थ्रेसहोल्ड (Threshold) भन्दा बढीको कारोबार गर्ने र भ्याट (VAT) लाग्ने वस्तु तथा सेवाको कारोबार गर्ने व्यक्तिले दर्ता गर्नु पर्छ।
थ्रेसहोल्ड (Threshold) भनेको के हो ?
निश्चित रकमसम्मको वार्षिक कारोबार गर्ने साना व्यवसायीले भ्याटमा दर्ता गर्नु नपर्ने गरी कानुनले तोके बमोजिमको कारोबार सीमा।
थ्रेसहोल्ड हाल कति तोकिएको छ?
- वस्तु जस्तै मोबाइल, टिभी, आदिको कारोबार गर्नेको हकमा १२ महिनामा ५० लाख रुपैयाँ
- सेवा जस्तै इन्टरनेट, एनसेल वा एनटिसीले दिने सञ्चार, कन्सल्टेन्सी, आदिको सेवा दिनेको हकमा १२ महिनामा रु. २० लाख
- व्यावसायिक प्रयोजनको लागि करयोग्य वस्तु वा सेवा पैठारी गर्नेले एक पटकमा १० हजार रुपैयाँ
- माथि उल्लेख गरेको भन्दा बढीको कारोबार गर्नेले अनिवार्य भ्याटमा दर्ता हुनुपर्छ।
के कस्ता व्यवसाय अनिवार्य दर्ता हुनुपर्छ?
- इँटा उत्पादन, मदिरा वितरण, वाइन, सफ्टवेयर, ट्रेकिङ, र्याफ्टिङ, अल्ट्रालाइट फ्लाइट, प्याराग्लाइडिङ, पर्यटन सवारी, क्रसर, बालुवा खानी, स्लेट र ढुङ्गा उद्योग सम्बन्धी व्यवसाय
- महानगरपालिका, उपमहानगरपालिका क्षेत्र भित्रका हार्डवेयर, सेनिटरी, फर्निचर, फिक्स्चर, फर्निसिङ, अटोमोबाइल्स, मोटर पार्टस्, इलेक्ट्रोनिक्स, मार्बल, शैक्षिक परामर्श, डिस्को थेक, हेल्थ क्लब, मसाज थेरापी, ब्युटिपार्लर, क्याटरिङ सेवा, पार्टी प्यालेस व्यवसाय, पार्किङ सेवा, मेसिनरी उपकरण प्रयोग भएको ड्राइक्लिनर्स, बार सहितको रेस्टुरेन्ट, आइसक्रिम उद्योग, कलर ल्याब, बुटिक, सुटिङको सामान सहितको टेलरिङ व्यवसाय, शिक्षण संस्था, स्वास्थ्य संस्था वा अन्य निकायमा युनिफर्म आपूर्ति गर्ने व्यवसायी
- शैक्षिक तथा कानुनी परामर्श (वकिल), लेखा तथा लेखा परीक्षण सम्बन्धी सेवा दिने व्यवसायी तथा कम्पनी
ज्ञानवर्धक, सूचनामूलक, जानकारीमूलक भिडियोहरू हेर्नका लागि यस Shuvayatra युटूव च्यानललाई SUBSCRIBE गर्नु होला । साथै यस च्यानलमा राखिएका सम्पूर्ण भिडियोहरू हेरेर SHARE, LIKE र COMMENT गर्न नभुल्नु होला। वैदेशिक रोजगारी, वित्तीय साक्षरता, उद्यमशीलता, महिला सुरक्षा लगायत सम्बन्धी थप लेखहरू पढ्नका लागि हाम्रो शुभयात्रा मोबाइल एप्प आजै यो लिङ्कबाट डाउनलोड गर्नुहोस्: https://goo.gl/qoWBg8। शुभयात्राको फेसबुक पेजमा राखिएका सुचना, सन्देशहरु हेर्न र पढ्नको लागि यो लिङ्क : https://www.facebook.com/ShuvaGO/ मा जानुहोस्। त्यसैगरी यस पेजमा राखीएका ज्ञानवर्धक र सूचनामूलक सामाग्रीहरु हेरेर / पढेर प्रतिक्रिया दिनुहोस् । साथै सेयर र लाइक पनि गर्नुहोला।