कैलालीको महोन्याल गाउँपालिका वडा नम्बर ३ मा पर्ने मुलेकाँडा गाउँ पहिरोको उच्च जोखिममा परेको छ । सोमबार रातीको अविरल वर्षाका कारण बस्ती भन्दा करिब ३ सय मिटर माथिबाट लामो दुरीमा जमिन गहिरो चिरा परेको छ ।
चिरा परे अनुरूपकै पहिरो गएमा बस्तीका १३ घर सहित करिब १ सय १५ रोपनी जमिनमा पूर्ण रूपमा क्षति पुग्ने वडा नम्बर ३ का वडा अध्यक्ष नवीन गिरीले जानकारी दिएका छन् । “स्थानीयलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छु ।” उनले भने,.. “क्षति न्यूनीकरणको पूर्व तयारीका लागि सरोकारवालाहरू सँग समन्वय गरिरहेको छु ।” पहिरो गएमा बस्ती बचाउन नसकिए पनि मानवीय क्षति हुन नदिन आफूहरू लागी परेको उनको भनाई छ । आफूहरू जोखिममा परेको भन्दै स्थानीयहरूले बस्ती स्तान्त्रणको लागी आग्रह गरेका छन् ।