• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   सोमबार, मङि्सर ३०, २०८२ | Monday 15th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • ३ दिन अगाडि

इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
  • ३ दिन अगाडि

सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
  • ६ दिन अगाडि

महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
  • ६ दिन अगाडि

पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
  • ६ दिन अगाडि

कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य
  • ६ दिन अगाडि

नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता
  • ६ दिन अगाडि

मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई
  • ६ दिन अगाडि

बालुवाको रोयल्टीमा हिनामिना
  • २ हप्ता अगाडि

Advertisement

डोटी कांग्रेसमा महाधिवेशनको चहलपहल, जिल्ला सभापतिका दाबेदार थपिदै

  •  संवाददाता
  • सोमबार, असार २८, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    डोटी, २८ असार – नेपाली कांग्रेसको १४औं महाधिवेशनको मिति नजिकिंदै गर्दा डोटीमा पनि चहलपहल वढेको छ ।

    कार्यतालिका अनुसार साउन १२ गते देशैभरका वडाहरुबाट प्रतिनिधि छनौटको काम हुनेछ । यस्तै साउन १६ गते पालिकास्तरीय अधिवेशन, २० गते प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय समितिको र २३ गते जिल्ला समितिको निर्वाचन हुनेछ ।

    डोटी जिल्लामा क्रियाशील सदस्यको नाम टुंग्याइएको जिल्ला सचिव नारायण जोशी बताउँछन् । ‘क्रियाशील सदस्यताको विषयमा हाम्रो जिल्लामा विवाद छैन,’ सचिव जोशी भन्छन्, ‘करीब पाँच हजार पाँच सय क्रियाशील सदस्यहरुको नाम हामीले केन्द्रमा पठाइसकेका छौं र केन्द्रले पनि टुंगो लगाइसकेको छ ।’

    जिल्ला सभापतिका उम्मेदवारै उम्मेदवार

    अधिवेशनको मिति नजिकिदै जाँदा डोटीमा आफूलाई सभापतिको उम्मेदवार घोषणा गर्नेको संख्या पनि बढ्दै गइरहेको छ । वर्तमान सभापति प्रदीप कुमार देउवा दोहोरिन चाहन्छन् ।

    २०७२ साल माघ २५ गते भएको जिल्ला अधिवेशनबाट सभापति पदमा निर्वाचित देउवाले फेरि पनि सभापति बन्ने इच्छा रहेको बताए । ‘इच्छा त छ तर अब साथीहरुसँग छलफल हुन्छ, सल्लाह अनुसारै अगाडि बढिन्छ,’ देउवाको प्रतिक्रिया छ । उनले साथीहरुले आफूलाई अन्यत्र उपयुक्त जिम्मेवारी दिने गरी सेटल गरेछन् भने पनि आफू तयार रहेको आसय पनि व्यक्त गरे । कांग्रेस संस्थापन वृत्तमा देउवालाई नै बलियो उम्मेदवारको रुपमा हेर्ने गरिएको छ ।

    अर्का दाबेदार छन् रामप्रसाद उपाध्याय । गत जिल्ला अधिवेशनमा वर्तमान सभापति देउवासँग ६८ मतको अन्तरले पराजित उपाध्याय भन्छन्, ‘गत अधिवेशनमा म सफल हुन सकिनँ, त्यसैले यसपालि मेरो दावी त स्वभाविकै हो नि १’ देउवा जिल्ला सभापति हुनुअघि जिल्लामा कार्यवाहक सभापति भएर लामो समय जिम्मेवारी सम्हालेका उपाध्यायले पार्टीले आफूप्रति न्याय गर्ने विश्वास रहेको बताए ।

    सभापतिकै उम्मेदवारको चर्चामा छन् अर्का नेता जितबहादुर खड्का । पार्टीको तर्फबाट जनसम्पर्कका कार्यहरुमा बढी क्रियाशील देखिने खड्काले पनि सभापतिमा आफ्नो दावी सार्वजनिक गरेका छन् । पार्टीको तर्फबाट स्थानीय विभागको जिम्मेवारीमा रहेका खड्काले भने, ‘जिल्लामा बसेर खट्न सक्ने, कार्यकर्ताहरुको भावना बुझ्न सक्ने व्यक्ति नेतृत्वमा आउनु पर्छ भन्ने मेरो मान्यता हो । अहिले चर्चामा रहे जति नेताहरु अधिवेशनमा उम्मेदवार नहुने खड्का बताउँछन् ।

