• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बुधबार, मङि्सर २५, २०८२ | Wednesday 10th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
  • १ दिन अगाडि

महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
  • १ दिन अगाडि

पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
  • १ दिन अगाडि

कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य
  • १ दिन अगाडि

नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता
  • १ दिन अगाडि

मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई
  • १ दिन अगाडि

बालुवाको रोयल्टीमा हिनामिना
  • ६ दिन अगाडि

बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण
  • ६ दिन अगाडि

बिनाशुल्क काम गर्छन् भलमनसा
  • ६ दिन अगाडि

Advertisement

अक्सिजन सिलिन्डर बझाङ पुगे

  •  संवाददाता
  • बुधबार, जेठ ०५, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    बझाङ-सरकारी संयन्त्रले होइन, सांसदहरूले आ–आफ्नो पहुँचको आधारमा सिलिन्डर बोकेर हिँड्दा के फरक पर्छ भन्ने उदाहरण बझाङमा देखिएको छ । सांसद आशा विकले काठमाडौंबाट जिल्ला अस्पताल बझाङ पुर्‍याएका सिलिन्डर खाली भेटिएका छन् । अब फेरि सिलिन्डर भर्न गाडीबाट ढुवानी गरेर नेपालगन्ज पुर्‍याउने तयारी छ ।

    कोभिड महामारीले जिल्लामा अक्सिजन अभाव भइरहेका वेला सांसद विकले आफ्नो जिल्लामा सात सिलिन्डर पठाएकी थिइन् । तर, पर्याप्त समन्वय नभएकाले सिलिन्डर भर्दै नभरी जिल्ला पुर्‍याइएको हो । ‘चीन सरकारले अनुदान दिएका चार सय सिलिन्डरहरूमध्ये दाङ जिल्लाकी सांसद गंगा चौधरी र मैले सात–सात थान खाली सिलिन्डर बुझेका हौँ ।

    मैले जिल्ला अस्पतालका डाक्टर सन्दीप ओखेडासँग परामर्श गरी सिलिन्डर जिल्लामा पठाएकी हुँ,’ सांसद आशा विकले भनिन् । जिल्ला अस्पतालका डाक्टर सन्दीप ओखेडाले पनि सांसद विक र आफूबीच टेलिफोनमा संवाद भएपछि खाली सिलिन्डर भए पनि जिल्लामा पठाउन आग्रह गरेको बताएका छन् ।

    उनले भने, ‘सिलिन्डर आएका छन् । अब एक–दुई दिनमै भर्नका लागि नेपालगन्ज पठाउने तयारी छ ।’ यसरी काठमाडौंबाट नेपालगन्ज हुँदै ४८ घन्टापछि बझाङ पुगेका सिलिन्डर फेरि एक दिनको बाटो गाडीमा ढुवानी गरेर नेपालगन्ज पठाउन थालिएको छ ।

    जिल्ला अस्पताल बझाङमा पिसिआर र एन्टिजेनमार्फत कोरोना परीक्षण भइरहेकोमा करिब ३० प्रतिशतमा रिपोर्ट पजिटिभ आउने गरेको छ । जिल्लामा महामारी अझै फैलिन सक्ने र अक्सिजन अभाव हुन सक्ने स्वास्थ्य कार्यालय बझाङका सूचना अधिकारी नारायण जोशीले बताए ।

    ‘जिल्लामा हालसम्म तीन हजार ३४ जनामा परीक्षण गर्दा एक हजार दुईजनाको रिपोर्ट पजिटिभ आएको छ । १५ जनाको ज्यान गएको छ । अहिले आठ सय ८४ जना सक्रिय संक्रमित छन्,’ उनले भने ।

    • अक्सिजन
    • सिलिन्डर
    बुधबार, जेठ ०५, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्
    अछामको बयालपाटा अस्पताल आगामी भदौ १ गतेदेखि सञ्चालनमा आउने
    सेती प्रादेशिक अस्पतालमा स्वास्थ्य बीमामा आवद्ध सेवाग्रहीहरुको चाप बढ्दो
    • भर्खरै
    • चर्चित
    • १.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • २.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ३.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ४.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ५.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ६.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ७.
      बालुवाको रोयल्टीमा हिनामिना

    • ८.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ९.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • १०.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    • १.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    • २.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ३.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • ४.
      बालुवाको रोयल्टीमा हिनामिना

    • ५.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ६.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ७.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ८.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ९.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • १०.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.