कैलालीको गोदावरी नगरपालिकाले आर्थीक वर्ष २०७८÷०७९ का लागी १ अर्ब १८ करोड बढीको बजेट ल्याएको छ ।
सातौ नगर सभाबाट नगरपालिकाले बिहिवार नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको हो ।
नगरउपप्रमुख रत्ना कडायतले आर्थिक वर्ष २०७८÷०७९ का लागी कुल १ अर्व १८ करोड ७१ लाख ५७ हजारको बजेट पेश गरिन् ।
बजेट अन्तरगत चालुतर्फ रु. ६६ करोड २२ लाख ९७ हजार र पुँजीगत तर्फ रु. ५२ करोड ४८ लाख ६० हजार रहेको छ ।
नगरपालिकाले संघिय सरकारबाट प्राप्त वित्तिय समानीकरण अनुदानबाट रु. २० करोड ३५ लाख, सशर्त अनुदानबाट रु. ३८ करोड ५ लाख, राजश्व बाँडफाडँबाट रु. १४ करोड, ३३ लाख ८१ हजार र विशेष अनुदानबाट रु. १ करोड राखेको छ ।
यसैगरी प्रदेश सरकारबाट बाँडफाँड हुने वित्तिय समानीकरण अनुदान रु. १ करोड ५१ लाख ३५ हजार, राजश्व रु. ५ करोड १० लाख ९९ हजार, आन्तरिक आयबाट रु. ११ करोड ७५ लाख ४२ हजार ५ सय र संचित कोषको मौज्दातबाट रु. २६ करोड ४९ लाख ९९ हजार ५ सय प्राप्त हुने गरि बजेट अनुमान गरिएको छ ।