• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   आइतबार, मङि्सर ०१, २०८२ | Sunday 16th November 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण
  • २१ घण्टा अगाडि

गर्भपतन गराउने किशोरीमा चुनौती कायमै
  • २१ घण्टा अगाडि

अभियुक्तलाई उन्मुक्ति दिएको आरोप
  • २१ घण्टा अगाडि

‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न
  • १ महिना अगाडि

डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार
  • १ महिना अगाडि

सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना
  • १ महिना अगाडि

स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार
  • १ महिना अगाडि

पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी
  • १ महिना अगाडि

धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी
  • १ महिना अगाडि

Advertisement

वर्षाले चैते धान भित्र्याउनै पाएनन् किसानले

  •  संवाददाता
  • शनिबार, असार १२, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलालीको भजनी, काडा, मोहना, पथरिया लगायत क्षेत्रका किसानले चैते धान भित्र्याउन पाएका छैनन्।

    लगातारको वर्षाले धान भित्र्याउन नपाएको उनीहरूको भनाइ छ। डुबानले गर्दा बर्खे धान फल्न छोडेपछि कैलालीको विभिन्न क्षेत्रका किसान चैते धानमा आकर्षित भएका छन्। तर, यो वर्ष किसानलाई चैते धान भित्र्याउन पनि हम्मे परेको छ।

    अहिले भजनी लगायत चैते धान लगाएका फाँट पहेँलै देखिन्छन्। तर, धान भित्र्याउने वेला परेको अविरल वर्षाले चैते धान पनि डुबानमा पर्ने हो कि भन्ने चिन्तामा छन् किसानहरू।

    भजनी–८ का तुलाराम काफ्ले चैते धान पनि डुबानमा पर्ने जोखिम रहेको बताउँछन्। “बर्खे धान डुबानमा पर्ने भएकाले चैते धान रोप्न थालेका हौं,” उनी भन्छन्, “लगातारको वर्षाले चैते धान पनि भित्र्याउन पाइँदैन कि जस्तो लाग्न थाल्यो।” भित्र्याइसकेको अलि अलि धान सुकाउन नपाउँदा ढुसी पर्न थालेको उनको भनाइ छ।

    भजनीकै जयप्रसाद ढुंगाना होचो ठाउँका खेतमा बाढी पस्न थालेको बताउँछन्। “खोलाको छेउछाउ र होचो ठाउँमा बाढी पसिसकेको छ, पानी पर्न नरोकिए अन्य ठाउँको धान पनि भित्र्याउन पाइँदैन।” समयमै शुरू भएको वर्षाद्‌ले बर्खे बाली लाउनेलाई सहज भए पनि चैते बालीलाई नोक्सान पुर्‍याएको ढुंगानाको भनाइ छ।

    भजनी–८ सुनाफाँटाकी राधा ढुंगानाले यो वर्ष करीब दुई बिघा क्षेत्रफलमा चैते धान रोपेको बताइन्। “पहेँलो भइसकेको धान भित्र्याउन ढिला भइसक्यो,” उनी भन्छिन्, “तर, पानीले खेतमा पस्नै दिँदैन।”

    लगातारको पानीले गर्दा भजनी–३ का चन्द्रबहादुर साउदले थोरै धान मात्र भित्र्याउन पाएका छन्। उनले भने, “खेतको धान खेतमै र भित्र्याएको धान ढुसीले सखाप होला जस्तो भयो।”
    कैलालीको बाढी प्रभावित क्षेत्रका किसानले बाढीबाट जोगिन चैते धान रोप्दै आएका छन्। यो वर्ष भजनीमा करीब ५०० बिघा क्षेत्रफलमा चैते धानको खेती गरिएको भजनी नगरपालिकाका नगर प्रमुख शेरबहादुर चौधरीले जानकारी दिए।

    जिल्ला कृषि ज्ञान केन्द्रका कृषि प्रसार विभाग अधिकृत जनक बोहराका अनुसार, जिल्लाभर १ हजार ५० हेक्टर क्षेत्रफलमा चैते धान लगाइएको छ। जसमध्ये अधिकांश क्षेत्र भजनी र जोशीपुरमा पर्छ।

    • किसान
    • चैते धान
    शनिबार, असार १२, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न
    डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार
    सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना
    • भर्खरै
    • चर्चित
    • १.
      दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण

    • २.
      गर्भपतन गराउने किशोरीमा चुनौती कायमै

    • ३.
      अभियुक्तलाई उन्मुक्ति दिएको आरोप

    • ४.
      ‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न

    • ५.
      डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार

    • ६.
      सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना

    • ७.
      स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार

    • ८.
      पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी

    • ९.
      धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी

    • १०.
      २२ वर्षपछि भियतनामसँग भिड्दै नेपाल

    • १.
      अभियुक्तलाई उन्मुक्ति दिएको आरोप

    • २.
      गर्भपतन गराउने किशोरीमा चुनौती कायमै

    • ३.
      दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.