• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, पुष २९, २०८२ | Tuesday 13th January 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • ६ दिन अगाडि

शर्मा पुरस्कृत
  • १ हप्ता अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ हप्ता अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ हप्ता अगाडि

नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?
  • २ हप्ता अगाडि

स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया
  • २ हप्ता अगाडि

“मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”
  • ३ हप्ता अगाडि

विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना
  • ३ हप्ता अगाडि

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • १ महिना अगाडि

Advertisement

सूदुर भूगोलमा एमालेका दुई इन्चार्ज, कार्यकर्ता भन्छन्- कसलाई मान्ने ?

  •  संवाददाता
  • बुधबार, भदौ ३०, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    एमाले उपाध्यक्ष भीम रावल र लेखराज भट्ट सुदूरपश्चिम प्रदेशमा आ-आफ्नो दाबी गरेपछि नेता कार्यकर्ता अन्योलमा परेका छन् । अब कसलाई इन्चार्ज मान्ने भन्ने द्विविधा देखिएको छ । रावल र भट्ट दुवै सुदूरपश्चिम आएर आफू नै इन्चार्ज भएको दाबी गरे । जसकारण प्रदेश इन्चार्जको विवाद सतहमा आएको छ ।

    पार्टी अध्यक्ष केपी ओलीले रावलकै अगाडि आफूलाई इन्चार्जको जिम्मेवारी दिएको भट्टको भनाइ छ । उनी सोमबार सुदूरपश्चिम आएका थिए । पार्टीको कामले नभई पारिवारिक कामका लागि कञ्चनपुर आएका भट्टले आफैं सुदूरपश्चिमको इन्चार्ज भएको दाबी गरे ।

    मंगलबार रावल कैलाली आइपुगे । धनगढी पुगेर कार्यकर्तासँगको भेटघाटमा उनले पार्टीलाई एकताबद्ध बनाउन आफू त्याग गर्न तयार रहेको अभिव्यक्ति दिए । तर उनले १० बुँदे सहमति कार्यान्वयनमा पनि जोड दिए । रावलको अभिव्यक्तिपछि उनी निकट नेता कार्यकर्ताले भट्टलाई इन्चार्ज मान्न नसक्ने बताउन थालेका छन् । रावललाई १० बुँदे सहमति कार्यान्वयनका लागि गठित प्रदेशस्तरीय समितिको संयोजकको जिम्मेवारी दिइएको छ ।

    ‘१० बुँदे सहमतिपछि पूर्णरूपमा २ जेठ ०७५ अघिको पार्टी संरचना सञ्चालन हुनुपर्दछ,’ एमाले केन्द्रीय सदस्य भानुभक्त जैशीले भने, ‘त्यसबाहेक पार्टी अघि बढ्न खाजेमा मान्य हुँदैन, सहमति कार्यान्वयन नभए त्यसको परिणाम अर्कै हुनेछ ।’ पूर्ववनमन्त्रीसमेत रहेका जोशीले २ जेठ ०७५ अघि सुदूरपश्चिम प्रदेश इन्चार्जमा रावल भएको बताउँदै अब पनि उनी नै प्रदेश इन्चार्ज हुने बताए ।

    एमाले कस्तो हुने भन्ने ३ असोजको केन्द्रीय समिति बैठकले निर्धारण गर्ने उनको भनाइ छ । ‘आगामी ३ असोजमा एमाले केन्द्रीय समितिको बैठक बस्दैछ,’ उनले भने, ‘सो बैठकमा हुने निर्णयका आधारमा हामी एमालेमा रहने वा नरहने भन्ने निक्र्योल गर्नेछ, १० बुँदे विपरीत पार्टी गएमा हामी मान्दैनौं ।’

    रावल र भट्ट दुवैजना धनगढीमा आउँदा दुवै नेताबीच सुदूरपश्चिममा कुनै समन्वय भने भएको छैन । रावलले लामो समय अछाम नगएका कारण आफू गृहजिल्ला जान धनगढी आएको बताएका छन् । भट्टले पनि पारिवारिक कामका लागि आफू धनगढी आएको उल्लेख गरेका छन् ।

    माओवादी केन्द्र छाडेर एमालेमा लागेका भट्टले भने खुल्ला रूपमा आफू नै सुदूरपशिचम प्रदेशको इन्चार्ज भएको बताएका छन् । रावल र आफूबीच तिक्तता नभएको उनको भनाइ छ । ‘म धनगढी आउँदा रावल कम्रेडलाई जानकारी गराएको थिएँ,’ भट्टले न्युज कारखानासँग भने, ‘त्यसको एक दिनपछि उहाँले म पनि धनगढी आएँ भनेर भन्नुभएको थियो, तर हाम्रो भेट भने भएको छैन, उहाँ पनि व्यक्तिगत कामले आउनु भएको हो ।’ पार्टीले दिएको जिम्मेवारीअनुसार आगामी दिनमा अघि बढ्ने उनले बताए ।

    एमाले उपाध्यक्ष रावलले भने अन्य पार्टीबाट आएका नेता तथा कार्यकर्तालाई एमालेले सम्मान गर्ने बताए । मंगलबार कार्यकर्तालाई सम्बोधन गर्दै उनले एमालेलाई ठूलो र बलियो बनाउन अन्य पार्टीबाट आएका साथीलाई सम्मान गरिनुपर्ने उनको भनाइ थियो । ‘यसअघि अन्य पार्टीबाट एमालेमा आउँदा उनीहरूलाई दिइएको जिम्मेवारी यथावत राख्दै हामीले उनीहरूको सम्मान गर्नुपर्दछ,’ रावलले भने, त्यसो गर्दा एमाले बलियो हुन्छ ।’

    • इन्चार्ज
    • सूदुर भूगोल
    बुधबार, भदौ ३०, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
    शर्मा पुरस्कृत
    सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • २.
      शर्मा पुरस्कृत

    • ३.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ४.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • ५.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • ६.
      स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया

    • ७.
      “मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”

    • ८.
      विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना

    • ९.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • १०.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.