• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   सोमबार, मङि्सर ३०, २०८२ | Monday 15th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • ३ दिन अगाडि

इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
  • ३ दिन अगाडि

सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
  • ७ दिन अगाडि

महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
  • ७ दिन अगाडि

पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
  • ७ दिन अगाडि

कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य
  • ७ दिन अगाडि

नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता
  • ७ दिन अगाडि

मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई
  • ७ दिन अगाडि

बालुवाको रोयल्टीमा हिनामिना
  • २ हप्ता अगाडि

Advertisement

गड्डाचौकी नाका भएर भारत जाने महिलामाथि कडाइ

  •  संवाददाता
  • मङ्गलबार, साउन १९, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    पश्चिमी सीमा नाका गड्डाचौकी भएर भारततर्फ जाने महिलाहरुमाथि निगरानी राख्न थालिएको छ। बेचविखनमा पर्न सक्ने आशंकामा महिलाहरुलाई सोधपुछ पछि मात्रै भारततर्फ जान दिने गरिएको छ।

    मानव बेचबिखन रोकथाम र नियन्त्रणका लागि सीमा क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाले महिलाहरु भारतमा बेचबिखनमा पर्न सक्ने आशंकामा प्रहरीको सहयोगमा सोधपुछ गरेपछि मात्रै भारत जान दिने गरिएको छ।

    कोरोना महामारी संक्रमणका बेला महिलालाई ललाईफकाई भारतमा बेच्न लैजान सक्ने भएकाले सीमा नाकामा प्रहरी र गैरसरकारी संस्थाहरुले उच्च सतर्कता बढाएका हुन्। भारत जाने महिलाका घर परिवारबाट यकिन जानकारी आएपछि मात्रै उनीहरुलाई जान दिने गरिएको थ्री एन्जल्स नेपालका संयोजक बेलुदेबी नेपालीले बताइन्।

    ‘नेपालबाट रोजगारी, उपचार, भेटघाटका लागि भारतको विभिन्न ठाउँमा दैनिक महिलाहरु आउने जाने गर्दै आएका छन्‚’ उनले भनिन्‚ ‘त्यसमध्ये शंकास्पद व्यवहार भएकालाई उनीहरुका अभिभावकसित सोधपुछ गरेर मात्रै जान दिने गरेका छौं।’

    उनका अनुसार कोरोना महामारी संक्रमणमा पनि दैनिक रुपमा ५० जनाभन्दा बढी महिला दैनिक भारत जाने गरेका छन्। इलाका प्रहरी कार्यालय गड्डाचौकीसँगको सहकार्यमा महिलालाई सोधपुछ गरी परामर्श दिने गरिएको नेपालीले बताइन्।

    ‘सबैको खोज तलासी गरी अभिभावकबाट सोधपुछ गरेपछि मात्रै नाका कटाउने गरिएको छ‚’ उनले भनिन्, ‘नत्र भारतमा बेचिने धेरै सम्भावना हुन्छ।’

    मानव बेचबिखनमा संलग्न गिरोहले महिलाहरुलाई विवाह, जागिर, घुमघामको प्रलोभनमा भारत लगेर बेच्ने गरेका छन्। सीमा नाकामा कडाइ भएपछि उनीहरुले अवैध बाटो भएर महिलाहरुलाई भारत पुर्‍याउने गरेका छन्।

    इलाका प्रहरी कार्यालय गड्डाचौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक जीवन गुरुङले सीमा अपराध नियन्त्रणमा स्थानीय प्रशासन, जनप्रतिनिधि, गैरसरकारी संस्था सबैसित सहकार्य गरी अघि बढेको बताए।

    सीमा नाकामा माइती नेपाल लगायतका अन्य गैरसरकारी संस्था पनि कार्यरत छन्। माइती नेपाली गड्डाचौकीमा सबैभन्दा पुरानो संस्था हो।

    • गड्डाचौकी नाका
    • महिलामाथि कडाइ
    मङ्गलबार, साउन १९, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
    इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
    सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
    • भर्खरै
    • चर्चित
    • १.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • २.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ३.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ४.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ५.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ६.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ७.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ८.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ९.
      बालुवाको रोयल्टीमा हिनामिना

    • १०.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • १.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • २.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ३.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ४.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ५.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ६.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ७.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ८.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.