काठमाण्डौ – सुनचाँदीको मूल्य आज केही घटेको छ। हप्ताको पहिलो दिन आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
अस्ति शुक्रवार सुनको मूल्य तोलामा ९३ हजार दुई सय रुपैयाँ थियो । यस्तै आज चाँदीको पनि मूल्य घटेको छ । अस्ति शुक्रवार तोलामा १३ सय २० रुपैयाँ रहेको चाँदी आज १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।