• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, माघ ०७, २०८२ | Tuesday 20th January 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

अत्यन्त जरुरी सूचना !!
  • २ दिन अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • २ हप्ता अगाडि

शर्मा पुरस्कृत
  • २ हप्ता अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • २ हप्ता अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • २ हप्ता अगाडि

नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?
  • ३ हप्ता अगाडि

स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया
  • ३ हप्ता अगाडि

“मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”
  • ४ हप्ता अगाडि

विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना
  • १ महिना अगाडि

Advertisement

सुदूरपश्चिममा कोरोना परीक्षण घट्यो, संक्रमणदर उस्तै

  •  संवाददाता
  • बुधबार, असार २३, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    धनगढी – सुदूरपश्चिम प्रदेशमा निषेधाज्ञा खुकुलो पारिएसँगै कोरोनाका बिरामीको संख्या बढ्न थालेको छ। प्रदेशभरि गरिएको परीक्षणमा मंगलबार ६१ जनामा संक्रमण देखिएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारीअनुसार ६ सय ४८ जनाको एन्टिजेन परीक्षण गर्दा २० जनाको रिपोर्ट पोजिटिभ आएको हो। यस्तै, १ सय ९९ जनाको पीसीआर परीक्षण गर्दा ४१ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ।

    सेती प्रादेशिक अस्पतालमा मात्रै १ सय ५ जनाको पीसीआर परीक्षण गर्दा ३९ व्यक्तिमा कोरोना पुष्टि भएको छ। अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा पोजिटिभ देखिएकामध्ये ३७ जना कैलाली र २ जना अरू जिल्लाका रहेको जारी सूचनामा उल्लेख छ।

    अस्पतालका कोभिड विभाग प्रमुख डा. शेरबहादुर कमरले यो संख्या चिन्ताजनक भएको बताए। उनले अहिले देखिएको कोरोनामा गम्भीर प्रकृतिका बिरामीको संख्या भने घटेको बताए। सेती प्रादेशिकमा अहिले पनि तीन जना आईसीयू र तीन जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। ‘अस्पतालमा १० जना कोरोनाका बिरामी भर्ना भएका छन्। आईसीयू र भेन्टिलेटर पनि खाली छैन’, उनले भने, ‘त्यसैले हेलचेक्र्याइँ गर्ने बेला भएको छैन।’

    सुदूरपश्चिमका बढी कोरोनाका बिरामी हुने तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा प्रशासनले निषेधाज्ञा खुकुलो गरेका छन्। दुवै जिल्लाका बजार पूरै खुलेका छन्। प्रशासन कार्यालयले २५ जनाको संख्यामा मात्रै कार्यक्रम गर्ने अनुमति दिए पनि नापी, मालपोत र यातायात कार्यालयमा भने दैनिक हजारभन्दा बढी सेवाग्राहीको भीड लाग्ने गरेको छ।

    ‘मालपोत र नापी कार्यालयमा टाँसिएर सेवाग्राही लाम लागिरहेका छन्। बारअनुसार सेवा तोकिए पनि पहुँच हुनेहरूको जुनसुकै दिन पनि कार्यालयको काम हुने गरेको छ’, मालपोतमा भेटिएका गोदावरी ८ का रतनबहादुर बमले भने, ‘त्यसकारण यी कार्यालयहरूमा भीडभाड बढेको हो।’

    कैलाली र कञ्चनपुरको पूरै बजार खुलेका छन्। होटल रेष्टुराँ पनि बिहान ५ देखि बेलुकी ८ बजेसम्मका लागि खुलेका छन्। स्थानीयवासी स्वास्थ्यका मापदण्ड नअपनाएर होटल रेस्टुराँ जाने गरेका छन्। स्वास्थ्यकर्मी भन्छन्, ‘निषेधाज्ञामा मात्र कोरोना सर्छ भन्ने भावनाको विकास भयो। मानिसहरू अझै लापरवाही गरिरहेका छन्।’

