• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, पुष २९, २०८२ | Tuesday 13th January 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • ६ दिन अगाडि

शर्मा पुरस्कृत
  • १ हप्ता अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ हप्ता अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ हप्ता अगाडि

नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?
  • २ हप्ता अगाडि

स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया
  • २ हप्ता अगाडि

“मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”
  • ३ हप्ता अगाडि

विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना
  • ३ हप्ता अगाडि

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • १ महिना अगाडि

Advertisement

दीपायल विमानस्थल पुनः सञ्चालनमा

  •  संवाददाता
  • शनिबार, असोज ०२, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कोरोनाका कारण बन्द रहेको दीपायल विमानस्थल आजदेखि पुनःसञ्चालनमा  आएको छ। जिल्लामा कोरोनाको  जोखिम बढेकाले यहाँको हवाई सेवा बन्द गरिएकामा अहिले जोखिम क्रमिकरुपमा नियन्त्रणमा आएकाले  पुनः हवाई सेवा  सञ्चालन गरिएको विमानस्थल कार्यालयले जनाएको छ।

    सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा रहेको सबैभन्दा पुरानो विमानस्थल पुनः सञ्चालन भएकामा यहाँका नागरिक खुशी छन्। दिपायलदेखि धनगढी बिमानस्थलसम्म हप्तामा एक दिन जहाज सञ्चालन हुने नागरिक उड्यन तथा प्राधिकरणको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार दिपायलबाट धनगढीका लागि प्रत्येक शनिबार उडान भर्ने कार्यतालिका तयार गरिएको र  निजी क्षेत्रको बिमान कम्पनी समिट एयरले पनि उडान भर्ने धनगढी बिमानस्थल प्रमुख तेजबहादुर बुढथापाले बताए। उनले भने, “आज शनिबारदेखि  पुनः जहाज सञ्चालन भएको छ, अब दिपायल धनगढी हवाई उडानले निरन्तरता पाउनेछ।”बिमानस्थल पुनः सञ्चालन भएसँगै यहाँ जडान गरिएका सञ्चार उपकरण पनि मर्मत गरिएको छ। अठार जनाको सिट क्षमता भएको जहाज धनगढीबाट दिपायलका लागि बिहान १०ः३० बजे र दिपायलबाट  धनगढीका लागि ११ः३० बजे उडान हुने भएको छ। कार्यालयका अनुसार हाललाई दिपायलदेखी धनगढीसम्मको टिकट रु तीन हजार ४०० तोकिएको छ। टिकटका लागि दिपायलस्थित पिपल्लामा रहेको होटल रिभर साइटबाट उपलब्ध गराइने होटल सञ्चालक नन्दनसिंह कार्कीले बताए। उनले भने, “दिपायल–धनगढी हप्तामा एक दिन जहाज सञ्चालन भएको छ, टिकटको जिम्मा अहिले मैले लिएको छु।”

    जिल्लाबाट निर्वाचित सांसद प्रेमबहादुर आलेको पहलमा नेपाल सरकारले बिमानस्थल कालोपत्र गरिएको थियो। बन्द भएको बिमानस्थल पुनः सञ्चालन भएकाले स्थानीयबासी निकै खुशी भएका पिपल्लका व्यापारी चन्द्रु पाठकले बताए। उाले भने, “ कोरोनाले गर्दा जहाज सञ्चालन बन्द गरिएको थियो, फेरी सञ्चालन  भयो, यसले गर्दा  यहाँको पर्यटकीय विकासमा ठूलो योगदान पुग्ने छ।” सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको गोदावरीमा निर्माण गर्ने सहमति भएसँगै यहाँका क्षेत्रीय कार्यालय कैलाली सारिएपछि निरास भएका स्थानीयवासी अहिले क्रमिकरुपमा विमानस्थलदेखि अन्य विकासका योजना सञ्चालन हुन थालेकाले खुशी भएका हुन्।
    विमानस्थलमा नियमित जहाज सञ्चालन भए यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रमा पर्यटक भित्र्याउन सकिने र यहाँको आयस्रोत बढ्ने चेम्वर अफ कमर्सका जिल्लाअध्यक्ष खगेन्द्रबहादुर साउदले बताए। उनले भने, “दिपायल विमानस्थलमा नियमित जहाज सञ्चालन गर्न सके यहाँका पर्यटकीय क्षेत्रमा पर्यटक भित्र्याउन सहज हुनेछ, पर्यटक भित्रिए यहाँको विकास हुने निश्चित छ।” नियमित जहाज सञ्चालन भए यहाँको प्रमुख पर्यटकीय स्थल खप्तड, बडीमालिका, शैलेश्वरी, उग्रतारा, घटालथान, बडिकेदारलगायत क्षेत्रमा पर्यटक ओइरिने उद्योग बाणिज्य सङ्घका जिल्लाअध्यक्ष मोहनबहादुर कलेलले बताए। उनले भने, “सुदूरपश्चिमका पहाडी जिल्ला पर्यटन क्षेत्रको प्रचुर सम्भावना रहेका ठाउँहरु हुन्, नियमित जहाज सञ्चालन भए यहाँको पर्यटन उद्योग  फष्टाउने छ।”
    बिमान सञ्चालन भएसँगै विमानस्थलमा रहेका टर्मिनल भवन तथा एटिसी भवन पुनः निर्माण गर्न माग गरिएको छ। यो बिमानस्थलको धावनमार्ग  करिब ४९० मीटर लामो भएकाले एकहजार मिटर बनाउनका लागि स्थानीयवासीले माग गर्दै आएका छन्।
    • दीपायल विमानस्थल
    • पुनः सञ्चालनमा
    शनिबार, असोज ०२, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
    शर्मा पुरस्कृत
    सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • २.
      शर्मा पुरस्कृत

    • ३.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ४.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • ५.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • ६.
      स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया

    • ७.
      “मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”

    • ८.
      विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना

    • ९.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • १०.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.