• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   आइतबार, फागुन ०३, २०८२ | Sunday 15th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
  • ४ दिन अगाडि

एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
  • ७ दिन अगाडि

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • १ हप्ता अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • १ हप्ता अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • १ हप्ता अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • ३ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ४ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

Advertisement

महाकाली नदीमा धामी बेपत्ता घटना : अनुसन्धान नसकिँदै समिति सदस्य भट्ट किन पुगिन दिल्ली ?

  •  संवाददाता
  • बुधबार, भदौ ०९, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    दार्चुलाको तुइन घटनाको प्रतिवेदन सार्वजनिक नहुँदै अनुसन्धान समिति सदस्य रहेकी दार्चुलाको सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट भारतको दिल्ली पुगेकी छिन्।

    १५ साउनमा तुइनबाट महाकाली नदी तर्ने क्रममा भारतीय एसएसबीले तार काटिदिएपछि दार्चुलाको व्यास गाउँपालिका –२ माल गाउँका जयसिंह धामी नदीमा बेपत्ता भएको प्रत्यक्षदर्शीहरूको भनाई छ।

    तेस्रो पटक म्याद थप्दा पनि समितिले प्रतिवेदन दिन नसक्नु र अनुसन्धान नसकिँदै समिति सदस्य भारतको दिल्ली पुग्नुलाई रहस्यपूर्ण ढङ्गले हेरिएको छ।

    भारतले बेपत्ता धामीको खोजीका लागि ड्रोन उडाउन पनि अनुमति दिएको थिएन।

    तर दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशी भने सहायक प्रमुख जिल्ला अधिकारी भट्ट दिल्ली नगएको जिकिर गर्छन्। ‘उहाँ घटनाको अनुसन्धान समिति सदस्य हुनुहुन्छ,घटनाको अनुसन्धानको लागी समिति खटिएको छ,उहाँ त्यही कामले काठमाडौँ जानुभएको हो’,जोशीले भने।

    जिल्ला प्रशासन कार्यालय दार्चुलाका एक कर्मचारीले सहायक प्रमुख जिल्ला अधिकारी भट्ट दिल्ली गएको पुष्टि गरे। ‘अनुसन्धान समिति काठमाडौँ फर्किएको केही दिन पछि उहाँ पनि काठमाडौँ जानुभएको हो,त्यसपछि उहाँ त्यहीबाट दिल्ली जानुभयो,’उनले भने,‘के कति कामले हो थाहा भएन तर उहाँ दिल्ली जानु भएको छ।’

    घटनाको अनुसन्धानका लागि सरकारले गृह मन्त्रालयका सह सचिव जनार्दन गौतमको नेतृत्वमा समिति गठन गरेको छ। समितिले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।

    समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बल नेपालका प्रहरी वरिष्ठ उपरीक्षक सुरेश कुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय, दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य छन्।

    समितिले रिपोट बुझाउन नसकेपछि तेस्रो पटक ७ दिनका लागि म्याद थप गरिएको छ।

    घटनाको निचोडमा पुग्न केही समय लाग्ने अनुसन्धान समिति संयोजक एवं गृह मन्त्रालयका सह सचिव जनार्दन गौतमले बताए।

    समितिको सदस्य रहेकी दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी भट्ट दिल्ली गएको बारे आफूलाई जानकारी नभएको गौतमले बताए ।

    ‘म काठमाडौँ फर्किए,समितिका अन्य सदस्यहरू सुदूरपश्चिममै हुनुहुन्छ,थप अनुसन्धानका लागी समितिको म्याद ७ दिन थपिएको छ,केही दिनमै हामी गृह मन्त्रालयमा प्रतिवेदन पेस गर्छौँ,गौतमले भने,‘समिति सदस्य ज्योत्सना मेरो सम्पर्कमा हुनुहुन्न,दिल्ली गए पनि आफ्नै कामले जानुभएको होला हामीले पठाएका होइनौँ।’

    गत १५ साउनमा सदरमुकाम खलङ्गा आउन तुइन तर्दै गर्दा एसएसबीले डोरी फुकालिदिएपछि व्यास गाउँपालिका –२ माल गाउँका धामी महाकालीमा बेपत्ता भएका थिए। उनी अझै फेला परेका छैनन्।

    साउन १७ गते गृह मन्त्रालयले गठन गरेको समितिले १० दिनभित्र प्रतिवेदन सार्वजनिक गर्ने भनिए पनि २१ दिन बित्दा पनि प्रतिवेदन सार्वजनिक गरेको छैन।

    • अनुसन्धान
    • दिल्ली
    • महाकाली नदी
    बुधबार, भदौ ०९, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
    एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
    बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
    • भर्खरै
    • चर्चित
    • १.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    • २.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • ३.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ४.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ५.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ६.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ७.
      अत्यन्त जरुरी सूचना !!

    • ८.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ९.
      शर्मा पुरस्कृत

    • १०.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • १.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • २.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.