धनगढी-कैलालीमा कोरोना रोकथामका लागी जारी निषेधाज्ञा थप एक साता लम्बिने भएको छ। डिसीएमसिको सिफारिसमा जिल्ला प्रशासन कार्यालय कैलालीले जेठ १३ गते सम्म निषेधाज्ञा लम्बाउने तयारी गरेको छ ।
जिल्ला प्रशासनका निमित्त प्रमुख जिल्ला अधिकारी हिरुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले कोरोना सङ्क्रमण झन् बढ्दो क्रममा रहेको भन्दै निषेधाज्ञाको अवधि लम्बाउन सुझाव दिएको थियो । ‘
निमित्त प्रमुख जिल्ला अधिकारीद्वारा आदेश जारी हुन बाँकी छ,१३ गते सम्म निषेधाज्ञा लम्बाउने तयारी गरेका छौँ,जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले भने,केही बेरमा आदेश जारी हुन्छ।
![No photo description available.](https://scontent.fpkr3-1.fna.fbcdn.net/v/t1.6435-9/s720x720/187133279_3063500530548569_7601185100504590985_n.jpg?_nc_cat=102&ccb=1-3&_nc_sid=8bfeb9&_nc_ohc=ZYx_J9Vv-RYAX-KW2MJ&_nc_ht=scontent.fpkr3-1.fna&tp=7&oh=25a134b26fe63d6661dc82706e298b0a&oe=60C7C8A4)