• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   सोमबार, मङि्सर ३०, २०८२ | Monday 15th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • ३ दिन अगाडि

इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
  • ३ दिन अगाडि

सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
  • ७ दिन अगाडि

महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
  • ७ दिन अगाडि

पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
  • ७ दिन अगाडि

कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य
  • ७ दिन अगाडि

नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता
  • ७ दिन अगाडि

मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई
  • ७ दिन अगाडि

बालुवाको रोयल्टीमा हिनामिना
  • २ हप्ता अगाडि

Advertisement

सर्लाही क्षेत्र नम्बर २ (ख) बाट चुनावी दौडमा तेस्रो लिंगी ‘राधा मौसी’

  •  संवाददाता
  • सोमबार, असोज ३१, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सर्लाही : सर्लाहीको निर्वाचन क्षेत्र न–२ (ख) बाट तेस्रो लिंगी राधा मौसीको नामले चिनिने महेन्द्र साह तेली प्रदेशसभा सदस्यको लागि उमेदवार भएका छन्। उनलाई नेपाल जनता पार्टीले लैगिंक तथा यौनिक अल्पसंख्यक समुदायबाट उम्मेदवार बनाएको हो।

    सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका–९ निवासी राधा मौसीले यसअघि २०७४ सालको स्थानीय तहको चुनावमा मलंगवा नगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवारी दिएका थिए। उक्त चुनावमा उनी पराजित भएका थिए।

    दोस्रो पटक पनि सोही ठाउँबाट स्थानीय निर्वाचनमा उम्मेदवारी दिने तयारी गरिरहँदा मतदाता नामावलीबाट उनको नाम मलंगवा नगरपालिकाको–९ बाट काटेर हरिपुर्वा नगरपालिका–६ मा रहेको पाइएकाले उनले उमेदवार बन्नबाट वञ्चित भएका थिए। ​स्थानीयमाझ लोकप्रिय रहेका उनले चुनाव जित्न सक्ने सम्भावना रहेको भए पनि विरोधीको षड्यन्त्र र निर्वाचन कार्यालयको लापरबाहीका कारण उम्मेदवारी दिन नपाएको गुनासो उनले गरे।
    हाम्रो समाजमा तेस्रो लिंगीहरूको काम नाचगान गर्दै ठाउँ ठाउँमा डुलेर पैसा तथा इनाम लिने, कसैको घरमा बच्चा जन्मिएको छ भने नाचगान गरेर बधाई तथा आशीर्वाद दिने रहेको भए पनि ती सब कामबाट उनले आफूलाई अलग्गै राखेका छन्। उनी समाजसेवीको रुपमा स्थापित हुन चाहन्छन्।

    छरछिमेक अथवा कुनै गाउँमा दिन दुःखी, असहाय एवं विपन्न दलितको घरमा विवाह, व्रतबन्ध, श्राद्ध अथवा कुनै आपदविपत् पर्दा आफूले सकेसम्म सहयोग गर्दै आएको बताए। नागरिकतामा उनको लैगिंक पहिचान पुरुष भए पनि उनी आफूलाई महिला भनेर चिनाउँछन्।
    सबैको सुखदुःखमा सहभागी भएर सघाउँदै आएकोले आफूलाई माया गरेर राधा मौसी भनेर सबैले सम्बोधन गर्ने गरेको उनले बताए। मलंगवामा मात्र नभई जिल्लाभरि र भारतमा समेत उनी राधा मौसीको नामले चिनिन्छन्।

    लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय तेस्रो लिंगीलाई समाजमा हेलाको दृष्टिकोणले हेर्ने गरिन्छ। हामी पनि यही समाजकै एउटा हिस्सा हौं र मानवीय भावना भएका मान्छे हौं भनेर बताउनका लागि पनि उम्मेदवारी दिएको उनी बताउँछन्। चुनावी प्रचारप्रसारमा व्यस्त रहेका उनी प्रदेशसभाको चुनावमा आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन्।

    राधा मौसीलाई चुनावी मैदानमा उतार्ने नेपाल जनता पार्टीका सर्लाही जिल्ला उपाध्यक्ष रविन्द्र रायका अनुसार सर्लाहीमा उनको लोकप्रियताका कारण पार्टीले टिकट दिएको बताए। ‘हाम्रो पार्टीले कसैमाथि भेदभाव गर्दैन,’ रायले भने।
    संविधानको धारा ४२ ले समानुपातिक समावेशी सिद्धान्तका आधारमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक व्यक्तिलाई राज्यका निकायमा सहभागिता हुने व्यवस्था गरेको छ। ‘तर संविधानले नै प्रत्याभूति गरेको हक पनि दलहरूले हामीलाई दिएका छैनन्‚’ उनले भने‚ ‘लैगिंक तथा यौनिक अल्पसंख्यक उम्मेदवार न त दलका प्रत्यक्ष चुनावी मैदानमा भेटिन्छन् न समानुपातिक सूचीमा नै छन्।’
    यसपालिको चुनावमा आफ्नो लैंगिक तथा यौनिक पहिचान खुलाएर उम्मेदवारी दिने पहिलो उम्मेदवार आफू नै भएको महेन्द्र साह तेली ‘राधा मौसी’ ले बताए।

     

    सोमबार, असोज ३१, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
    इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
    सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
    • भर्खरै
    • चर्चित
    • १.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • २.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ३.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ४.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ५.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ६.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ७.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ८.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ९.
      बालुवाको रोयल्टीमा हिनामिना

    • १०.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • १.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • २.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ३.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ४.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ५.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ६.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ७.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ८.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.