• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बुधबार, असार २५, २०८२ | Wednesday 9th July 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

सुदूरपश्चिममा अन्तर्राष्ट्रिय सहकारी दिवस : सहकारीको समस्यादेखि सम्भावनासम्म खुला छलफल, सरकारसँग जिम्मेवार नीति र सहयोगको माग
  • ४ दिन अगाडि

अछाममा पहिरोले सडक अवरुद्ध, एक घर जोखिममा
  • ५ दिन अगाडि

शुक्लाफाँटामा बाख्रापालन प्रोत्साहन :साझेदारीमा खोर निर्माण
  • ५ दिन अगाडि

सुदूरपश्चिममा नाउपाका मन्त्री बर्खास्त गर्नु असंवैधानिक : रञ्जिता श्रेष्ठ
  • ५ दिन अगाडि

धनगढीमा पानीको खाल्डोमा डुबेर बालकको मृत्यु
  • १ हप्ता अगाडि

कञ्चनपुरमा जिपको ठक्करबाट एक जना व्यवसायीको मृत्यु
  • १ हप्ता अगाडि

४० दिन देखि डीडीसी अत्तरियाको प्रशासनिक कामकाज ठप्प
  • १ हप्ता अगाडि

धान दिवसको अवसरमा कञ्चनपुरमा विशेष रोपाइँ महोत्सव सम्पन्न
  • १ हप्ता अगाडि

डिभिजन वन कार्यालय पहलमानपुरः वन संरक्षण, सेवा र समृद्धिको यात्रा
  • १ हप्ता अगाडि

महिला कर्मचारीसँगको लसपसका कारण बिलगेट्सको राजीनामा !

  •  संवाददाता
  • बिहिबार, जेठ ०६, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं-विश्वकै धनी मानिस मध्येका एक तथा विश्वको सफल सफ्टवेयर कम्पनी माइक्रोसफ्टका सह(संस्थापक बिल गेट्सको नाम फेरि चर्चामा छ । केही दिन अघि उनी र मेलिंडा गेट्सले आफूहरु अलग हुने घोषणा गरे ।

    २७ वर्ष सँगै बसेका उनीहरूको सम्बन्ध विच्छेद भएको खबर निकै चर्चामा रह्यो । माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सले गत वर्ष कम्पनीको बोर्डबाट राजीनामा दिए । राजीनामा दिँदै गर्दा कम्पनी भीत्र उनीमाथि छानविन भइरहेको खबर आइरहेको छ ।

    यो छानविन बिल गेट्सको २० वर्ष पुरानो अफेयरको विषयलाई लिएर चलिरहेको थियो । तर त्यही छानविनकै बीच उनी कम्पनीको बोर्डबाट हटे। माइक्रोसफ्टले उनको व्यवहारलाई लिएर केही चिन्ताहरु व्यक्त भइरहेका कारण त्यसमाथि अनुसन्धान सुरु गरिएको पुष्टी गरेको छ ।

    कम्पनीको भनाईमा माइक्रोसफ्टले एउटा कानूनी फर्मसँग मिलेर यो मामिलामाथि जाँच सुरु गरेको थियो र गेट्सको व्यवहारलाई लिएर रिपोर्ट गर्ने कर्मचारीलाई पुरा सहयोग उपलब्ध गराइएको थियो ।

    यद्यपि बिल गेट्सका प्रवक्ताले यसलाई अस्वीकार गरेका छन् । उनका अनुसार यस विषयसँग बोर्डबाट राजीनामा दिने निर्णयको कुनै सरोकार थिएन । बिल गेट्सले छानबिनकै क्रममा राजीनामा गरे ।

    सोमबार, माइक्रोसफ्टका प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै भने – सन् २०१९ को अन्तिम महिनामा कम्पनीमा एउटा उजुरी आएको थियो, जसमा बिल गेट्सले सन् २००० मा कम्पनीकी एक महिला कर्मचारीसँग “अन्तरंग सम्बन्ध सुरु गर्न” आग्रह गरिएको थियो ।

