• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   सोमबार, मङि्सर ३०, २०८२ | Monday 15th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • ३ दिन अगाडि

इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
  • ३ दिन अगाडि

सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
  • ७ दिन अगाडि

महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
  • ७ दिन अगाडि

पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
  • ७ दिन अगाडि

कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य
  • ७ दिन अगाडि

नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता
  • ७ दिन अगाडि

मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई
  • ७ दिन अगाडि

बालुवाको रोयल्टीमा हिनामिना
  • २ हप्ता अगाडि

Advertisement

कैलाली–कञ्चनपुर केराखेतीको ‘हब’ स् राजनीतिकर्मीदेखि साना किसानसम्म केराको भर

  •  संवाददाता
  • शुक्रबार, मङि्सर ०३, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    पछिल्लो समय सुदूरपश्चिम केरा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । व्यावसायिक केरा खेतीप्रति किसानको बढ्दो आकर्षणसँगै सुदूरपश्चिम केराखेतीको हबको रूपमा परिणत हुँदै गएको छ ।

    दशैंतिहार अघिदेखि नै केरा खेती गर्ने किसान व्यस्त बनेका छन् । नगदे बालीको रूपमा मानिने केराको बाली संकलन कार्य धमाधम चलिरहेको छ ।

    कैलालीको गोदावरी नगरपालिकामा २२ विघामा केराखेती गर्दै आएका लक्षीराम आचार्यले उत्पादित आधा केरा बजार पुर्‍याइसकेको बताए । केरा सिजन चलिरहेको बताउँदै उनले पछिल्लो समय सुदूरपश्चिम केराखेतीको हबको रूपमा विस्तार भएको बताए ।

    उनी केरा खेतीको सबै खर्च कटाएर वार्षिक २० लाख रुपैयाँसम्म बचत गर्छन् । ८ वर्षअघि केराखेती शुरू गरेका उनको लगानी अहिले झण्डै १ करोड रुपैयाँ पुगिसकेको छ । आचार्य राष्ट्रिय जनमोर्चाका नेता हुन् ।

    पहिलो वर्षमै लगानी उठ्यो

    कैलालीको केलारी गाउँपालिका–६ मा व्यावसायिक पशुपालन तथा केरा खेती गर्दै आएका रामसमझ रानालाई पनि केरा सिजनको चटारो छ ।

    ३ विघा जमिनमा केरा खेती गर्दै आएका उनले ११ लाख रुपैयाँ लगानी गरेका छन् । पहिलो वर्षमै लगानी उठेको बताउँदै उनले केरामा राम्रो प्रतिफल पाउने आशा गरेको बताए ।

    उनले भने, ‘४२ सय बोट लगाएको थिएँ । पहिलो वर्षमा लगानी उठेको छ । एक पटक रोपेपछि ३–५ बाली लिन सकिने हुँदा केही प्रतिफल आउने आशा छ ।’ धनगढी उपमहानगरपालिकामा मेयर पदका उम्मेदवार राना नेपाली कांग्रेसका नेता हुन् ।

    आचार्य र रानालाई मात्रै होइन, केरा खेतीमा सक्रिय करीब ३ हजार बढी किसानलाई बाली संकलन गर्न हम्मेहम्मे परेको छ ।

    लामो समयदेखि केरा खेतीमा सक्रिय नेकपा माओवादीका नेता नेपबहादुर चौधरी ‘सिंहराज’ निकै नै व्यस्त बनेका छन् ।

    कैलालीको जोशीपुर गाउँपालिका–२ झवहीमा १२ विघा जमिनमा केरा खेती गर्दै आएका नेपबहादुर चौधरी केराको सिजनले व्यस्त भएका छन् ।

    पछिल्लो समय राजनीति, शिक्षण, व्यापारलगायत विभिन्न पेशामा सक्रिय व्यक्तिहरूको सुरक्षित आयआर्जनको पाटो केराखेती बन्दै गएको छ ।

    चालू वर्ष केराको उत्पादन अति नै राम्रो भएको बताउँदै चौधरीले बजारमा भने बाह्य (भारतीय) उत्पादनले प्रभाव पारिरहेको बताए ।

