आइतबारदेखि सेती प्रादेशिक अस्पतालको ओपीडी सेवा सञ्चालन हुने भएको छ। अस्पतालले शनिबार सूचना निकाल्दै आइतबारदेखि ओपीडी सेवा साविकबमोजिम बिहान १० देखि दिउँसो ३ बजेसम्म सञ्चालन हुने जनाएको हो।
कोभिड–१९ महामारीको दोस्रो लहरका कारण अस्पतालमा कोभिड–१९ का बिरामीको चाप बढेपछि अस्पतालले ओपीडी सेवा बन्द गरेको थियो।