कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ६ बाट नेपाली काँग्रेसले युवा नेता दिपेश बोहरालाई सर्वसम्मत रुपमा वडा अध्यक्षको उम्मेदवारमा चयन गरेको छ ।
अगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको लागि वडा कमिटीको बैठकले बोहरालाई सर्वसम्मत रुपमा वडाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको वडा सभापति दल बहादुर बोहराले जानकारी दिए ।
अन्य चार जना सदस्यको टुङ्गो गठबन्धन हुने नहुने कुरामा भर पर्ने छ । २४ वर्षीय बोहरा नेपाली काँग्रेस घोडाघोडी नगरपालिका वडा नम्बर ६ का सचिव समेत हुन् ।