    २०६८ सालदेखि व्यावसायिक केरा खेती थालेका उनले स्थानीय राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा लिजमा लिई खेती गर्दै आएका छन् । उनी वार्षिक करीब १ करोड रुपैयाँसम्मको कारोबार गर्दै आएका छन् ।

    ‘टीकापुर केरा’ ब्राण्ड काठमाडौंसम्म

    केही वर्ष अघिसम्म नेपाली बजार पूर्ण रूपमा भारतीय केराको कब्जामा रहेको थियो तर पछिल्लो समय स्थानीय उत्पादनले भारतीय केरालाई प्रतिस्थापन गर्दै लगेको छ । यहाँ उत्पादित केराले सुदूरपश्चिमका सबै जिल्लाका साथै नेपालगञ्ज, पोखरा, दाङ, सुर्खेत, काठमाडौंसम्म बजार पाउँदै आएको नेपबहादुर चौधरी बताउँछन् । खासगरी टीकापुर क्षेत्रको केराको अलग्गै ब्राण्ड रहेको उनले बताए ।

    ‘जस्तो कि मुग्लिनतिर सुन्तला बेच्दा गोरखाको सुन्तला भनेर बेचिन्छ । अत्तरियामा निगालीको सुन्तला भनेर बेचिन्छ । त्यसैगरी अब काठमाडौंमा पनि टीकापुरको केरा भनेर बेच्ने परिपाटी शुरू भइसकेको छ,’ उनले भने, ‘ढुवानीका कारण परिमाणको हिसाबले काठमाडौंको बजारमा धेरै बजार लिन नसके पनि अन्य स्थानबाट ल्याएको केरालाई टीकापुरको केरा भनेर बेच्न काम शुरू भएको छ ।’

    कैलाली–कञ्चनपुरका केरा उत्पादक किसानले आम्दानी मात्रै गरेका छैनन्, नाम समेत कमाउन सफल छन् । हालसम्म टीकापुरका ३ जना किसान केरा खेतीमा उत्कृष्ट किसानको रूपमा राष्ट्रपति उत्कृष्ट पुरस्कारबाट समेत सम्मानित भइसकेका छन् । केरा किसान तथा उद्यमी कालु हमाल, विनोद शाह र नेपाल एग्रीकल्चर फर्मका रामबहादुर कुँवर सम्मानित भएका छन् । फस्टाएको केरा खेतीसँगै रोजगारी समेत सिर्जना भएको छ ।

    सुदूरपश्चिममा केराको अवस्था

    सुदूरपश्चिम कृषि विकास निर्देशनालय दिपायलको आव २०७७/२०७८ असार मसान्तसम्मको तथ्यांकअनुसार सुदूरपश्चिममा २ हजार १३६ हेक्टर क्षेत्रफलमा केरा खेती गरिएको छ । जसमध्ये १ हजार ५६४ हेक्टरमा वार्षिक २३ हजार ९१७ मेट्रिक टन केरा उत्पादन भएको छ भने उत्पादकत्व १५ दशमलव २९ मेट्रिक टन प्रतिहेक्टर रहेको छ ।

    सुदूरपश्चिमको सबैभन्दा बढी कैलालीमा ९१० हेक्टरमा खेती हुँदै आएको छ । जहाँ १५ हजार ११५ मेट्रिक टन केरा उत्पादन हुन्छ । ५०० हेक्टरमा खेती हुँदै आएको कञ्चनपुरमा ५ हजार ८६३ मेट्रिक टन केरा उत्पादन हुँदै आएको जनाइएको छ भने सबैभन्दा कम बैतडीमा १५ हेक्टर क्षेत्रफलमा मात्रै केरा हुँदै आएको निर्देशनालयले जनाएको छ ।

    सुदूरपश्चिम कृषि विकास निर्देशक यज्ञराज जोशीले सुदूरपश्चिममा केरा खेतीको विकास र विस्तार उल्लेख्य भएको बताए ।

    • कैलाली–कञ्चनपुर
    शुक्रबार, मङि्सर ०३, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
    इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
    सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
    • भर्खरै
    • चर्चित
    • १.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • २.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ३.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ४.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ५.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ६.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ७.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ८.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ९.
      बालुवाको रोयल्टीमा हिनामिना

    • १०.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • १.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • २.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ३.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ४.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ५.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ६.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ७.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ८.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.