    अझ जिल्लाभित्रको सार्वजनिक यातायात पनि खुलेको छ। सार्वजनिक यातायात र निजी गाडीहरू जोर–बिजोर प्रणालीमा सञ्चालन हुन थालेपछि भीडभाड बढ्न थालेको छ। प्रशासनले अटो रिक्सामा चालकसहित तीन र चारपांग्रे सवारीमा चालकसहित चार जना तोके पनि त्यसको पालना भएको छैन। ‘अटोमा चालकसहित पाँच/पाँच जनासम्म पनि सवारी बोक्न थालेका छन्। यसले संक्रमण झन् बढाउँछ’, धनगढी मुख्य बजारका वीरबहादुर महराले भने।

    एकै वडामा १९ जना संक्रमित
    बैतडीको दोगडाकेदार गाउँपालिका–७ मा गरिएको एन्टिजेन परीक्षणमा एकै वडाका १९ जनामा कोरोना संक्रमण देखिएको छ। कोरोना अस्थायी अस्पतालका चिकित्सक कुमार कार्कीले वडा नम्बर ४ का एकै परिवारका चार जनामा कोरोना पुष्टि भएपछि त्यहाँ मंगलबार नमुना परीक्षण गरिएको बताए।

    ‘एकै परिवारका चार जना बिरामी भएर श्रीकोट स्वास्थ्यचौकी आए। हामीले कोरोनाजस्तै लक्षण देखिएपछि एन्टिजेन परीक्षण गर्‍यौं। चारै जनामा कोरोना पुष्टि भयो’, डा. कार्कीले भने, ‘त्यसपछि गाउँमै गएर कोरोना जाँच गरिएको हो।’

    वडा नम्बर ७ को चडेपानी गाउँमा मात्रै मंगलबार गरिएको ७१ जनाको परीक्षणमा १५ जनामा कोरोना देखिएको हो। तीमध्ये दुई जना गम्भीर बिरामीलाई जिल्ला कोरोना अस्पताल बैतडी लगिएको छ। ‘७१ जनामा १५ जनामा कोरोना पुष्टि हुनु भनेको झण्डै २१ प्रतिशत हुन्छ। गाउँबाट धेरै आफन्तहरू, ज्वरो खोकी छ भनेर औषधि माग्न आउने गरेका छन्, त्यहाँ अझै बृहत् रूपमा परीक्षणको आवश्यकता छ’ डाक्टर कार्कीले भने।

    बैतडीमा अहिले ८१ जना सक्रिय संकमित छन्। अहिलेसम्म त्यहाँ १४ जनाले ज्यान गुमाई सकेका छन्। एकै वडामा गरिएको नमूना परीक्षणमा १५ जनामा कोरोना भेटिनु भनेको समुदायमा संक्रमणको दर उच्च रहेको अनुमान गर्न सकिने सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले बताए। उनले, उक्त वडामा, कोरोना संक्रमण भएका परिवारका सबैलाई परीक्षण गरिने बताए।

    प्रदेशभरि ५७१ सक्रिय संक्रमित
    सुदूरपश्चिमका ९ जिल्लामा मंगलबारसम्म एन्टिजेन र पीसीआर प्रविधिबाट परीक्षण गरिएका ५ सय ७१ जना सक्रिय संक्रमित रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। निर्देशनालयले मंगलबार बेलुकी सार्वजनिक गरेको बुलेटिनमा सबैभन्दा बढी कैलालीमा १ सय ८४ जना, कञ्चनपुरमा १ सय १६ जना, बैतडीमा ९० जना, दार्चुलामा ५२ जना, डडेल्धुरामा ४४जना, अछाममा ३९ जना, बाजुरामा ३१ जना, बझाङमा १२ जना, डोटीमा ७ जना गरी ५७१ जना सक्रिय संक्रमित रहेको उल्लेख छ।

    • परीक्षण घट्यो
    • संक्रमणदर उस्तै
    बुधबार, असार २३, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अत्यन्त जरुरी सूचना !!
    बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
    शर्मा पुरस्कृत
    • भर्खरै
    • चर्चित
    • १.
      अत्यन्त जरुरी सूचना !!

    • २.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ३.
      शर्मा पुरस्कृत

    • ४.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ५.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • ६.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • ७.
      स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया

    • ८.
      “मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”

    • ९.
      विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना

    • १०.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • १.
      अत्यन्त जरुरी सूचना !!

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.