• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बुधबार, मङि्सर २५, २०८२ | Wednesday 10th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
  • १ दिन अगाडि

महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
  • १ दिन अगाडि

पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
  • १ दिन अगाडि

कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य
  • १ दिन अगाडि

नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता
  • १ दिन अगाडि

मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई
  • १ दिन अगाडि

बालुवाको रोयल्टीमा हिनामिना
  • ६ दिन अगाडि

बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण
  • ६ दिन अगाडि

बिनाशुल्क काम गर्छन् भलमनसा
  • ६ दिन अगाडि

Advertisement

बाढी–विस्थापितकाे बिजाेग : सडक भयाे आँगन, किनारा भयाे घडेरी !

  •  संवाददाता
  • शुक्रबार, साउन १५, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलालीको भजनी नगरपालिका–५ का ३८ वर्षीय बाधुराम चौधरीको परिवार अहिले सडक छेउमा त्रिपालमा बस्न लागेको साता दिन भइसक्यो।

     

    साताअघि मोहना नदीमा आएको बाढीले घर भत्काएपछि उनको परिवार अहिले घरबाट एक किलोमिटर दूरीमा रहेको हुलाकी सडक छेउमा त्रिपालमा बसिरहेको छ।

    ‘बाढीले घर भत्काएपछि त्रिपाल टाँगेर त बसियो। तर, दुई छाक टार्नै समस्या छ,’ उनले दुखेसो सुनाए।

     

    घरमा भएको अन्नपात बाढीले बगाएपछि कसरी परिवारको दुई छाक टार्ने चिन्तामा छन् उनी। स्थानीय सरकारबाट पनि सहयोग नपाएको उनको गुनासो छ।

    उनी मात्रै होइनन्, बाढीबाट विस्थापित भएर वा विस्थापित हुने डरले वडा नम्बर ५ का १६ परिवार हुलाकी सडकमा त्रिपाल टाँगेर बस्ने बाध्य छन्, जसमा पलियापुरका १४ र लालबाेझीका २ परिवार छन्।

    ०००

    बाधुरामको घर बाढीले बगाएपछि छिमेकी रामपियारी चौधरीले भने त्यहाँबाट नयाँ टहराेमा सरेकी छन्। उनले घर भत्काएर टहरो बनाएकी हुन्।

    ‘नदीले छिमेकीको घर बगाएर लग्यो। घर भत्काउने डरले हामीले घर भत्काएर अन्तै टहरो बनाएर बसेका छौं,’ उनले भनिन्, ‘बर्खा सकियो भने फेरि घर निर्माण गर्छाैं।’

    उनीहरू मात्र होइन, भजनीमा बाढीका कारण र बाढीको डरले विस्थापित हुनेहरू हुलाकी सडकमा त्रिपाल टाँगेर बस्न बाध्य छन्।

    ०००

    अर्का स्थानीय अमर चौधरी नदीले धार परिवर्तन गरिरहेकाले टहरो कति बेला बग्ने हो भन्ने चिन्तामा छन्। ‘टहरो पनि कति बेला बग्ने हो टुंगो छैन, नदीले धार परिवर्तन गरिरहेको छ,’ उनले भने, ‘टहरो पनि भत्काएपछि कहाँ बस्ने अत्तोपत्तो छैन।’

    उनले स्थानीय सरकारबाट आश्वासनबाहेक केही नपाइएको दुखेसो पोखे।

    स्थानीय गणेश चौधरी पनि नदीको बाढीले घर बगाउने पो हो कि भन्ने चिन्तामा छन्।

    ‘नदीको पानी घरभित्र पसेको छ। यहाँ बस्न सकिने अवस्था नै छैन,’ उनले भने, ‘सुरक्षित स्थानको खोजीमा छौं। यहाँ त ज्यान जोगाउनै मुस्किल छ।’

    ०००

    अहिले मात्रै होइन, हरेक वर्ष भजनीका नदीतटीय क्षेत्रका स्थानीय विस्थापित हुने गरेका छन्।

    नगरपालिकाको वडा नम्बर ५, पुलियापुरका राजाराम चौधरी मोहना र कान्द्रा नदीको बाढीले हरेक वर्ष स्थानीय विस्थापित हुने गरेको बताए। ‘विगतमा केही दिन मात्र समस्या हुन्थ्यो। स्कुलको भवन र सडकमा आश्रय लिन्छौं,’ उनले भने, ‘तर, यसपालि त हामी पूर्णरूपमा विस्थापित भएका छौं।’

