काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास बालुवाटार सरेका छन् । उनी बिहान ९ बजेर ५७ मिनेटको शुभ साइतमा बालुवाटार सरेका निजी सचिवालयले जनाएको छ।
धेरैजसो काम गर्दा शुभ साइत हेर्ने उनले आज पनि साइत पारेर बालुवाटार सरेका बुझिएको छ ।
गएको मंगलवार प्रधानमन्त्रीमा नियुक्त भए पनि उनी आज बालुवाटार सरेका हुन् । सर्वोच्च अदालतको संवैधानिक इजलासले सोमवार संसद पुनःस्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली अस्ति निजी निवास बालकोट सरिसकेका छन् ।