धनगढी- कैलालीको घोडाघोडी नगरपालिकामा सञ्चालन हुने घोडाघोडी पर्यटन तथा सांस्कृतिक महोत्सवमा दर्जन बढी कलाकारहरूले प्रस्तुति दिने भएका छन् ।
महोत्सवमा चर्चित गायक प्रमोद खरेल, रामजि खाण, प्रताप दास, अस्मिता अधिकारी,चक्र बम, एलिना चौहान, हास्य कलाकारहरू सहित सुदूरपश्चिमका चर्चित देउडा कलाकारहरूको प्रस्तुति रहने आयोजक संस्थाका अध्यक्ष नवीन क्षेत्रीले जानकारी दिए ।
संस्थाले विगत ४ वर्ष देखि यस घोडाघोडी नगरपालिकाबाट सामाजिक क्रियाकलाप गरिरहेको छ । महोत्सव सफल पार्नका लागि स्थानीय तह लगायतका सङ्घ संस्था सँग सहकार्य गरिरहेका अध्यक्ष क्षेत्रीले बताए ।
महोत्सवमा यहाँका पर्यटकीय क्षेत्रका पोस्टर राखिनुका साथै रमाइलो मेला,मगर गाउँ थारु गाउँ, देउडा,थारु नाच लगायत विभिन्न सस्कृती झल्किने प्रस्तुति सङ्गै ख्याति प्राप्त कलाकारहरूको प्रस्तुति रहने छ ।
महोत्सव अवलोकनका लागि टिकटमा सर्वसाधारणलाई एक सय, विद्यार्थीका लागि ५० र अशक्तका लागि छुटको व्यवस्था गरिएको छ ।
घोडाघोडी सामाजिक सरोकार केन्द्रको आयोजनामा कृषि पर्यटन उद्योग र व्यापार ,समृद्ध घोडाघोडीको आधार भन्ने मूल नाराका साथ पौष २६ गते देखि महोत्सव सुरु हुने महोत्सव माघ ६ गते सम्म सञ्चालन हुनेछ ।