीले बताउनुभयो ।

    “कुला सफा गर्ने सवालमा सबै चिन्तित छन् तर गाउँघरमा सबै बिरामी छन् । घरघरमा बिरामी भएकाले हामीले हिम्मत गर्न सकेका छैनौँ”, किसान समिर भन्नुहुन्छ, “दूरी कायम गरेर सफा गर्ने सल्लाह गरेका थियौँ । सबै डराएकाले जुट्न सकेका छैनौँ । अब त ढिला भइसक्यो ।”

    कोरोना नियन्त्रण तथा न्यूनीकरणका लागि जारी निषेधाज्ञा र त्रासका कारण किसान अहिलेसम्म खेत सिँचाइ गर्ने कुला, मुहान र बाँध मर्मतसम्भार गर्न नपाएको किसान किट्टुु चौधरीले बताउनुभयो । “कुला गाउँमा मात्र सफा गरेर हुँदैन, कुला सफा गर्न किसान एक साताभन्दा बढी काममा जुट्नुपर्ने हुन्छ”, उहाँ भन्नुहुन्छ, “यस्तो माहोलमा कसरी काम गर्नु रु यसरी किसान जम्मा भएर किसान खेतमा जाने वातावरण नभएकाले स्थानीय सरकारले प्रविधिको प्रयोग गरेर कुला सरसफाइजस्ता कार्यमा सघाउन आवश्यक छ ।”

    बर्खा लाग्नु पहिले वर्षेनी किसान सामूहिकरूपमा मूल, शाखा र प्रशाखा कुला सरसफाइ गर्ने परम्परा छ । जसअन्र्तगत किसान आफ्नो खेतसम्म पानी लैजानका लागि सहजतासँगै आवश्यकतानुसार पानीको पर्याप्तता हुने गर्दछ । गत वर्ष पनि यही समयमा भएको निषेधाज्ञाका कारण राम्रोसँग कुलाका मुहान लगायत कुला सरसफाइ गर्न र खन्न नपाएका किसान यस वर्ष पनि सोही समस्या भएपछि चिन्ता बढेको बताउँछन् ।

    “गत वर्ष पनि सिँचाइ कुला राम्ररी सफा गर्न सकिएन, सिँचाइ कुला र मुहान बालुवा र झारपातले भरिएका छन्”, किसान किट्टु भन्नुहुन्छ, “कुला तथा मुहान सफा नभए आवश्यक मात्रामा पानी नआउने हो कि भन्ने चिन्ता लागेको छ ।”

    रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्र्तगत रहेका रानी मूल कुलाका १४ शाखा कुला, जमरा मूल कुलाका १५ शाखा कुला, कुलरिया मूल कुलाका १९ शाखा कुला रहेका छन् । ती मूल कुलाका शाखामार्फत बनेका ८६३ उपशाखा कुला छन् । यसरी ती शाखा र प्रशाखा कुलामार्फत किसानका खेतसम्म पानी लैजाने कार्य हुन्छ । यी शाखा तथा प्रशाखा कुला सरसफाइ र मर्मत नगरे खेतमा पानी पुुगे पनि सिँचाइका लागि पर्याप्त हुँदैन । त्यसका लागि केही कुला सरसफाइ भए पनि अधिकांश कुलाका सरसफाइ नभएकाले किसान समस्यामा छन् ।

    स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सरसफाइ गर्न सकिने भए पनि उक्त कुला सामूहिकरूपमा सरसफाइ गर्ने परम्परा रहेकाले अहिले समस्या भइरहेको किसान तथा जमरा मूल कुलाका सचिव मानबहादुर चौधरी बताउनुहुन्छ । “अब किसानले कुला सफा गर्न ढिला गर्न हुँदैन, कि स्थानीय सरकारले विकल्प खोजेर सफा गरिदिनुप¥यो, नभए किसान खेतबारीमा पस्ने समय ढिला हुन्छ”, सचिव चौधरी भन्नुहुन्छ, “सिँचाइ पर्याप्त नभए उत्पादन घट्छ ।”

    कैलाली धानखेतीमा आत्मनिर्भर जिल्ला हो । जानकी गाउँपालिका कृषि शाखा प्रमुख लालवीर चौधरीका अनुसार कैलालीमा ७७ हजार १०८ हेक्टर जमिनमा धानखेती गरिन्छ । तीन लाख २३ हजार ५०० हेक्टर जमिन रहेको कैलालीमा ८९ हजार ९३५ हेक्टर खेतीयोग्य जमिन छ । “धानखेतीका लागि कैलाली उर्वर भूमिका रूपमा रहेको छ । वर्षेनी जग्गा प्लटिङ, घर निर्माणजस्ता कार्यले खेतीयोग्य जमिन घट्दै गएको छ”,

    • निषेधाज्ञा
    • सिँचाइ
    शुक्रबार, जेठ २१, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
    महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
    पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
    • भर्खरै
    • चर्चित
    • १.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • २.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ३.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ४.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ५.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ६.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ७.
      बालुवाको रोयल्टीमा हिनामिना

    • ८.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ९.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • १०.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    • १.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    • २.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ३.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • ४.
      बालुवाको रोयल्टीमा हिनामिना

    • ५.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ६.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ७.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ८.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ९.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • १०.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.