• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, जेठ २७, २०८० | Saturday 10th June 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डः बर्ष प्रशिक्षक र युवा खेलाडी विधाको मनोनयन सार्वजनिक
  • २ दिन अगाडि

गाउँमा बिजुली बल्दा स्थानीय खुसी !
  • २ दिन अगाडि

मिस पवि र पल शाहको अभिनय रहेको ‘थाहै भएन’ सार्वजनिक (भिडियो सहित)
  • १ हप्ता अगाडि

लिलामी नहुँदा कैलालीमा सयौं मोटरसाइकल कवाड बने
  • १ हप्ता अगाडि

डोटीमा वर्षे रोपाइँ !
  • १ हप्ता अगाडि

सात बहिनी भगवती !
  • १ हप्ता अगाडि

खप्तड आध्यात्मिक पर्यटनको केन्द्र !
  • १ हप्ता अगाडि

सुदूरपश्चिम : दश वर्षमा एक लाख ४२ हजार जनसङ्ख्या वृद्धि
  • १ हप्ता अगाडि

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बृहत् बिमा जागरण अत्तरियामा
  • ४ हप्ता अगाडि

मास्क व्यवस्थापन गर्न नजाने कोरोना संक्रमण

  •  संवाददाता
  • बिहिबार, भदौ १०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    सरकारले मास्क अभियान चलाइरहेको छ । निषेधाज्ञा खुकुलो भएसँगै बढ्दो भिडभाडबाट संक्रमण नफैलियोस् भनेर मास्क अभियानलाई सरकारले जोड दिएको हो । मास्क प्रयोगलाई अनिवार्य गरेको हो । अझै पनि नेपालमा कोरोना संक्रमणदर २० प्रतिशतभन्दा माथि रहेको स्वास्थ्य मन्त्रालयद्वारा जारी तथ्यांकहरूले पुष्टि गर्छ । यस्तो अवस्थामा कोभिड संक्रमण रोक्ने एक प्रमुख विकल्प मास्क पनि हो ।

    संक्रमणबाट बचाउने मास्कको सही प्रयोगबारे विश्वव्यापी अभियान चलिरहेको छ । तर, मास्कको प्रयोगबारे अभियान चले पनि प्रयोगपछि मास्क डिस्पोजलबारे ध्यान नदिँदा गम्भीर समस्या आउने जोखिम बढ्दो छ । सामान्यतया भाइरल संक्रमणको प्रकृति मास्कको प्रयोगभन्दा बिर्सजन गर्ने तरिकामा बढी निर्भर रहेको अध्ययनहरूले देखाएका छन् । अर्थात् मास्क प्रयोग गरिसकेपछि सही तरिकाले बिर्सजन नगर्दा संक्रमणको जोखिम उत्तिकै रहन्छ ।

    एकपटक प्रयोग गरिसकेपछि धोएर वा डिसइन्फेक्ट गरेर पुनः प्रयोगमा ल्याउन नमिल्ने भएकाले सर्जिकल मास्कको प्रयोग अत्यधिक भइरहेको छ । जसका कारण सडकपेटी, बाटो, गल्ली, फोहोरको थुप्रो आदिमा सर्जिकल मास्क यत्रतत्र असरल्ल देखिन्छन् । विश्वभरि नै सर्जिकल मास्क प्रदूषणको मुख्य कारण बन्न थालेको छ । यसले मानिससँगै अन्य जनावरमा पनि असर पुर्‍याइरहेकोमा बहस सुरु भएको छ ।

    अन्य संक्रमणको जोखिम
    कोभिड संक्रमितले प्रयोग गरेको मास्क जथाभावी फाल्दा कोभिडसँगै अन्य संक्रामक रोगको समेत हुने चिकित्सकहरू बताउँछन् । सामान्यतया फेस मास्कको गुणस्तर लेभल ३ एम हुन आवश्यक छ । तर, मास्क उत्पादनमा नियमन अभावका कारण बजारमा बिक्री भइरहेका मास्कको गुणस्तरमा समेत अन्योल छ ।

    यसरी गर्नुहोस् मास्कको व्यवस्थापन
    संक्रमितले प्रयोग गरेको मास्क बिर्सजन गर्दा ७० प्रतिशत अल्कोहलयुक्त सेनिटाइजरले सफा गरेर मात्रै फोहोरमा मिसाउनुपर्छ । यस्तै मास्कलाई ०।४ सोडियम हाइड्रो क्लोराइड भएको डस्टबिनमा डिस्पोज गर्ने सकिन्छ । सजिलै खोल्न नमिल्ने प्लास्टिकको झोलामा राखेर पनि डिस्पोज गर्न सकिन्छ । अस्पतालबाट निस्कने फोहोरलाई अटोक्लिप गरेर मात्र डिस्पोज गर्नुपर्छ ।

