• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बिहिबार, माघ १९, २०७९ | Thursday 2nd February 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

नागरिक उन्मुक्तिका कैलारि सचिब मनाेज चाैधरि अखिल (क्रान्तिकारि) मा प्रवेश
  • ३ घण्टा अगाडि

चाैकुने गाउँपालिकाले थाल्याे घुम्ती सेवा सिबिर: गाउँमै पुगेर सम्झौता गर्दा नागरिकलाई राहत
  • २ दिन अगाडि

स्वास्थ्य सचेतना सम्बन्धी गीत र नाटक लेखन प्रतियोगिताको नतिजा सार्वजनिक
  • ३ दिन अगाडि

कञ्चनपुरमा खैरो हेरोइनसहित एक युवक पक्राउ
  • १ हप्ता अगाडि

कञ्चनपुरमा १४ वर्षीया बालिकाले शिशु जन्माइन्,भारतीय नागरिक विरुद्ध बलात्कारको मुद्दा
  • १ हप्ता अगाडि

सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात
  • १ हप्ता अगाडि

ट्रक व्यवसायीको समस्या समाधानका लागि सदनमा कुरा उठाउने सांसदहरूको प्रतिबद्धता
  • २ हप्ता अगाडि

स्वास्थ्य प्रवर्द्धनात्मक निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर टिकापुरमा सम्पन्न
  • २ हप्ता अगाडि

पूर्वप्रदेशसभा सदस्यको सुन्तला खेती
  • २ हप्ता अगाडि

बैतडीमा मुख्य राजमार्गमै पहिरोको जोखिम

  •  संवाददाता
  • आइतबार, साउन २४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बैतडी जिल्लासँग जोडिएका मुख्य राजमार्गहरूमा पहिरो जोखिम बढ्दै गएको छ। पानी लगातार परेका कारण महाकाली राजमार्ग, दशरथचन्द राजमार्ग र जयपृथ्वी राजमार्गमा पहिरो जोखिम बढेको हो।

    यी राजमार्गहरूका ठाउँठाउँमा पहिरो खस्ने गरेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।

    दशरथचन्द राजमार्गको अनारखोली–पाटन सडकखण्डको हिरापुर,विप्याकटाल र जयपृथ्वी राजमार्गको खोडपे–वित्थड सडकखण्डको ढोल्यामोड र झौलेक लगायतका स्थानमा पहिरो खस्ने गरेको छ। यस्तै, महाकाली राजमार्गकोे सतबाँझ–गोकुलेश्वर सडकखण्डको धरमघर,बसाली र ढिकगाडमा पहिरो चल्दा सडक अवरुद्ध हुने गरेको छ।

    राजमार्गका विभिन्न ठाउँमा पहिरो दिनहुँजसो सडक अवरुद्ध हुने गरेको चालकहरूले बताएका छन्। धरमघरमा दिनहुँ जसो पहिरो खस्दा सवारी सञ्चालनमा बाधा पुग्ने गरेको जीपचालक शेर कार्कीले बताए।

    ‘सडक माथिबाट खसेको पहिरोले सडक अवरुद्ध हुने गरेको छ,’ उनले भने, ‘धरमघरको पहिरोका कारण समयमै गन्तव्यमा पुग्न मुस्किल हुन्छ, दिनहुँजसो खसिरहन्छ, निकै सास्ती खेप्नुपरेको छ।’

    जिल्लाभित्रै सञ्चालन हुनेमात्रै नभएर लामो दूरीमा सवारीसाधन चलाउने चालकले समेत हैरानी ब्यहोर्नुपरेको ट्रक चालक धनेस जोशीले बताए। उनले भने, ‘खाद्यान्न बोकेर गन्तव्यमा गइरहेको बेला घण्टौंसम्म पहिरोका कारण बीच बाटोमै रोकिनुपर्दछ।’​

    राजमार्गहरूमा मोड सुधार कार्यक्रमअन्तर्गत मोड सुधार गरिएका ठाउँमा पहिरो खस्न गरेको सडक डिभिजन कार्यालय पाटन बैतडीका सूचना अधिकारी हरि जोशीले बताए। उनले भने, ‘मोड सुधार गर्दा जमीन हल्लिएकाले पहिरो खस्ने गरेको हो, पहिरो खसेपनि तत्कालै पन्छ्याउन जेसिबीको व्यवस्था गरेका छौँ।’

    वर्षाका कारणले भने तत्काल राजमार्ग पुनः सञ्चालन नहुने समस्या रहेको अस्थायी ट्राफिक प्रहरी पोष्ट सतबाँझका प्रहरी जवान मोहन विष्टले बताए। उनले भने, ‘पहिरो खस्ने सम्भावित ठाउँमा डोजरको व्यवस्था गरिएको छ, तर पनि लगातारको झरीले तत्काल सुचारु गर्न सकिँदैन, पन्छाए पनि फेरि खसिहाल्छ।’

    • पहिरोको जोखिम
    • बैतडी
    • मुख्य राजमार्ग
    आइतबार, साउन २४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नागरिक उन्मुक्तिका कैलारि सचिब मनाेज चाैधरि अखिल (क्रान्तिकारि) मा प्रवेश
    चाैकुने गाउँपालिकाले थाल्याे घुम्ती सेवा सिबिर: गाउँमै पुगेर सम्झौता गर्दा नागरिकलाई राहत
    स्वास्थ्य सचेतना सम्बन्धी गीत र नाटक लेखन प्रतियोगिताको नतिजा सार्वजनिक
    • भर्खरै
    • चर्चित
    • १.
      नागरिक उन्मुक्तिका कैलारि सचिब मनाेज चाैधरि अखिल (क्रान्तिकारि) मा प्रवेश

    • २.
      चाैकुने गाउँपालिकाले थाल्याे घुम्ती सेवा सिबिर: गाउँमै पुगेर सम्झौता गर्दा नागरिकलाई राहत

    • ३.
      स्वास्थ्य सचेतना सम्बन्धी गीत र नाटक लेखन प्रतियोगिताको नतिजा सार्वजनिक

    • ४.
      कञ्चनपुरमा खैरो हेरोइनसहित एक युवक पक्राउ

    • ५.
      कञ्चनपुरमा १४ वर्षीया बालिकाले शिशु जन्माइन्,भारतीय नागरिक विरुद्ध बलात्कारको मुद्दा

    • ६.
      सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात

    • ७.
      ट्रक व्यवसायीको समस्या समाधानका लागि सदनमा कुरा उठाउने सांसदहरूको प्रतिबद्धता

    • ८.
      स्वास्थ्य प्रवर्द्धनात्मक निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर टिकापुरमा सम्पन्न

    • ९.
      पूर्वप्रदेशसभा सदस्यको सुन्तला खेती

    • १०.
      गँड्यौली मल उत्पादन प्रविधी 

    • १.
      स्वास्थ्य सचेतना सम्बन्धी गीत र नाटक लेखन प्रतियोगिताको नतिजा सार्वजनिक

    • २.
      नागरिक उन्मुक्तिका कैलारि सचिब मनाेज चाैधरि अखिल (क्रान्तिकारि) मा प्रवेश

    • ३.
      चाैकुने गाउँपालिकाले थाल्याे घुम्ती सेवा सिबिर: गाउँमै पुगेर सम्झौता गर्दा नागरिकलाई राहत

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.