• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शुक्रबार, चैत १०, २०७९ | Friday 24th March 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम
  • १ हप्ता अगाडि

शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा
  • ३ हप्ता अगाडि

९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ
  • १ महिना अगाडि

माेहन्याल गाउँपालिकामा नापिकाे काम सुरु : अध्यक्ष उपाध्याय द्वार उद्वघाटन
  • १ महिना अगाडि

अछामको चाैरपाटि गाउँपालिका कार्यसम्पादन मुल्यांकनमा सुदुरपश्चिममा दाेस्रो स्थानमा
  • १ महिना अगाडि

क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको सयुक्त साधारणसभा फागुन १२ गते
  • १ महिना अगाडि

गन्यापधुरा गाउँपालिका कार्यसम्पादनमा सुदुरपश्चिम प्रदेशकै पहिलो स्थानम
  • १ महिना अगाडि

जनयुद्धको जगले ल्याएकाे उपलब्धिहरुमा देश चलिरहेको छ : अध्यक्ष उपाध्याय
  • १ महिना अगाडि

माेहन्याल गाउँपालिका अध्यक्ष उपाध्यायले पाए विशेष अदालत बाट सफाई: भन्छन अब जनताको हितमा काम गर्छु।
  • १ महिना अगाडि

महाकाली सँगै बग्छ्न दार्चुलावासीका सपना, कहिले हुन्छ तुइन विस्थापन !

  •  संवाददाता
  • आइतबार, साउन १७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नदी तर्नेक्रममा शुक्रवार दार्चुलाको व्यास गाउँपालिका– २ मालघाटमा भारतीय सुरक्षाकर्मीले तुइन चुँडाइदिँदा स्थानीय जयसिंह धामी महाकाली नदीमा बेपत्ता भए। उनको खोजीका लागी नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिएका छन्।

    ‘गाउँबाट दार्चुला सदरमुकाम जान हिँडेका धामी शुक्रवार बिहान भारतको बाटो हुँदै तुइन तर्दै थिए,’प्रत्यक्षदर्शी जनक सिंह धामीले भने,‘तुइनबाट किन तरेको भन्दै भारतीय एसएसबीले धम्क्याएर तुइन खोल्न लगाउँदा तारले तानेपछि उनी नदीमा हुत्तिए, भारतीय सुरक्षाकर्मीको ज्यादती निकै बढेको छ,हामी सास्ती भोग्दै छौँ।’

    जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक नरेन्द्र बहादुर चन्दले बेपत्ता धामीको खोजी कार्य जारी रहेको बताए। ‘हामीले घटना भए लगत्तै उनको खोजी कार्य सुरु गरेका थियौँ,अहिले सम्म भेटेका छैनौँ,खोजी कार्य जारी छ,’उनले भने।

    बेपत्ताको खोजी र घटनाको अनुसन्धान गर्न घटनास्थलमा सुरक्षाकर्मी खटाइएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी चन्दले घटनाको वास्तविकता खुल्न नसकेको बताए।

    दार्चुला प्रशासनले पठायो भारतलाई पत्र

    तुइन काटेर जयसिंह धामी बेपत्ता भएको विषयमा जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय प्रशासनलाई पत्राचार गरेको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाले डिएम कार्यालय पिथौरागढ र एसडिएम कार्यालय धारचुलालाई सत्य तथ्य छानबिन गर्न पत्राचार गरेको निमित्त प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशीले बताइन्।

    ‘भारतीय एसएसबीले तुइन काटेर नेपाली युवकको मृत्यु भएको भन्ने सन्दर्भमा सत्य तथ्य के हो? भनेर हामीले जानकारी माग गरेका छौँ,’ निमित्त प्रजिअ जोशीले भनिन्,‘अहिलेसम्म भारतीय प्रशासनबाट त्यसको जवाफ आएको छैन।’

    अझै भएन तुइन विस्थापन

    दार्चुलाका व्यवसायी अहिले पनि उर्लंदो महाकाली वारपार गर्न तुइनमा ताङ्लोकै भर पर्छन्। महाकाली नदीमा झोलुङ्गे पुल बनाउन वर्षौँदेखि अनुरोध गर्दा पनि सुनुवाइ नभएको स्थानीयको गुनासो छ। ‘हामी तुइनको भरमै जोखिमपूर्ण यात्रा गर्न बाध्य छौँ,’व्यास गाउँपालिका–२ का नरेन्द्र धामीले भने,‘केपी ओली नेतृत्वको सरकारले तुइन विस्थापनको घोषणा गर्दा निकै खुसी भएका थियौ,तर अहिले तुइनबाट छिमेकी बेपत्ता भए।’

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा २०७४ असोजभित्रै देशभरका तुइन विस्थापन गर्ने निर्णय गरेका थिए। तर उनी तेस्रो पटक प्रधानमन्त्री बन्दा पनि निर्णय कार्यान्वयनमा ल्याउन सकेनन्।

    दार्चुलाको महाकाली नदीमाथि आधा दर्जन तुइन अहिले पनि सञ्चालनमा छन्। ‘बर्खाको उर्लंदो महाकालीमा हामीले ज्यानकै बाजी थापेर आवतजावत गर्नुपरेको छ,’व्यास ३ का उत्तम बुढाथोकीले भने,‘किनमेल तथा गाउँमा उत्पादित कृषि उपज बिक्री वितरण र औषधि उपचारका लागि अस्पताल पनि तुइनबाटै जानुपर्छ।’

