कैलालीको भजनी नगरपालिकाका स्थानीय वासिन्दाहरु कान्द्रा नदी डुङ्गामार्फत वारपार गर्न बाधय छन् ।
हुलाकी राजमार्गमा निर्माण हुन लागेको पुल दस वर्षसम्म पनि निर्माण सम्पन्न नभएपछि वर्षातको समयमा स्थानीय बासिन्दा ज्यानको जोखिम मोलेर डुङ्गाबाट नदी वारपार गर्दै आएका छन् ।