    सरसफाइकर्मी बढी जोखिममा
    अधिकांश सर्जिकल मास्कहरू एकचोटि प्रयोगमा ल्याइसकेपछि बिर्सजन गर्नुपर्ने हुँदा फोहोरको मुख्य स्रोत प्रयोग गरिसकेका मास्क बन्न थालेका छन् । काठमाडौंजस्ता सहरी क्षेत्रमा बाटोमै फोहोर थुपारेर राख्ने र हप्तौँसम्म नउठ्ने हुँदासमेत संक्रमणको जोखिम बढिरहेको डा। दुलालको भनाइ छ । उनी भन्छन्, ‘घरमा रहँदा डस्टबिनमा फोहोर व्यवस्थापन गरिएको पाइए पनि सीधै डिस्पोज नगर्ने अर्थात् महानगरले फोहोर व्यवस्थापनमा ढिलाइ गर्ने आदि कारणले काठमाडौंजस्ता उच्च स्थानमा संक्रमणको जोखिम बढी रहन्छ । यसको सीधा असर सरसफाइकर्मीमा परिरहेको छ ।’

    सेप्टेम्बर २०२० मा थोराक्स नामक मेडिकल जर्नलले प्रकाशित गरेको अध्ययनमा चिकित्सकको तुलनामा सरसफाइकर्मी बढी संक्रमित भएको उल्लेख गरेको थियो । युनिभर्सिटी अफ ब्रिंघमका भाइरोलोजिस्टहरूको एक समूहले अस्पतालमा कार्यरत २० हजार कर्मचारीमा गरेको उक्त अध्ययनले बिरामीले प्रयोग गरेका मास्क र अन्य फोहोर व्यवस्थापनको क्रममा संक्रमणको जोखिम बढी हुने देखाएको थियो । कोभिड वार्डमा कार्यरत सरसफाइकर्मीहरू कति संक्रमित भए भन्ने यकिन तथ्यांक नभए पनि संक्रमितले प्रयोग गरेका सामानका प्रत्यक्ष सम्पर्कमा रहने हुँदा सबैभन्दा जोखिमका रहेको अध्ययनहरूले पुष्टि गरेका छन् ।

    अन्य संक्रमणको जोखिम
    कोभिड संक्रमितले प्रयोग गरेको मास्क जथाभावी फाल्दा कोभिडसँगै अन्य संक्रामक रोगको समेत हुने चिकित्सकहरू बताउँछन् । सामान्यतया फेस मास्कको गुणस्तर लेभल ३ एम हुन आवश्यक छ । तर, मास्क उत्पादनमा नियमन अभावका कारण बजारमा बिक्री भइरहेका मास्कको गुणस्तरमा समेत अन्योल छ ।

    बिहिबार, भदौ १०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डः बर्ष प्रशिक्षक र युवा खेलाडी विधाको मनोनयन सार्वजनिक
    गाउँमा बिजुली बल्दा स्थानीय खुसी !
    मिस पवि र पल शाहको अभिनय रहेको ‘थाहै भएन’ सार्वजनिक (भिडियो सहित)
    • भर्खरै
    • चर्चित
    • १.
      एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डः बर्ष प्रशिक्षक र युवा खेलाडी विधाको मनोनयन सार्वजनिक

    • २.
      गाउँमा बिजुली बल्दा स्थानीय खुसी !

    • ३.
      मिस पवि र पल शाहको अभिनय रहेको ‘थाहै भएन’ सार्वजनिक (भिडियो सहित)

    • ४.
      लिलामी नहुँदा कैलालीमा सयौं मोटरसाइकल कवाड बने

    • ५.
      डोटीमा वर्षे रोपाइँ !

    • ६.
      सात बहिनी भगवती !

    • ७.
      खप्तड आध्यात्मिक पर्यटनको केन्द्र !

    • ८.
      सुदूरपश्चिम : दश वर्षमा एक लाख ४२ हजार जनसङ्ख्या वृद्धि

    • ९.
      रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बृहत् बिमा जागरण अत्तरियामा

    • १०.
      शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम

    • १.
      एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डः बर्ष प्रशिक्षक र युवा खेलाडी विधाको मनोनयन सार्वजनिक

    • २.
      गाउँमा बिजुली बल्दा स्थानीय खुसी !

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.