• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बिहिबार, जेठ ०९, २०८२ | Thursday 22nd May 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

शेयर बजार १९ अङ्कले बढेर २ हजार ६ सय ८८ विन्दुमा, काराेबार रकम भने घट्याे
  • ३ घण्टा अगाडि

दार्चुलामा ४० वर्षीय युवक मृत फेला
  • ३ घण्टा अगाडि

सुदूरपश्चिम प्रदेशका पर्यटन राज्यमन्त्री चौधरीको घरमा चोरी
  • ३ घण्टा अगाडि

सरकारी कामकाजको भाषा निर्धारणको गृहकार्य भइरहेछ : उपकुलपति डा. जोशी
  • १० घण्टा अगाडि

प्राधिकरणले भारतमा बिजुली निर्यात शुरू गर्‍याे
  • ११ घण्टा अगाडि

वन मुद्दा र चेक अनादरमा कैलालीका ३ जना पक्राउ
  • १२ घण्टा अगाडि

कञ्चनपुरका टमटा खैरो हेरोइनसहित पक्राउ
  • १२ घण्टा अगाडि

डडेल्धुरामा हावाहुरीले घरमाथि रूख ढल्दा महिलाको मृत्यु
  • २३ घण्टा अगाडि

निसर्ग अस्पतालले गर्यो दृष्टि फाउन्डेशनलाई पाँच लाख सहयोग
  • २३ घण्टा अगाडि

समुदायमा संक्रमण तीव्र, घटेन लापरबाही

  •  संवाददाता
  • बुधबार, माघ ०५, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कञ्चनपुरमा मंगलबार १ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ६३ जना भीमदत्त नगरपालिकाका छन् । ४६ जना गड्डाचौकी नाकामा संक्रमित देखिएका हुन् ।

    अन्य संक्रमित कृष्णपुर, पुनर्वास र बेलौरी नगरपालिकाका छन् । सोमबार पनि जिल्लामा १ सय २५ जनामा संक्रमण देखिएको थियो । जसमध्ये भीमदत्त नगरपालिकामा ३७ र गड्डाचौकी नाकामा ५७ जना थिए ।

    जिल्लामा कोरोना संक्रमण दिन प्रतिदिन बढ्दो अवस्थामा छ । अझ सदरमुकाम महेन्द्रनगर क्षेत्रमा संक्रमण तीव्र गतिमा बढिरहेको छ । तर संक्रमण रोकथामका लागि स्वास्थ्य मापदण्डको पालना गर्नुको साटो झन्झन् लापरबाही बढिरहेको छ । बजार क्षेत्रमा अहिले पनि मास्क नलगाएरै हिँडडुल तथा सार्वजनिक कार्यक्रममा भीडभाड गर्ने क्रम चलिरहेकै छ ।

    जिल्ला प्रशासनले गतसाता २५ जनाभन्दा बढी भेला नहुन आदेश जारी गरेको थियो । मास्क तथा सेनिटाइजरको प्रयोग अनिवार्य गर्नसमेत आदेश जारी गरेको हो । प्रशासनले जारी गरेको आदेश अहिले ठट्टाको विषय बनेको छ । ‘संक्रमण सुमदायमा फैलिइसकेको छ, तर अहिले पनि लापरबाही उस्तै छ,’ महाकाली प्रादेशिक अस्पतालका कोभिड फोकल पर्सन डा. गोविन्द रोकायाले भने, ‘बजारमा भीडभाड उस्तै छ, राजनीतिक दलका कार्यक्रम चलेकै छन् ।’ उनका अनुसार अहिले समुदायमा घरघरै कोरोनासँग मिल्दो लक्षणका बिरामी देखिन थालेका छन् । तर परीक्षणको दायरा कम भएका कारण उनीहरूको परीक्षण हुन सकेको छैन ।

    सोमबार महेन्द्रनगर बजार क्षेत्रको एकै घरका ५ जनामा संक्रमण पुष्टि भएको छ । जसमा एक १५ महिने शिशुसमेत देखिनुले संक्रमण समुदायमा तीव्र गतिमा फैलिएको सहजै अनुमान गर्न सकिने डा। रोकायाले बताए । सामाजिक सञ्जाल फेसबुकमा समेत थुप्रैले ज्वरो र रुघाखोकीलगायत जीउ दुख्ने समस्या देखिएको भन्दै सम्पर्कमा रहेका सबैलाई सतर्क रहन आग्रह गरेका छन् । यद्यपि उनीहरूले परीक्षण भने गराएका छैनन् ।

