नेपाली कांग्रेसले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा बागी उम्मेदवारी दिएकालाई पार्टीबाट निष्कासित गरेको छ । क्षेत्रीय कार्यसमितिले आधिकारिक उम्मेदवार विरुद्ध उम्मेदवारी दिने कांग्रेस महाधिवेशन प्रतिनिधि दिपक बहादुर सिंह, क्षेत्रीय प्रतिनिधि शारदा चन्द र पिताम्बर जोशी, गोपाल बुढापाल र दुर्गादत्त पाण्डेयलाई कारवाही गरेको हो ।
क्षेत्र नम्बर ३ मा गठबन्धनबाट नेपाली कांग्रेसका रमेश लेखक चुनावी मैदानमा छन् । उनको विरुद्धमा बागी उम्मेदवारी दिएकालाई आफ्नो उम्मेदवारी फिर्ता लिज निर्देशन दिइएको थियो । तर, उनीहरूले उम्मेदवारी फिर्ता नलिएपछि पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको क्षेत्रीय सभापति केशवबहादुर चन्दले बताए ।
स्वतन्त्रबाट उम्मेदवारी दिएकी चन्दले यसअघि नै कांग्रेस परित्याग गरेको घोषणा गरेकी थिइन् । प्रदेश सभा तर्फ ९क० मा माओवादी केन्द्रका टेकेन्द्र भट्ट उम्मेदवार छन् । उनीविरुद्ध पिताम्बर जोशीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।