• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, पुष २९, २०८२ | Tuesday 13th January 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • ६ दिन अगाडि

शर्मा पुरस्कृत
  • १ हप्ता अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ हप्ता अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ हप्ता अगाडि

नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?
  • २ हप्ता अगाडि

स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया
  • २ हप्ता अगाडि

“मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”
  • ३ हप्ता अगाडि

विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना
  • ३ हप्ता अगाडि

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • १ महिना अगाडि

Advertisement

भैँसी बिग्रिने डरले दूध बेच्नै मान्दैनन् किसान !

  •  संवाददाता
  • सोमबार, भदौ १४, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सुन्दा पनि अचम्म लाग्न सक्छ । महिनावारी अर्थात् छाउपडी भएकी महिलालाई दूध, दही दिए गाईभैँसी बिग्रिने र दूध दिन छोड्छ भन्ने अन्धविश्वास डोटीमा रहिरहँदा पूर्वीचौकी गाउँपालिका २ का किसान भैसीँको दुध बजारमा बिक्री गर्दै मान्दैनन् । बजारमा दूध बिक्री गरे दुधालु भैँसी बिग्रिने तथा दूध दिन छाड्ने अन्धविश्वास कायमै रहेका कारण त्यहाँका किसान दूध बिक्री गर्न नमान्ने गरेको स्थानीयवासी बताउँछन् ।

    किसानहरूले दूध बिक्री नगर्दा सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तडको प्रवेशद्वार बगलेक र झिग्रानाका पसल तथा होटेलमा समेत दूध नहालेको कालो चिया मात्रै बिक्री हुँदै आएको स्थानीयवासी तापसिंह साउँदले बताउनुभयो । उहाँले भन्नुभयो, ‘भैँसी पालेका सिकान दूध बिक्री गर्न मान्दैनन्, यहाँ आउने आन्तरिक पर्यटकले दूध हालेको चिया माग्छन् तर दूध नहुँदा कालो चियामा चित्त बुझाउनुपर्छ ।’

    त्यस क्षेत्रका खोलिएका होटेल, पसल, होमस्टे तथा सेनाको बयारेकमा दूधको माग भए पनि किसानले दुध बिक्री नगर्दा समस्या हुँदै आएको व्यापारीहरू बताउँछन् । त्यहाँका किसानले घरमा आफ्ना परिवारबाहेक अन्य घरबाहिरबाट आएका पाहुनालाई समेत दूध नदिने बरु दिनै परे मही मात्रै मुस्किलले दिने गरेको पूर्वीचौकीका स्थानीयवासी तथा डोटी उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष नरेन्द्र खड्काले बताउनुभयो ।

    डोटीमा सामाजिक विकासको क्षेत्रमा काम गर्दै आएको साइन नेपाल नामक गैरसरकारी संस्थाले भैँसीको दूध बिक्री गरे भैँसीले दूध दिन नछोड्ने र भैँसी पनि नबिग्रिने भन्दै किसानलाई दूध बिक्री गर्न प्रोत्साहन गर्ने खालका कार्यक्रम लागू गर्ने योजना बनाएको छ ।

    संस्थाका अध्यक्ष तथा पूर्वीचौकीका स्थानीयवासी भक्तराज जोशीले बगलेक र झिग्रानामा दूधको निकै आवश्यकक्ता रहेको र किसानलाई दूध बेच्नुपर्छ भन्ने कुरामा प्रोत्साहन गर्न लागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सबैले दूध बिक्री गरून् भन्ने उद्देश्यले हामी किसानलाई भैँसी नै किनेर दिने तयारीमा छौँ । दूध बिक्री गर्दा भैँसी बिग्रिन्छ, दूध दिन्न भन्ने अन्धविश्वासको अन्त्य गर्नेछौँ ।’

    यसै क्रममा संस्थाले झिग्रानामा रहेका भैँसी पाल्ने किसान समूहलाई भैँसीलाई गर्भधारण गराउन सहज होस् भन्ने उद्देश्यले ५० हजार रुपैयाँमा उन्नत जातको राँगा किनेर वितरण गरेको छ ।

    त्यस वडामा प्रायः सबैले भैँसी पाल्ने भए पनि दूध कसैले बिक्री नगर्दा दूधका लागि मुस्किल पर्दै आएको पूर्वीचौकी गाउँपालिका २ कुडासैनका स्थानीयवासी भीमबहादुर विष्टले बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘वडामा प्रायः सबैका घरमा भैँसी पालिएका छन् तर दूध कसैले बिक्री गर्दैनन् । कोही बिरामी पर्दा दूध चाहिए दूधका लागि अन्यत्र गाउँमा जानुपर्ने बाध्यता छ ।’

    त्यहाँका किसानले दूधबाट घिउ बनाएर भने बजारमा बिक्री गर्ने गरेका स्थानीयवासी श्यामबहादुर विकले बताउनुभयो । उहाँले भन्नुभयो, ‘घिउ जति पनि पाइन्छ तर भैँसी बिग्रिन्छ भनेर दूध र मही दिँदैनन्, अन्धविश्वास कायमै रहेका कारण यहाँ दूधको समस्या कायमै रहेको हो ।’

    डोटीमा भैँसी पाल्ने किसान पर्याप्त भए पनि धेरैजसो किसानले गाईभैँसीको दूध बजारमा बिक्री गर्न नमान्दा यहाँका बजारमा छिमेकी जिल्ला डडेल्धुराबाट दूध मगाउनुपर्ने बाध्यता रहेको रामजानकी मिष्ठान्न भण्डार दिपायल पिपल्लाका रामबाबु यादवले बताउनुभयो ।

    • किसान
    सोमबार, भदौ १४, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
    शर्मा पुरस्कृत
    सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • २.
      शर्मा पुरस्कृत

    • ३.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ४.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • ५.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • ६.
      स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया

    • ७.
      “मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”

    • ८.
      विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना

    • ९.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • १०.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.