    उनले अगाडि भने “बोर्डको समितिले सम्पूर्ण मामलालाई गम्भीरताका साथ लियो र यस विषयमा अनुसन्धान गर्न बाह्य कानुन फर्मको सहायता लिने निर्णय गर्‍यो । अनुसन्धानका दौरान माइक्रोसफ्टले उजुरी दायर गर्ने कर्मचारीलाई पूर्ण सहयोग गरेको थियो ।”

    यद्यपि यो अनुसन्धान कुनै पनि निष्कर्षमा पुग्न सकेन । किनकि बिल गेट्सले अनुसन्धान पूरा हुनु अघि नै बोर्डबाट राजीनामा दिए । गत वर्षको मार्चमा, बिल गेट्सले लिंक्डइनमा एक पोस्ट गरेका थिए ।

    जसमा उनले यो निर्णय बिल र मेलिंडा गेट्स फाउन्डेसनमार्फत आफ्नो परोपकार कार्यमा बढी समय लगाउन राजीनामाको निर्णय लिएको बताएका थिए । बोर्डमा पुनः निर्वाचित भएको तीन महिनापछि उनको यस्तो पोस्ट आएको थियो ।

    त्यस समयमा उनले लेखेका थिए, “माइक्रोसफ्टको बोर्डबाट हट्नुको अर्थ कुनै पनि हालतमा कम्पनीबाट टाढा जानु होइन । माइक्रोसफ्ट सधैं मेरो जीवनको महत्त्वपूर्ण हिस्सा हुनेछ ।”

    “म कम्पनीको प्रगतिमा निकै आशावादी छु र यो निरन्तर संसारलाई लाभ पुर्‍याउने काममा अग्रसर भइरहनेछ ।” बिल गेट्सले सामाजिक काममा बढी ध्यान दिन चाहेको भन्दै कम्पनीको बोर्ड अफ डाइरेक्टर्सबाट राजीनामा दिए ।

    यद्यपि उनले यो पनि भनेका थिए कि कम्पनी उनका लागि सँधै महत्वपूर्ण रहने र आफूले वर्तमान सीईओ सत्य नाडेला र अन्य अधिकारीहरूको सल्लाहकारको रूपमा काम गरिरहने छन् ।

    बोर्डको आदेशमा पदबाट राजीनामा

    यद्यपि वाल स्ट्रिट जर्नलले आइतबार यस विषयमा एउटा लेख लेखेको छ । जसमा माइक्रोसफ्टको बोर्डले कम्पनीकी एक महिला कर्मचारीसँग बिल गेट्सको अनुचित सम्बन्ध रहेको र उनले राजीनामा गर्नुपर्ने फैसला लिएको उल्लेख छ।

    अखबारले बिल गेट्सको प्रवक्तालाई सोधेपछि बिल गेट्सको अफेयर पुष्टि गरे पनि पदबाट राजीनामा दिने निर्णयको यो मामिलासँग कुनै सम्बन्ध भएको कुरा उनले सोझै अस्वीकार गरे।

    गेट्सकी महिला प्रवक्ताले भनिन्, “करिब २० वर्ष अघि एउटा अफेयर थियो, जुन आपसी सहमतिबाट टुंगिसकेको छ।”

    उनी भन्छिन्, “बिल गेट्सको बोर्डबाट छुट्टिने निर्णयको यो मुद्दासँग कुनै सरोकार थिएन । वास्तवमा उनले धेरै अघि आफ्नो परोपकार कार्यलाई बढी समय दिने उल्लेख गरेका थिए।”

    सम्पत्ति र भागबन्डा

    गेट्स दम्पतीले विश्वव्यापी रुपमा परोपकार कार्यका लागि अरबौं रूपैयाँ दान दिएका छन् । दुवैले आफ्नो सम्बन्धविच्छेदको घोषणासँगै फाउण्डेसनको कामलाई आगामी दिनमा समेत मिलेर जारी राख्ने बताएका छन् ।

