धनगढी – धनगढीमा प्रहरीले भारतबाट अवैध रुपमा ल्याईएका सामान बरामद गरेको छ। कैलाली प्रहरीले भारतबाट भन्सार चोरी पैठारी गरी ल्याएका २ लाख, ७८ हजार २ सय १० बराबरको सामान बरामद गरेको जानकारी दिएको छ।
शुक्रबार साँझ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका-९ बंग्राकटानबाट उक्त सामान बरामद गरेको हो।
बरामद गरिएका बिभिन्न किसिमका सामानहरुलाई भन्सार ऐन बमोजिम कारबाहीका लागी भन्सार कार्यालय कैलालीलाई बुझाईएको प्रहरीले जनाएको छ।