• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बिहिबार, साउन २६, २०७९ | Thursday 11th August 2022
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

पोखरामा अन्तर्राष्ट्रिय उडानको अन्तिम तयारी
  • १९ घण्टा अगाडि

फोहोर व्यवस्थापन रोक्न नयाँ-नयाँ चलखेल गरिँदैछ, गाडी तोडफोड गर्नेसँग भरपाई लिइन्छ : मेयर बालेन
  • २ दिन अगाडि

नर्भिकले सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन समिति गठन गरिने
  • २ दिन अगाडि

स्यालको टोकाइबाट कञ्चनपुरका दुईजना घाइते
  • २ दिन अगाडि

सुनको भाउ ६ सय रुपैयाँले बढ्यो
  • २ दिन अगाडि

दुई करोडको बहुउद्देश्यीय कभर्डहल अलपत्र
  • २ दिन अगाडि

पञ्चेश्वरका नागरिक बिरामी पर्दा भगवान् भरोसामा,एम्बुलेन्स धनगढी थन्कियो…
  • २ दिन अगाडि

कैलालीमा एक पुरुष मृत फेला
  • ३ दिन अगाडि

हिरोइनको विदेश दौडाहाले ‘झिंगेदाउ’लाई प्रचारमा सकस !
  • ४ दिन अगाडि

Advertisement

गड्डाचौकी नाका भएर भारत जाने महिलामाथि कडाइ

  •  संवाददाता
  • मङ्गलबार, साउन १९, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    पश्चिमी सीमा नाका गड्डाचौकी भएर भारततर्फ जाने महिलाहरुमाथि निगरानी राख्न थालिएको छ। बेचविखनमा पर्न सक्ने आशंकामा महिलाहरुलाई सोधपुछ पछि मात्रै भारततर्फ जान दिने गरिएको छ।

    मानव बेचबिखन रोकथाम र नियन्त्रणका लागि सीमा क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाले महिलाहरु भारतमा बेचबिखनमा पर्न सक्ने आशंकामा प्रहरीको सहयोगमा सोधपुछ गरेपछि मात्रै भारत जान दिने गरिएको छ।

    कोरोना महामारी संक्रमणका बेला महिलालाई ललाईफकाई भारतमा बेच्न लैजान सक्ने भएकाले सीमा नाकामा प्रहरी र गैरसरकारी संस्थाहरुले उच्च सतर्कता बढाएका हुन्। भारत जाने महिलाका घर परिवारबाट यकिन जानकारी आएपछि मात्रै उनीहरुलाई जान दिने गरिएको थ्री एन्जल्स नेपालका संयोजक बेलुदेबी नेपालीले बताइन्।

    ‘नेपालबाट रोजगारी, उपचार, भेटघाटका लागि भारतको विभिन्न ठाउँमा दैनिक महिलाहरु आउने जाने गर्दै आएका छन्‚’ उनले भनिन्‚ ‘त्यसमध्ये शंकास्पद व्यवहार भएकालाई उनीहरुका अभिभावकसित सोधपुछ गरेर मात्रै जान दिने गरेका छौं।’

    उनका अनुसार कोरोना महामारी संक्रमणमा पनि दैनिक रुपमा ५० जनाभन्दा बढी महिला दैनिक भारत जाने गरेका छन्। इलाका प्रहरी कार्यालय गड्डाचौकीसँगको सहकार्यमा महिलालाई सोधपुछ गरी परामर्श दिने गरिएको नेपालीले बताइन्।

    ‘सबैको खोज तलासी गरी अभिभावकबाट सोधपुछ गरेपछि मात्रै नाका कटाउने गरिएको छ‚’ उनले भनिन्, ‘नत्र भारतमा बेचिने धेरै सम्भावना हुन्छ।’

