सुदूरपश्चिम प्रदेश सभाको बैठक सुरु भएको छ । बैठकमा मुख्यमन्त्री त्रिलोचन भट्टले आफूलाई विश्वासको मत दिन प्रस्ताव गरी रहेका छन् । नेकपा एमालेको माधव नेपाल पक्षले विश्वासको मतको पक्षमा मत दिने निर्णय गरेको छ ।
प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले पनि आवश्यक परेमा मत दिने निर्णय गरेको छ । सरकार जोगिन आवश्यक पर्ने मत सङ्ख्या नपुगे मात्र मत दिने काँग्रेसले निर्णय गरेको छ ।
सरकारलाई समर्थन गरेको एमाले र माओवादीको मतले मुख्यमन्त्रीले विश्वासको मत नपाउने अवस्था आएमा मात्र मत दिने काँग्रेस संसदीय दलले निर्णय गरेको छ । विश्वासको मतका लागि मुख्यमन्त्री भट्टलाई २७ मत चाहिन्छ ।