धनगढी – सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ सय १७ नमूनाको परीक्षण गर्दा २७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।
उनका अनुसार अस्पतालमा थप ८ कोरोना संक्रमित भर्ना भएका छन्। यो संगै अस्पतालमा उपचाररत कोरोना संक्रमितको संख्या २७ पुगेको छ। जसमध्ये ४ जनाको आइसीयु र २ जनाको भेन्टिलेटरमा उपचार भईरहेको अस्पतालले जनाएको छ।