• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बिहिबार, असार ०५, २०८२ | Thursday 19th June 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

दुर्घटनाग्रस्त एअर इन्डियाकाे विमानमा कुन देशका कति नागरिक थिए ?
  • ७ दिन अगाडि

कैलालीमा चट्याङ लागेर एक युवकको मृत्यु
  • ७ दिन अगाडि

सुनचाँदी व्यवसायी आन्दोलित,धनगढीमा चाबी सहित र्‍याली
  • ७ दिन अगाडि

कञ्चनपुरमा असईमाथि कुटपिट व्यापारी राना पक्राउ
  • १ हप्ता अगाडि

कैलालीबाट प्रहरी जवानसहित ६ जना पक्राउ
  • १ हप्ता अगाडि

कञ्चनपुरको एक किराना पसलमा आगलागी
  • १ हप्ता अगाडि

कैलालीको गोदावरीमा सर्पको टोकाइबाट एक महिला घाइते
  • १ हप्ता अगाडि

कञ्चनपुरमा प्रहरी चौकीका इन्चार्ज कुटिए
  • १ हप्ता अगाडि

कञ्चनपुरबाट खैरो हेरोइन सहित ३ जना पक्राउ
  • १ हप्ता अगाडि

कञ्चनपुरमा भेटिए ६०२ जना कुपोषित बालबालिका

  •  संवाददाता
  • शनिबार, असोज ०९, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले स्थानीय तह र सरोकारवाला निकायसँगको सहकार्यमा कुपोषित बालबालिकाको खोजी अभियान सञ्चालन गरेको छ।

    साउन र भदौमा सञ्चालन गरिएको अभियानमा ६०२ जना कुपोषित बालबालिका भेटिएका छन्। तीमध्ये ९५ जनामा कडा खालको कुपोषण र ५०७ मा मध्यम खालको कुपोषण देखिएको छ।

    जिल्लाभर सबैभन्दा बढी कुपोषण बेलडाँडी गाउँपालिकामा भेटिएको छ। त्गहाँका १०२ जना बालबालिकामा कुपोषण देखिएको छ। कुपोषणका लागि बहिरङ्ग सेवा९ओटीसी० सञ्चालन हुँदै आएका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीले कुपोषित बालबालिका खोजी गरेका हुन्। अभियानमा ६ देखि ५९ महिनासम्मका बालबालिकालाई समावेश गरिएको थियो।

    स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले कोरोना महामारी संक्रमणले बालबालिकामा कुपोषणको समस्या देखा परेपछि अभियान सञ्चालन गरी खोजी कार्य गरिएको बताए। ‘कोभिड महामारीले अप्ठ्यारो थियो, अझै पनि छ। कोभिडको असर बालबालिकामा पनि प¥यो। त्यसैले नयाँ वर्षसंगै यो अभियान सञ्चालन गरियो’ उनले भने, ‘त्यसका लागि स्वःस्फूर्त रुपमा स्वास्थ्यकर्मीले टोल टोलमा गएर कुपोषित बालबालिका खोजेका छन्।’

    उनले अभियानबाट पत्ता लागेका बालबालिकाको उपचारका लागि प्रक्रिया अघि बढाइने बताए। ‘कुपोषित भएपछि बालबालिकाको शारीरिक, मानसिक विकास हुन सक्दैन, त्यसले प्रगति नै रोकिन्छ,’ उनले भने, ‘अभियानका क्रममा पत्ता लागेका कुपोषित बालबालिकालाई उपचारको दायरामा ल्याउँछौ। त्यसले उनीहरुको कुपोषणको समस्या हल हुन्छ।’

    स्वास्थ्यकर्मीहरुका अनुसार कडा खालको कुपोषणमा बालबालिकाका पछाडिको भाग झोला जस्तो हुने, कपाल खुइलिने, भुँडी ठूलो हुने, ख्याउटे हुने, सुकेको जस्तो देखिने र तौल कम हुने गरेको छ। मध्यम खालको कुपोषण भएका बालबालिकामा उमेर अनुसार तौल कम हुने गर्दछ।