    ‘लक्षण देखिएका सबैको परीक्षण गर्न सकिने अवस्था पनि छैन र सबै संक्रमितको व्यवस्थापन गर्न सकिने पनि देखिँदैन,’ जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका जनस्वास्थ्य निरीक्षक सिद्धराज भट्टले भने, ‘गाउँघरमा घरघरै संक्रमित छन्, रुघाखोकी सबैमा छ ।’ उनका अनुसार मंगलबार १ सय ४ जनाको पीसीआर परीक्षण गर्दा ९० जनामा संक्रमण देखिनुले पनि संक्रमणको अवस्था भयावह हुन सक्ने देखिन्छ । दोस्रो लहरको संक्रमणको तुलनामा अहिले मृत्युदर कम देखिएका कारण पनि यसप्रति लापरबाही बढेको हुन सक्ने जनस्वास्थ्य निरीक्षक भट्ट बताउँछन् । केन्द्रबाट पनि कुनै किसिमका निर्देशन वा रोकथामका लागि बजेट नआएका कारण केही गर्न सकिने अवस्थासमेत नरहेको उनले बताए ।

    विवाह, व्रतबन्धलगायत धार्मिक कार्यमा ठूलो भीड देखिन्छ । विभिन्न किसिमका खेलकुद प्रतियोगिता सञ्चालनमै छन् । सार्वजनिक स्थलमा ठूलो भीड देखिन्छ । सरकारी कार्यालयहरूमा पनि भौतिक दूरी कायम राखेको देखिँदैन । अझ बैंक तथा वित्तीय संस्था र विद्युत् प्राधिकरण, आन्तरिक राजस्व कार्यालय र यातायात व्यवस्था कार्यालयमा सर्वसाधारणको भीड घटेको छैन । ‘हामीले मास्क लगाउन र भीडभाड कम गर्न पटक पटक सचेत पारिसकेका छौं,’ कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयले भने, ‘अब अटेरी गर्नेलाई सिधै कारबाही गर्ने गरी अघि बढ्छौं ।’

    बुधबार, माघ ०५, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शेयर बजार १९ अङ्कले बढेर २ हजार ६ सय ८८ विन्दुमा, काराेबार रकम भने घट्याे
    दार्चुलामा ४० वर्षीय युवक मृत फेला
    सुदूरपश्चिम प्रदेशका पर्यटन राज्यमन्त्री चौधरीको घरमा चोरी
    • भर्खरै
    • चर्चित
    • १.
      शेयर बजार १९ अङ्कले बढेर २ हजार ६ सय ८८ विन्दुमा, काराेबार रकम भने घट्याे

    • २.
      दार्चुलामा ४० वर्षीय युवक मृत फेला

    • ३.
      सुदूरपश्चिम प्रदेशका पर्यटन राज्यमन्त्री चौधरीको घरमा चोरी

    • ४.
      सरकारी कामकाजको भाषा निर्धारणको गृहकार्य भइरहेछ : उपकुलपति डा. जोशी

    • ५.
      प्राधिकरणले भारतमा बिजुली निर्यात शुरू गर्‍याे

    • ६.
      वन मुद्दा र चेक अनादरमा कैलालीका ३ जना पक्राउ

    • ७.
      कञ्चनपुरका टमटा खैरो हेरोइनसहित पक्राउ

    • ८.
      डडेल्धुरामा हावाहुरीले घरमाथि रूख ढल्दा महिलाको मृत्यु

    • ९.
      निसर्ग अस्पतालले गर्यो दृष्टि फाउन्डेशनलाई पाँच लाख सहयोग

    • १०.
      लगातार ६दिन कारोबार घटेको शेयर बजार आज १९ अङ्कले बढ्यो

    • १.
      कैलालीमा बालुवा भित्र सालको काठ बेवारिसे अवस्थामा बरामद

    • २.
      साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू

    • ३.
      बाँकी क्रान्ति पूरा गर्न २५/३० वर्षको युवा जसरी देश दौडाहामा छु : प्रचण्ड

    • ४.
      कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ

    • ५.
      कर्णाली नदीमा एक जना बेपत्ता

    • ६.
      विधेयक, २०८१ पारित भएको खुसीयालीमा गेटामा दीप प्रज्वलन

    • ७.
      बैतडीमा २ महिला माथि धारिलो हतियार प्रहार

    • ८.
      कैलालीमा हावाहुरीका कारणले रूख ढलेर गम्भीर घाइते शिक्षकको मृत्यु

    • ९.
      महालक्ष्मी विकास बैंकद्वारा क्रेडिट कार्ड भुक्तानीमा ईएमआई सुविधाको शुभारम्भ

    • १०.
      बाजुरामा जिप दुर्घटना हुँदा ६ जना घाइते

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.