• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बुधबार, पुष २३, २०८२ | Wednesday 7th January 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • ३ घण्टा अगाडि

शर्मा पुरस्कृत
  • ४ दिन अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • ४ दिन अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • ४ दिन अगाडि

नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?
  • १ हप्ता अगाडि

स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया
  • १ हप्ता अगाडि

“मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”
  • २ हप्ता अगाडि

विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना
  • २ हप्ता अगाडि

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • ४ हप्ता अगाडि

Advertisement

बैतडीमा मुख्य राजमार्गमै पहिरोको जोखिम

  •  संवाददाता
  • आइतबार, साउन २४, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    बैतडी जिल्लासँग जोडिएका मुख्य राजमार्गहरूमा पहिरो जोखिम बढ्दै गएको छ। पानी लगातार परेका कारण महाकाली राजमार्ग, दशरथचन्द राजमार्ग र जयपृथ्वी राजमार्गमा पहिरो जोखिम बढेको हो।

    यी राजमार्गहरूका ठाउँठाउँमा पहिरो खस्ने गरेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।

    दशरथचन्द राजमार्गको अनारखोली–पाटन सडकखण्डको हिरापुर,विप्याकटाल र जयपृथ्वी राजमार्गको खोडपे–वित्थड सडकखण्डको ढोल्यामोड र झौलेक लगायतका स्थानमा पहिरो खस्ने गरेको छ। यस्तै, महाकाली राजमार्गकोे सतबाँझ–गोकुलेश्वर सडकखण्डको धरमघर,बसाली र ढिकगाडमा पहिरो चल्दा सडक अवरुद्ध हुने गरेको छ।

    राजमार्गका विभिन्न ठाउँमा पहिरो दिनहुँजसो सडक अवरुद्ध हुने गरेको चालकहरूले बताएका छन्। धरमघरमा दिनहुँ जसो पहिरो खस्दा सवारी सञ्चालनमा बाधा पुग्ने गरेको जीपचालक शेर कार्कीले बताए।

    ‘सडक माथिबाट खसेको पहिरोले सडक अवरुद्ध हुने गरेको छ,’ उनले भने, ‘धरमघरको पहिरोका कारण समयमै गन्तव्यमा पुग्न मुस्किल हुन्छ, दिनहुँजसो खसिरहन्छ, निकै सास्ती खेप्नुपरेको छ।’

    जिल्लाभित्रै सञ्चालन हुनेमात्रै नभएर लामो दूरीमा सवारीसाधन चलाउने चालकले समेत हैरानी ब्यहोर्नुपरेको ट्रक चालक धनेस जोशीले बताए। उनले भने, ‘खाद्यान्न बोकेर गन्तव्यमा गइरहेको बेला घण्टौंसम्म पहिरोका कारण बीच बाटोमै रोकिनुपर्दछ।’​

    राजमार्गहरूमा मोड सुधार कार्यक्रमअन्तर्गत मोड सुधार गरिएका ठाउँमा पहिरो खस्न गरेको सडक डिभिजन कार्यालय पाटन बैतडीका सूचना अधिकारी हरि जोशीले बताए। उनले भने, ‘मोड सुधार गर्दा जमीन हल्लिएकाले पहिरो खस्ने गरेको हो, पहिरो खसेपनि तत्कालै पन्छ्याउन जेसिबीको व्यवस्था गरेका छौँ।’

    वर्षाका कारणले भने तत्काल राजमार्ग पुनः सञ्चालन नहुने समस्या रहेको अस्थायी ट्राफिक प्रहरी पोष्ट सतबाँझका प्रहरी जवान मोहन विष्टले बताए। उनले भने, ‘पहिरो खस्ने सम्भावित ठाउँमा डोजरको व्यवस्था गरिएको छ, तर पनि लगातारको झरीले तत्काल सुचारु गर्न सकिँदैन, पन्छाए पनि फेरि खसिहाल्छ।’

    • पहिरोको जोखिम
    • बैतडी
    • मुख्य राजमार्ग
    आइतबार, साउन २४, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
    शर्मा पुरस्कृत
    सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • २.
      शर्मा पुरस्कृत

    • ३.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ४.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • ५.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • ६.
      स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया

    • ७.
      “मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”

    • ८.
      विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना

    • ९.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • १०.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • १.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • २.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • ३.
      शर्मा पुरस्कृत

    • ४.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.