    देउवा, उपाध्याय, खड्कासँगै वर्तमान जिल्ला उपसभापति लक्ष्मण बहादुर सिंह, महासमिति सदस्य भूमिराज बडु, नरेन्द्र सिंह, लोकेन्द्र शाही, डिल बहादुर बम, दीपक विष्ट, सिताराम जोशी, कृष्णबहादुर चन्द, लक्ष्मीराज पाटकलगायत चर्चामा छन् ।

    समूह परिवर्तनको चर्चा

    अधिवेशनको चर्चासँगै कांग्रेसभित्र समूह परिवर्तनको चर्चा पनि सुरु भएको छ । विगतको अवस्था हेर्दा पौडेल पक्षभन्दा संस्थापन पक्ष निकै बलियो देखिन्छ । तर यसपालि बराबरीको प्रतिस्पर्धा हुनेमा पौडेल पक्ष आशावादी देखिन्छ। ‘गत अधिवेशनमा जस्तो कमजोर पर्फमेन्स हुँदैन हाम्रो,’ पौडेल पक्षीय एक युवा नेताले भने, ‘थुप्रै नेता कार्यकर्ताहरु हामीतिर आउने तयारीमा छन् ।’ उनले समूह परिवर्तन गर्ने नेताहरुको नाम भने खुलाउन चाहेनन् । उनी थप्छन्, ‘अहिल्लै नाम सार्वजनिक गर्नु हतार हुन्छ, तर तपाईंले छिट्टै थाहा पाउनु हुनेछ ।’

    उनले कार्यकर्ताहरुले पार्टीको जिल्ला नेतृत्वका गतिविधिहरु, विगतको अवस्था सबै कुरालाई ध्यान दिएर यसपालि नेतृत्व चयन गर्ने विश्वास व्यक्त गरे । उनले भने, ‘अब विगतका जस्ता छैनन् कार्यकर्ताहरु, आफ्नो विवेक प्रयोग गरेर नेतृत्व छान्नेछन् भन्ने विश्वास छ ।’ उनले दुवै समूहले आन्तरिक छलफललाई तीव्रता दिएको पनि वताए ।

    संस्थापन पक्षभित्रै पनि दुई समूह रहेको संस्थापन पक्षकै एक नेताले बताए । ‘संख्या बढी हुने बित्तिकै एउटै समूहमा पनि हाँगाहरु जन्मिँदा रहेछन्,’ उनले भने, ‘अहिले संस्थापन पक्षभित्रै पनि कसैले बिरबहादुर बलायर समूह भन्दैछन्, कसैले एनपी साउँद समूह ।’

    ‘टुरिष्ट’ नेताहरुको चर्चा

    पार्टीको आन्तरिक प्रतिस्पर्धा होस् वा संसदीय मोर्चाको चुनाव होस्, नेपाली कांग्रेसभित्र ‘टुरिष्ट’ नेताको चर्चा हुने गर्छ । यस पटक पनि टुरिष्ट नेताहरुको चर्चा सुरु भएको छ । ‘पाँच वर्षमा एक पटक जिल्लामा आएर जिम्मेवारी लिने अनि अर्को अधिवेशनमा मात्रै फर्किने चलन छ हाम्रो पार्टीमा,’ जिल्ला सभापतिका दाबेदार एक नेताले भने, ‘नेतृत्व लिनेहरु धनगढी काठमाडौं गएर बस्ने, जिल्लामा हामीले खट्नु पर्ने भइरहेको छ ।’

    उनले जिल्लामा नबस्ने नेताहरुले महाधिवेशन प्रतिनिधि, प्रदेश समितितिर दावी गर्नु पर्ने बताए । ‘कार्यकर्ताहरुले पनि बुझ्नु पर्छ, जिल्लामा खट्नेहरु सधैं खटिइरहने, बाहिरबाट आएकाहरुले अनेक चलखेल गरी नेतृत्व हत्याउने काम भइरहेको छ,’ उनले भने, ‘जिल्लामा बसेर कार्यकर्ताको बिचमा, जनताको बिचमा खटेका व्यक्तिहरुले मात्रै उम्मेदवारी दावी गर्नु उपयुक्त हुन्छ, नैतिकता भन्ने पनि केही चिज हुन्छ ।’ उनले २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि टुरिष्ट नेताहरुलाई टिकट दिएकै कारण कांग्रेसले धेरै ठाउँ गुमाउनु परेको बताए ।

                                                                                                                                                                                             अनलाइन खबर

    • कांग्रेसमा महाधिवेशन
    सोमबार, असार २८, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
    इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
    सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
    • भर्खरै
    • चर्चित
    • १.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • २.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ३.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ४.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ५.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ६.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ७.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ८.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ९.
      बालुवाको रोयल्टीमा हिनामिना

    • १०.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • १.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • २.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ३.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ४.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ५.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ६.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ७.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ८.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.