नेपाल फोटो पत्रकार महासंघ कैलालीको मंगलवार बसेको बैठकले दुई जना नयाँ सदस्य मनोनीत गरेको छ । बैठकले पत्रकार झलक दवाडी र अनिल पन्त लाई सदस्यमा मनोनित गरेको हो ।
महासंघका अध्यक्ष पाण्डव पुजाराको अध्यक्षतामा बसेको बैठकले दवाडी र पन्तलाई मनोनीत गरेको हो ।
सदस्यमा मनोनित दवाडी फूलबारी खबरका सहसम्पादक हुन भने पन्त टिभी टुडे सुदूरपश्चिम प्रदेश ब्युरो संयोजकका रुपमा काम गर्दै आएका छन् ।
यस्तै महासंघको आज बसेको बैठकले फोटो पत्रकारहरुलाई तालिमको व्यबस्था गर्ने, कैलाली जिल्लामा बृहत फोटो प्रदर्शनी गर्ने लगाएतका निर्णय गरेको छ ।
बैठकमा फोटो पत्रकार महासंघका सल्लाहकार तथा प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउबा र पत्रकार महासंघ बझाङका सचिब ललित सिंहको उपस्थिति रहेको थियो ।