संविधान दिवस २०८० को अवसरमा बैतडीमा खुल्ला डबल ब्याटमिन्टन प्रतियोगिता हुने भएको छ । दशरथचन्द नगरपालिकाको आयोजना र कर्मचारी मिलन केन्द्रको समन्वय र सहजीकरणमा असोज १ गते देखि ३ गते सम्म प्रतियोगिता सञ्चालन हुने भएको हो ।
प्रतियोगितामा प्रथम हुने जोडीले १५ हजार,द्वीतीयले १० र तृतीयले पाँच हजार पुरस्कार पाउने कर्मचारी मिलन केन्द्रका संरक्षक तथा प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो ।
सहभागी हुन चाहनेले भदौ ३१ गते बेलुका ५ बजेसम्म टोली गर्दा गराउनसक्ने जनाइएको छ । टिम दर्ता शुल्क एकहजार राखिएको छ ।प्रतियोगिता अन्र्तगतका खेलहरु जिल्ला प्रशासन कार्यालयमा रहेको जगन्नाथ ब्याडमिन्टन कोर्टमा सञ्चालन हुने कर्मचारी मिलन केन्द्र बैतडीले जनाएको छ ।