    यस क्षेत्रको समस्या समाधानमा सरकारले चासो नदिएको उनको दुखेसो छ। ‘हाम्रो उचित व्यवस्थापनका लागि सरकारले ध्यान दिनुपर्छ,’ उनले माग गरे।

     

    १४ घरधुरी रहेको पुलियापुरको उत्तरमा कान्द्रा नदी र दक्षिणमा मोहना नदी बग्ने गर्छ।

    सामान्य वर्षाको पानी पनि निकास नहुँदा पुलियापुर हरेक वर्ष डुबान हुने गर्छ।

    अर्का स्थानीय खुसराम चौधरीको पनि उस्तै दुखेसो छ। बाढीका कारण बर्सेनि जनधनको क्षति हुँदा पनि कुनै निकायले वास्ता नगरेको उनी दुखेसो पोख्छन्।
    ‘स्थानीय सरकार हाम्रा लागि नभएजस्तै हो,’ उनले भने।

    ‘हाम्रा लागि सरकार छैन’

    भजनीका बाढी प्रभावितले आफूहरूको समस्या समाधानका लागि सरकारले पहलसम्म नगरेको बताएका छन्।

    स्थानीय जुगराम चौधरीले बाढीको समस्या समाधानका लागि कसैले पहल नगरेको बताए। ‘देशमा तीन तहको सरकार छ। स्थानीय सरकारले त झन् हाम्रा स–साना समस्या पनि समाधान गर्नुपर्ने हो,’ उनले भने, ‘तर, बाढीको समस्या समाधानका लागि कसैले पनि पहल गरेनन्।’

    स्थानीय सीतादेवी चौधरीले राजनीतिक दलका नेताले बाढीको समस्यालाई चुनावी नारा मात्रै बनाएको बताए।

    ‘भोट माग्ने बेला हामी समस्या समाधान गर्छौं भन्छन्। तर, अघिपछि हेर्दैनन्,’ उनले भनिन्, ‘हामी त भोट बैंकका रूपमा मात्रै प्रयोग भएका छौं। समस्या ज्यूँकात्यूँ छन्।’

    वडा नम्बर ५ का कार्यवाहक अध्यक्ष शेरबहादुर बोहराले बाढी प्रभावितहरूलाई राहत र व्यवस्थापनको लागि निरन्तर खटिरहेको बताए। ‘हामीले सक्दो प्रयास गर्दैछौं। समस्या निराकरणका लागि तटबन्ध गरेका थियौं। त्यो नदीले बगायो। पक्की तटबन्ध गर्न वडाको बजेटले सम्भव छैन,’ उनले भने।

    नगरपालिकाको तर्फबाट पनि विपद् व्यवस्थापनको लागि सक्दो प्रयास भएको मेयर शेरबहादुर चौधरीले दाबी गरे।

    ‘नदी कटान र डुबान निकै ठूलो समस्या छ, हामीले यसको दीर्घकालीन समाधानका लागि एकल प्रयासले सम्भव देखिएन,’ मेयर चौधरीले भने, ‘यसका लागि हामीले प्रदेश र संघीय सरकारको सहयोग मागेका छौं। निकट भविष्यमै यसको दीर्घकालीन समाधान हुन्छ।’

    भजनी नगरपालिकाको ३, ८, ५ र ७ पूर्णरूपले बाढी प्रभावित क्षेत्र हुन्। यहाँका नागरिक प्रत्येक वर्ष डुबान र कटानको चपेटाले विस्थापित हुने गर्छन्।

    हालसम्म कुनै निकायबाट पनि राहत वितरण नभएको बाढी पीडितहरूको गुनासो छ।

    • बाढी–विस्थापितकाे बिजाेग
    शुक्रबार, साउन १५, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
    महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
    पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
    • भर्खरै
    • चर्चित
    • १.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • २.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ३.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ४.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ५.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ६.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ७.
      बालुवाको रोयल्टीमा हिनामिना

    • ८.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ९.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • १०.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    • १.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    • २.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ३.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • ४.
      बालुवाको रोयल्टीमा हिनामिना

    • ५.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ६.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ७.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ८.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ९.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • १०.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.