मुक्तक
तिमिलाई सयौं जुनी पर्खिन मन लाग्छ।
छोडेर गए पनि फेरि फर्किन मन लाग्छ।
कति सम्मको पागलपन हो हाम्रो मायामा,
घरि माया लाग्छ घरि झर्किन मन लाग्छ।।
नबिगारि आफ्नै मानसपटल बलियो बन्नुछ।
म हिमाल जस्तै भएर अटल बलियो बन्नुछ।
जिबन सुन्दर र सब्य हुनेछ मेरो पनि एकदिन,
दुख र सुख गर्नुछ सटलबटल बलियो बन्नुछ।।
मुक्तक
जिबनको सहयात्री बनेर आउँन सक्छौं ।
मि मेरै है म तिम्रै भनेर आउँन सक्छाै।
दुख खेप्नु पर्छ पिडा सहनु पर्छ मसँग त,
नपत्याए दुख पिडा गनेर आउँन सक्छै।।
✍️ हरिश खड्का
सुदुरपश्चिम बाजुरा