    स्वास्थ्य कार्यालयका पोषण फोकल पर्सन कपिलदेव जोशीले धनी तथा गरिब सबै परिवारका बालबालिकामा कुपोषणको समस्या देखिएको बताए। ‘गरिब परिवारमा पोषणयुक्त खाना नपाएर कुपोषित हुन्छन् भने धनी परिवार पोषण युक्त खाना बढी खाएर पनि हुन सक्छन्’ उनले भने, ‘समग्रमा सन्तुलिन भोजनको व्यवस्थापन नहुँदा नै यो समस्या देखिन्छ।’

    बालबालिकालाई न्यून पोषण भएमा ख्याउटे, पुड्को र उमेर अनुसार तौल नहुने तथा अधिक पोषण भएमा मोटापन हुने गरेको जोशीले बताए। पोषण सुधार हुँदै गएपछि पछिल्लो केही वर्षदेखि बाल मृत्युदर घट्दै गएको छ।

    स्वास्थ्य कार्यालयका अनुसार नेपालमा २७ प्रतिशत बालबालिका ख्याउटे र १० प्रतिशत कम तौलका छन्। सुदूरपश्चिम प्रदेशमा ३५ प्रतिशत बालबालिकामा पुड्कोपना छ।

    बलबालिकामा कुपोषण समस्या हटाउन डेढ दशकदेखि स्वास्थ्य संस्थामा ओटिसी सेवा सञ्चालनमा छ। कञ्चनपुरको सबैभन्दा ठूलो भीमदत्त नगरपालिकामा जिमुवा स्वास्थ्य चौकी र वसन्तपुर सहरी स्वास्थ्य केन्द्रमा मात्रै ओटिसी सेवा सञ्चालनमा छ।

    महाकाली प्रादेशिक अस्पतालमा १६ वर्षदेखि पोषण पुनः स्थापन गृह सञ्चालन हुँदै आएको छ। पोषण पुनःस्थापन गृहका प्रमुख इन्द्रा भट्टले हालसम्म एक हजार ९८७ कुपोषित बालबालिकालाई उचार गरी घर पठाएको जानकारी दिइन्। स्वास्थ्य संस्थाबाट ओटिसी सेवा नपाएका बालबालिकालाई ३५ दिनसम्म गृहमा राखेर उपचार हुँदै आएको छ। गृहमा बालबालिका र आमालाई राख्ने गरिएको छ। पोषण गृहमा कडा खालको कुपोषण भएका बालबालिकालाई मात्रै राख्ने गरिएको छ। अहिले गृहमा १० बालबालिका छन्।

    • कञ्चनपुर
    • कुपोषित बालबालिका
    शनिबार, असोज ०९, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दुर्घटनाग्रस्त एअर इन्डियाकाे विमानमा कुन देशका कति नागरिक थिए ?
    कैलालीमा चट्याङ लागेर एक युवकको मृत्यु
    सुनचाँदी व्यवसायी आन्दोलित,धनगढीमा चाबी सहित र्‍याली
    • भर्खरै
    • चर्चित
    • १.
      दुर्घटनाग्रस्त एअर इन्डियाकाे विमानमा कुन देशका कति नागरिक थिए ?

    • २.
      कैलालीमा चट्याङ लागेर एक युवकको मृत्यु

    • ३.
      सुनचाँदी व्यवसायी आन्दोलित,धनगढीमा चाबी सहित र्‍याली

    • ४.
      कञ्चनपुरमा असईमाथि कुटपिट व्यापारी राना पक्राउ

    • ५.
      कैलालीबाट प्रहरी जवानसहित ६ जना पक्राउ

    • ६.
      कञ्चनपुरको एक किराना पसलमा आगलागी

    • ७.
      कैलालीको गोदावरीमा सर्पको टोकाइबाट एक महिला घाइते

    • ८.
      कञ्चनपुरमा प्रहरी चौकीका इन्चार्ज कुटिए

    • ९.
      कञ्चनपुरबाट खैरो हेरोइन सहित ३ जना पक्राउ

    • १०.
      कैलालीको लम्कीचुहा नगरपालिकामा एक महिला मृत फेला

    • १.
      सुनचाँदी व्यवसायी आन्दोलित,धनगढीमा चाबी सहित र्‍याली

    • २.
      कैलालीमा चट्याङ लागेर एक युवकको मृत्यु

    • ३.
      दुर्घटनाग्रस्त एअर इन्डियाकाे विमानमा कुन देशका कति नागरिक थिए ?

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.