• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बुधबार, मङि्सर २५, २०८२ | Wednesday 10th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
  • १ दिन अगाडि

महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
  • १ दिन अगाडि

पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
  • १ दिन अगाडि

कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य
  • १ दिन अगाडि

नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता
  • १ दिन अगाडि

मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई
  • १ दिन अगाडि

बालुवाको रोयल्टीमा हिनामिना
  • ६ दिन अगाडि

बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण
  • ६ दिन अगाडि

बिनाशुल्क काम गर्छन् भलमनसा
  • ६ दिन अगाडि

Advertisement

दाइको जमिन हडप्न जीवित आमाबुवाको मृत्यु दर्ता

  •  संवाददाता
  • सोमबार, साउन ०४, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कञ्चनपुर – बेदकोट नगरपालिका ५ धरमपुरका एक युवकले सहोदर दाइको जमिन हडप्न जीवित आमा-बुवाको मृत्युदर्ता गराएका छन्‌।

    धर्मपुरका सुरेन्द्र लुहारले सहोदर दाजुबाट जमिन हड्प्न भारतमा बस्दै आएका आमा–बाबुको मृत्युदर्ता गराएका हुन्‌।

    ​सुरेन्द्रका आमा-बाबु भीमदत्त नगरपालिका-१०, तिलकेनी बस्दै आएका थिए। लामो समयदेखि सुरेन्द्रका बाबु झिक्ले लुहार र आमा चुकी लुहार भारतमा बस्दै आएका थिए।

    लुहार दम्पतीका कान्छा छोरा सुरेन्द्र लुहारले सहोदर दाजुबाट जमिन हत्याउन जिउँदै आमा-बाबु मरेका देखाएर आफ्नो नाममा लालपुर्जा बनाएका हुन्‌। भीमदत्त नगरपालिका-१०, तिलकेनीबाट सुरेन्द्र लुहारले जमिन बेचेर बेदकोट नगरपालिका-५, धमरपुरमा किनेका छन्‌।

    ​उनले धमरपुरको ६ कट्टा जमिन आमा-बाबु मरेका देखाएर नक्कली प्रमाण खडा गरेर आफ्ना नाममा हालेका हुन्‌। कोरोना महामारीको मौकाछोपी सुरेन्द्रले गत वर्ष असोजमा भीमदत्त नगरपालिका-१० को वडा कार्यालयमा आमा-बाबु मरेको मृत्युदर्ता गराएका हुन्‌। ​सुरेन्द्रले वडादेखि मालपोत कार्यालय ठगेर आफ्नो नाममा जमिन हाले लगत्तै बैक वित्तीय संस्थामा लालपुर्जा राखेर ऋण समेत झिकेका छन्‌।

    ​सुुरेन्द्रका दाजु भीमदत्त नगरपालिका-१०, गड्डाचौकी बस्दै आएका छन्‌। अहिले सुरेन्द्रका बाबुआमा भारतबाट फर्किएपछि उनले मृत्युदर्ता गराएर जमिन आफ्नो नाममा हालेको तथ्य बाहिरिएको हो।

    भीमदत्त नगरपालिका १० का वडा सचिव गगन नाथले सुरेन्द्रले सरकारी अड्डामा झुटा विवरण पेश गरेर जिउँदै आमा-बाबुको मृत्यु दर्ता गराएको बताए।

    ‘मृत्यु दर्ताका लागि निवेदक अर्थात सूचकले निवेदन सहित मृतकको नागरिकता र आफ्नो नागरिकताको फोटोकपी ल्याएर दर्ता गराउन सकिने प्रावधान छन्‌,’ सचिव नाथले भने, ‘सुरेन्द्रले कार्यालयका लागि आवश्यक सबै प्रमाण ल्याएका थिए, दर्ता गराएर गएका रहेछन्‌।’

    सुरेन्द्रले भारतमा बस्दै आएका आमा-बाबु मरेका भन्दै ११ असोज ०७७ सालमा मृत्युदर्ता गराएर बेदकोटमा रहेको जमिन आफ्नो नाममा हालेको बताए। ‘यो सरासर सरकारी अड्डामाथि गैह्रकानूनी काम हो, समाजिक रूपमा पनि गलत हो,’ उनले भने, ‘यस्ता व्यक्तिमाथि कारबाही हुनुपर्छ।’

    जिउँदो मान्छेलाई मरेको भन्दै जमिन हड्पेपछि लुहार परिवारमा उत्पन्न भएको विवाद वडामा पुगेको थियो। भीमदत्त नगरपालिका-१० नम्बर वडा कार्यालयले झूटा विवरण पेश गरेर जिउँदै मान्छेलाई मारेको देखाउने सुरेन्द्र माथि कारबाही गर्न जिमुवा प्रहरी चौकीमा निवेदन दिएको वडा सचिव नाथले बताए।

    ‘सुरेन्द्रले वडा कार्यालय छलेर ठगेर गरेको अपराधको सजायका लागि हामीले किर्ते कामविरुद्ध कारबाही गर्न जिमुवा प्रहरीलाई निवेदन दिएका छौँ,’ वडा सचिव नाथले भने, ‘प्रहरीले यसमा के गरिरहेको छ, थाहा भएन, मैले कतै यस प्रकरणमा वडाका कर्मचारीको मिलोमतो भए कारबाही गर्ने चेतावनी दिएको छु।’

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता सिद्धराज न्यौपानेले घटना बारेमा सम्बन्धित प्रहरी चौकीमा बुझेर अघि बढ्ने बताए। ‘यो घटना हामीसम्म पुगेको छैन,’ प्रवक्ता न्यौपानेले भने, ‘सम्बन्धित पीडित बोलाएर हेर्छौं।’

    • जमिन हडप्न
    • मृत्यु दर्ता
    सोमबार, साउन ०४, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
    महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
    पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
    • भर्खरै
    • चर्चित
    • १.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • २.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ३.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ४.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ५.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ६.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ७.
      बालुवाको रोयल्टीमा हिनामिना

    • ८.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ९.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • १०.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    • १.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    • २.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ३.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • ४.
      बालुवाको रोयल्टीमा हिनामिना

    • ५.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ६.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ७.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ८.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ९.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • १०.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.