• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   सोमबार, जेठ १५, २०८० | Monday 29th May 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बृहत् बिमा जागरण अत्तरियामा
  • २ हप्ता अगाडि

शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम
  • ३ महिना अगाडि

शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा
  • ३ महिना अगाडि

९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ
  • ३ महिना अगाडि

माेहन्याल गाउँपालिकामा नापिकाे काम सुरु : अध्यक्ष उपाध्याय द्वार उद्वघाटन
  • ३ महिना अगाडि

अछामको चाैरपाटि गाउँपालिका कार्यसम्पादन मुल्यांकनमा सुदुरपश्चिममा दाेस्रो स्थानमा
  • ३ महिना अगाडि

क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको सयुक्त साधारणसभा फागुन १२ गते
  • ३ महिना अगाडि

गन्यापधुरा गाउँपालिका कार्यसम्पादनमा सुदुरपश्चिम प्रदेशकै पहिलो स्थानम
  • ३ महिना अगाडि

जनयुद्धको जगले ल्याएकाे उपलब्धिहरुमा देश चलिरहेको छ : अध्यक्ष उपाध्याय
  • ३ महिना अगाडि

दुई स्थानीय तहलाई विपक्षी बनाए रोयल्टी खारेजी माग गर्दै रिट दायर

  •  संवाददाता
  • सोमबार, असार २८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    महाकाली नदीमा चार लेनको पक्की पुल बनाइरहेको कुमार/सिएफइसी जेभीले भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकालाई तिर्नुपर्ने रोयल्टी रकम खारेजीको माग राखेर अदालतमा रिट दायर गरेको छ।

     

     

    निर्माण कम्पनीले दुई स्थानीय सरकारसहित महाकाली पुल आयोजनालाई विपक्षी बनाएर उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासमा रिट दायर गरेको हो।
    कम्पनीको रिटपछि अदालतले असार ३० गते दुवै पक्षलाई अदालतमा बोलाएको छ।

    कम्पनीले रोयल्टी रकम आफ्नो क्षेत्रमा नपर्ने भए पनि स्थानीय सरकारले ताकेता गरेपछि अदालत आउनुपरेको रिटमा उल्लेख गरेको छ। रिटमा मागअनुसार अन्तरिम आदेश दिन अस्वीकार गरिएको छ।

    निर्माण कम्पनीले भीमदत्तलाई २ करोड ४७ लाख ११ हजार र दोधारा चाँदनी नगरपालिकालाई ९३ लाख रोयल्टी बुझाउन बाँकी छ।

    दुवै स्थानीय तहले महाकाली पुल आयोजनामार्फत कम्पनीलाई रोयल्टी रकम बुझाउन ताकेतापछि अदालतमा मुद्दा पुगेको छ। भीमदत्त नगरपालिकालाई कम्पनीले बुझाउनुपर्ने रोयल्टी रकमबारे महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ।

    निर्माण कम्पनीका इन्जिनियर किशोर पाण्डेयले रोयल्टी समावेश नभएकाले खारेजीका लागि रिट दायर गरेको बताए। उनले भने, ‘पुल निर्माण कम्पनीले रोयल्टी तिर्नुपर्ने नभए पनि रोयल्टी संकलनकर्ता र पालिकाले ताकेता गरेकाले मुद्दा दायर गरिएको हो।’

    उच्च अदालत दियायल इजलास महेन्द्रनगरका सूचना अधिकारी राजेन्द्र चन्दले नगरपालिकाले माग गरेको रोयल्टी नदिनुपर्ने भन्दै अन्तरिम आदेशका लागि इन्जिनियर किशोर पाण्डेयको नाममा रिट दायर गरिएको बताए।

    स्थानीय तह निर्वाचनपछि दोधारा चाँदनीलाई जोड्ने गरी महाकाली नदीमा चार लेनको पक्की पुल निर्माण सुरु गरिएको थियो। तीन अर्ब बढी रकमको योजना तीन वर्षमा सक्ने गरी काम अघि बढाइएको थियो।

    निर्माण कम्पनीलाई दुई वटै स्थानीय सरकार र रोयल्टी संकलनको ठेक्का पाएको निर्माण कम्पनीले पनि ताकेता गरेको छ। चालु आर्थिक वर्षका लागि भवानी कन्स्ट्रक्सन प्रालिले नदीको रोयल्टी संकलनको ठेक्का लिएको छ।

    भवानी कन्स्ट्रक्सनले मंसिरदेखि मात्रै ठेक्का पाएको थियो। स्थानीय सरकारले पुरानो र कम्पनीले यस वर्षको रोयल्टी बुझाउन ताकेका गरेका हुन्।

    भवानी कन्स्ट्रक्सनका प्रतिनिधि दीवाकर भट्टले कुमार/सिएफइसी जेभीले रोयल्टी रकम नतिरेपछि तोकेता गरिएको बताए। कानुनअनुसार रकम माग्दा तिर्न नमानेको उनले बताए।

    ‘कम्पनीले दिन्छु भन्यो तर दामासाही भन्यो, हामीले मानेनौँ, जति कानुनले भन्छ त्यही तिर्नुपर्ने भनेका छौं। तिरेको छैन’, उनले भने।

    पुल निर्माणस्थलको उत्तरमा १५ सय दक्षिणमा ५ सय मिटर क्षेत्रफल बाहेकको स्थानबाट संकलन गरेको राजस्व तिर्नुपर्छ। त्यस बाहिरको क्षेत्रमा रोयल्टी शुल्क तिर्नुपर्ने हुन्छ।

    भीमदत्त नगरका प्रवक्ता हिमाल चन्दले महाकालीको स्रोत रोयल्टीको बेरुजु रकम असुलीका लागि कार्यपालिका बैठकबाट निर्णय भएको बताए।

    ‘महाकाली नदीको स्रोत उपभोग गरेबापत कुमार/सिएफइसी जेभीबाट विगतको बक्यौता रकम तिर्न कार्यालयलाई निर्देशन दिएका छौँ,’ ‘प्रवक्ता चन्दले भने कार्यालयले असुल गर्छ।’

     

    • दुई स्थानीय तह
    • रोयल्टी खारेजी माग
    सोमबार, असार २८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बृहत् बिमा जागरण अत्तरियामा
    शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम
    शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा
    • भर्खरै
    • चर्चित
    • १.
      रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बृहत् बिमा जागरण अत्तरियामा

    • २.
      शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम

    • ३.
      शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा

    • ४.
      ९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ

    • ५.
      माेहन्याल गाउँपालिकामा नापिकाे काम सुरु : अध्यक्ष उपाध्याय द्वार उद्वघाटन

    • ६.
      अछामको चाैरपाटि गाउँपालिका कार्यसम्पादन मुल्यांकनमा सुदुरपश्चिममा दाेस्रो स्थानमा

    • ७.
      क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको सयुक्त साधारणसभा फागुन १२ गते

    • ८.
      गन्यापधुरा गाउँपालिका कार्यसम्पादनमा सुदुरपश्चिम प्रदेशकै पहिलो स्थानम

    • ९.
      जनयुद्धको जगले ल्याएकाे उपलब्धिहरुमा देश चलिरहेको छ : अध्यक्ष उपाध्याय

    • १०.
      माेहन्याल गाउँपालिका अध्यक्ष उपाध्यायले पाए विशेष अदालत बाट सफाई: भन्छन अब जनताको हितमा काम गर्छु।

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.