    अमेरिकी मिडियाका अनुसार ती दुवैले सम्बन्ध विच्छेदको घोषणा गर्नु अघि नै सम्पत्ति बाँडफाँड र अन्य कुराहरुमा सहमति कायम भएको थियो । फोर्ब्सका अनुसार ६५ वर्षीय बिल गेट्स विश्वका चौथो धनी व्यक्ति हुन् ।

    उनको कुल सम्पत्ति करिब १२४ अर्ब डलर छ । बिल गेट्सले १९७० मा माइक्रोसफ्टको सह(स्थापना गरेका थिए । सन्र २००८ सम्म उनी पूर्ण रुपमा कम्पनीमा संलग्न रहे । माइक्रोसफ्ट अहिलेको विश्वको सबैभन्दा ठूलो सफ्टवेयर कम्पनी हो ।

    वाशिङटन, फ्लोरिडा र वायोमिङ राज्यमा बिल र मेलिंडाको कयौं मिलियन डलरको सम्पत्ति रहेको बताइन्छ । तालको किनारमा उनको मुख्य निवास छ । जहाँ आलीशान बंगला छ । रिपोर्टअनुसार मदिनास्थित यो बंगलाको मूल्य करीब १२७ मिलियन डलर छ ।

    बीबीसीको सहयोगमा ।

    बिहिबार, जेठ ०६, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ दिल्लीको मुख्यमन्त्रीमा भाजपाकी रेखा गुप्ता, आज शपथ
    भारतको उडिसा घटनाबारे शिक्षा मन्त्रालयको गम्भीर ध्यानाकर्षण
    भारतको दिल्लीमा भाजपालाई दुई तिहाई बहुमत
    • भर्खरै
    • चर्चित
    • १.
      सुदूरपश्चिममा अन्तर्राष्ट्रिय सहकारी दिवस : सहकारीको समस्यादेखि सम्भावनासम्म खुला छलफल, सरकारसँग जिम्मेवार नीति र सहयोगको माग

    • २.
      अछाममा पहिरोले सडक अवरुद्ध, एक घर जोखिममा

    • ३.
      शुक्लाफाँटामा बाख्रापालन प्रोत्साहन :साझेदारीमा खोर निर्माण

    • ४.
      सुदूरपश्चिममा नाउपाका मन्त्री बर्खास्त गर्नु असंवैधानिक : रञ्जिता श्रेष्ठ

    • ५.
      धनगढीमा पानीको खाल्डोमा डुबेर बालकको मृत्यु

    • ६.
      कञ्चनपुरमा जिपको ठक्करबाट एक जना व्यवसायीको मृत्यु

    • ७.
      ४० दिन देखि डीडीसी अत्तरियाको प्रशासनिक कामकाज ठप्प

    • ८.
      धान दिवसको अवसरमा कञ्चनपुरमा विशेष रोपाइँ महोत्सव सम्पन्न

    • ९.
      डिभिजन वन कार्यालय पहलमानपुरः वन संरक्षण, सेवा र समृद्धिको यात्रा

    • १०.
      मुग्लिन–मलेखु सडक खण्डमा आजदेखि रातिको समयमा गाडी आवागमन नरोकिने

    • १.
      सुदूरपश्चिममा नाउपाका मन्त्री बर्खास्त गर्नु असंवैधानिक : रञ्जिता श्रेष्ठ

    • २.
      शुक्लाफाँटामा बाख्रापालन प्रोत्साहन :साझेदारीमा खोर निर्माण

    • ३.
      अछाममा पहिरोले सडक अवरुद्ध, एक घर जोखिममा

    • ४.
      सुदूरपश्चिममा अन्तर्राष्ट्रिय सहकारी दिवस : सहकारीको समस्यादेखि सम्भावनासम्म खुला छलफल, सरकारसँग जिम्मेवार नीति र सहयोगको माग

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.