    पुल नबन्दा सबैभन्दा बढी सकस स्कुले बालबालिका र ज्येष्ठ नागरिकलाई परेको छ। बालबालिका र ज्येष्ठ नागरिकले तुइन तान्न नसक्ने हुँदा उनीहरूलाई तार्न सहयोगी आउनै पर्ने बाध्यता छ।

    तुइनको डोरी चुँडियो भने सामान डुब्छ, मान्छेको ज्यान पनि जान्छ। ‘कति जना त महाकालीमा बेपत्ता पनि भएका छन्,’६० वर्षीय पदम धामीले भने,‘ फलामे तार खोलावारिपारि लगाइएको हुन्छ। तारमाथि रसीकोे प्रयोग हुन्छ। कैयौँले यही तुइनमा अड्काएको रसी चुँडिएर ज्यान गुमाएका छन्,धेरै बेपत्ता भए।’

    स्थानीय गोविन्द खडायत तुइन नभए खानलाई अन्न नहुने बताउँछन्। ‘चामल त्यही भारत गएर ल्याउनु पर्छ,’ स्थानीय गोविन्द खडायतले भने,‘नेपालतिरबाट खच्चड आउने बाटोसमेत भत्किसक्यो। व्यासको सुनसेराको तुसरपानीमा पहिराले बाटो अवरुद्ध भएको छ। गाउँमा चामल पाउँदैन। तुइन लगाएर पारिपट्टिबाट ल्याउन पनि निकै समस्या छ।’

    व्यास गाउँपालिका–२ को दुम्लिङ, रिठान मालघाट, बर्ती, डोकट लगायतका ठाउँमा तुइन सञ्चालनमा छ।

    कहिले बन्ला झोलुङ्गे पुल ?

    तुइन विस्थापनको घोषणा पछि दार्चुलाका अधिकांश नदीमा झोलुङ्गे पुलका योजना परेका छन् स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग अन्तर्गतको सस्पेन्शन ब्रिज डिभिजनले जिल्लाको मालिकार्जुन गाउँपालिकाको बाकु, व्यास गाउँपालिकाको बडुगाउँ, बर्तिघाट र मालघाटमा झोलुङ्गे पुल निर्माण गरिरहेको छ।

    तुइन तथा ट्युब विस्थापनअन्तर्गत अहिले यी ठाउँमा पुल निर्माणको काम पनि भइरहेको छ। ब्यास गाउँपालिका–२ को माल र ३ र ४ को बर्तिघाटमा झोलुङ्गे पुल निर्माणको काम लामो समयदेखि रोकिएको छ।

    ‘गत वर्ष कोरोनाका कारण काम अघि बढ्न सकेको थिएन,’स्थानीय गोपाल शाहीले भने,‘निर्माण कार्य अहिले पनि अघि बढेको छैन,ब्यास गाउँपालिकाका मुख्य तुइन रहेका ठाउँमा पुल निर्माणमा भइरहेको ढिलाइले महाकाली नदीमाथि जोखिम मोलेर हिँड्नु परेको छ।’

    दुवै ठाउँमा खम्पाचे रुविना जेभी काठमाडौँले झोलुङ्गे पुल निर्माणका लागि दुई करोड ७३ लाख लागतमा ठेक्का पाएको छ। यस्तै बाकु र बडुगाउँमा मालिका निर्माण सेवा कञ्चनपुरले दुई करोड ५५ लाख ६४ हजार लागतमा झोलुङ्गे पुल निर्माणको ठेक्का पाएको छ।

    ‘बाकू र बडुगाउँमा पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ,’सस्पेन्शन ब्रिज डिभिजनका इन्जिनियर अजय यादवले भने,‘मुख्य नाकामा झोलुङ्गे पुलका लागि फाउन्डेसन खनियो तर त्योभन्दा अघि काम बढेको छैन।’

    • तुइन विस्थापन
    • दार्चुलावासी
    • महाकाली
    आइतबार, साउन १७, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम
    शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा
    ९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ
    • भर्खरै
    • चर्चित
    • १.
      शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम

    • २.
      शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा

    • ३.
      ९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ

    • ४.
      माेहन्याल गाउँपालिकामा नापिकाे काम सुरु : अध्यक्ष उपाध्याय द्वार उद्वघाटन

    • ५.
      अछामको चाैरपाटि गाउँपालिका कार्यसम्पादन मुल्यांकनमा सुदुरपश्चिममा दाेस्रो स्थानमा

    • ६.
      क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको सयुक्त साधारणसभा फागुन १२ गते

    • ७.
      गन्यापधुरा गाउँपालिका कार्यसम्पादनमा सुदुरपश्चिम प्रदेशकै पहिलो स्थानम

    • ८.
      जनयुद्धको जगले ल्याएकाे उपलब्धिहरुमा देश चलिरहेको छ : अध्यक्ष उपाध्याय

    • ९.
      माेहन्याल गाउँपालिका अध्यक्ष उपाध्यायले पाए विशेष अदालत बाट सफाई: भन्छन अब जनताको हितमा काम गर्छु।

    • १०.
      नागरिक उन्मुक्तिका कैलारि सचिब मनाेज चाैधरि अखिल (क्रान्तिकारि) मा प्रवेश

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.