    मानव बेचबिखनमा संलग्न गिरोहले महिलाहरुलाई विवाह, जागिर, घुमघामको प्रलोभनमा भारत लगेर बेच्ने गरेका छन्। सीमा नाकामा कडाइ भएपछि उनीहरुले अवैध बाटो भएर महिलाहरुलाई भारत पुर्‍याउने गरेका छन्।

    इलाका प्रहरी कार्यालय गड्डाचौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक जीवन गुरुङले सीमा अपराध नियन्त्रणमा स्थानीय प्रशासन, जनप्रतिनिधि, गैरसरकारी संस्था सबैसित सहकार्य गरी अघि बढेको बताए।

    सीमा नाकामा माइती नेपाल लगायतका अन्य गैरसरकारी संस्था पनि कार्यरत छन्। माइती नेपाली गड्डाचौकीमा सबैभन्दा पुरानो संस्था हो।

    • गड्डाचौकी नाका
    • महिलामाथि कडाइ
    मङ्गलबार, साउन १९, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पञ्चेश्वरका नागरिक बिरामी पर्दा भगवान् भरोसामा,एम्बुलेन्स धनगढी थन्कियो…
    मुलुकको अर्थतन्त्र स्वस्थ अवस्थामा छैन : मन्त्री बडू
    जीर्ण बन्दै कर्णाली पुल !
    • भर्खरै
    • चर्चित
    • १.
      पोखरामा अन्तर्राष्ट्रिय उडानको अन्तिम तयारी

    • २.
      फोहोर व्यवस्थापन रोक्न नयाँ-नयाँ चलखेल गरिँदैछ, गाडी तोडफोड गर्नेसँग भरपाई लिइन्छ : मेयर बालेन

    • ३.
      नर्भिकले सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन समिति गठन गरिने

    • ४.
      स्यालको टोकाइबाट कञ्चनपुरका दुईजना घाइते

    • ५.
      सुनको भाउ ६ सय रुपैयाँले बढ्यो

    • ६.
      दुई करोडको बहुउद्देश्यीय कभर्डहल अलपत्र

    • ७.
      पञ्चेश्वरका नागरिक बिरामी पर्दा भगवान् भरोसामा,एम्बुलेन्स धनगढी थन्कियो…

    • ८.
      कैलालीमा एक पुरुष मृत फेला

    • ९.
      हिरोइनको विदेश दौडाहाले ‘झिंगेदाउ’लाई प्रचारमा सकस !

    • १०.
      चेक बाउन्स भएमा प्रहरीले पक्राउ गर्न सक्ने सर्वोच्च अदालतकाे निर्णय

    • १.
      बैतडीका ८ स्थानीय तहमा पहिरोको उच्च जोखिम

    • २.
      रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्धारा उत्कृष्ट अभिकर्ता सम्मान

    • ३.
      बाढीको त्रासले भजनीमा सयौँ बिघा जमिन बाँझै

    • ४.
      सुदूरपश्चिममा आत्महत्याको डरलाग्दो सोरुप, प्रेममा धोका मुख्य कारण 

    • ५.
      खोलाछेउका घर आगनमै फौहोर व्यवस्थापन

    • ६.
      प्रेम विवाह गरेको एक महिनामै युवतीको मृत्यु

    • ७.
      पञ्चेश्वरका नागरिक बिरामी पर्दा भगवान् भरोसामा,एम्बुलेन्स धनगढी थन्कियो…

    • ८.
      जीर्ण बन्दै कर्णाली पुल !

    • ९.
      चेक बाउन्स भएमा प्रहरीले पक्राउ गर्न सक्ने सर्वोच्च अदालतकाे निर्णय

    • १०.
      हिरोइनको विदेश दौडाहाले ‘झिंगेदाउ’लाई प्रचारमा सकस !

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    www.dainikjiban.com

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रबन्धक तथा अध्यक्ष
    प्रधान सम्पादक
    सम्पादक
    समाचार संयोजक
    सह सम्पादक
    संवाददाता

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2022 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.