• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, माघ ०७, २०८२ | Tuesday 20th January 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

अत्यन्त जरुरी सूचना !!
  • २ दिन अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • २ हप्ता अगाडि

शर्मा पुरस्कृत
  • २ हप्ता अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • २ हप्ता अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • २ हप्ता अगाडि

नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?
  • ३ हप्ता अगाडि

स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया
  • ३ हप्ता अगाडि

“मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”
  • ४ हप्ता अगाडि

विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना
  • १ महिना अगाडि

Advertisement

सुदूरपश्चिममा वैशाखभर ३३ प्रतिशतमा संक्रमण

  •  संवाददाता
  • शनिबार, जेठ ०८, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    डोटी-सुदूरपश्चिम प्रदेशमा वैशाख महिनाभरि ४१ हजार १४७ जनाको पीसीआर तथा एन्टिजेन परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये १३ हजार ५३८ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । यो संख्या परीक्षण गरिएको कुल संख्याको झण्डै ३३ प्रतिशत हो ।

    सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार पीसीआर विधिबाट २० हजार ६९१ जनाको परीक्षण गरिएकोमा नौ हजार ५५६ (४६.१८ प्रतिशत)मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट परीक्षण गरिएका २० हजार ४५६ मध्ये तीन हजार ९८२ (१९.४६ प्रतिशत)मा संक्रमण देखिएको छ ।

    चैत महिनासम्म सुदूरपश्चिममा एक लाख ५२ हजार १६७ जनाको परीक्षण गरिएकोमा १४ हजार ८९५ जनामा संक्रमण पुष्टि भएको थियो । यो संख्या परीक्षण गरिएको कुल संख्याको ८.७९ प्रतिशत मात्रै हो ।
    चैतसम्म पीसीआर विधिबाट एक लाख ३८ हजार ५७५ जनाको स्वाब परीक्षण गर्दा १४ हजार २३७ जना (१०.२७ प्रतिशत) संक्रमित भएको पुष्टि भएको थियो । यस्तै एन्टिजेन विधिबाट परीक्षण गरिएका १३ हजार ५९२ मध्ये ६५८ (४.८४ प्रतिशत)मा संक्रमण देखिएको थियो ।

    चैत महिनासम्म सुदूरपश्चिममा एक लाख ५२ हजार १६७ जनाको परीक्षण गरिएकोमा १४ हजार आठ सय ९५ जनामा संक्रमण पुष्टि भएको थियो । वैशाख महिनाभरि ४१ हजार एक १४७ जना व्यक्तिको पीसीआर तथा एन्टिजेन परीक्षण गर्दा १३ हजार ५३८ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ ।
    निर्देशनालयको तथ्यांकअनुसार वैशाखसम्म कुल एक लाख ९३ हजार ३१४ जनाको परीक्षण गर्दा २८ हजार ४३३ जनामा संक्रमण देखिएको छ । जसमा वैशाख महिनामा मात्रै संक्रमित हुनेको संख्या १३ हजार ५३८ छ । वैशाखमा मात्रै देखिएको संक्रमितको संख्या हालसम्म सुदूरपश्चिममा देखिएका कुल संक्रमितको झण्डै ४८ प्रतिशत हुन आउँछ ।

    भारतबाट आउनेको परीक्षण नहुँदा अवस्था भयावह

    किन भयावह भयो सुदूरपश्चिममा कोरोना संक्रमण ? सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशक डा गुणराज अवस्थी भन्छन्, ‘भारतमा कोरोना संक्रमणको दोस्रो लहर फैलिंदा स्वदेश फर्केकाहरूको हामीले सुरुदेखि नै परीक्षण गर्न सकेनौं, त्यसैले यो अवस्था आयो ।’

    अहिले पनि भारतसँग सीमा जोडिएका चार मुख्य नाकाहरू गड्डाचौकी, गौरीफण्टा, दार्चुला र झुलाघाटबाट आउनेहरूको मात्रै चेकजाँच भइरहेको र अन्य नाकाबाट लुकिछिपी आउनेहरूलाई परीक्षणको दायरामा ल्याउन नसकिएको डा. अवस्थी बताउँछन् ।

    ‘हामी अहिले पनि बढी संक्रमण फैलिएका भारतका शहरहरूबाट आएका र शंका लागेका व्यक्तिहरूलाई मात्रै परीक्षण गरिरहेका छौं, सबैलाई परीक्षण गर्न सकेका छैनौं,’ डा अवस्थीले भने, ‘यदि परीक्षणलाई व्यापक बनाउने हो भने संक्रमितको संख्या अत्याधिक हुने देखिन्छ ।’

    उनले यो अवस्था कहिलेसम्म रहने हो भन्ने अनुमान गर्न गाह्रो रहेको बताए । ‘अहिले तेस्रो लहरको संक्रमण देखिएको पुष्टि भइसकेको छ,’ डा. अवस्थीले भने, ‘त्यसैले कोभिड–१९ को संंक्रमण कहिलेसम्म रहन्छ, कति चरणसम्म जान्छ भन्ने कुराको अनुमान गर्न सकिन्न ।’ उनले विगतमा फैलिएका महामारीहरू लामो समयसम्म रहेको बताए ।

    कोरोनाबाट बच्नका लागि मुख्यतया तीन सावधानी अपनाउन उनले आग्रह गरे । ‘भौतिक दूरी कायम गर्नुहोस्, घरबाहिर निस्कनै पर्ने अवस्था आएमा मास्कको अनिवार्य प्रयोग गर्नुहोस् र सरसफाइमा ध्यान दिनुहोस,्’ डा. अवस्थीको आग्रह छ ।

    उनले जुन ठाउँमा मापदण्डको सही पालना भएको छ, त्यो ठाउँमा संक्रमण दर कम भएको बताए । अगाडि भने, ‘यो महामारीबाट आपूm बच्न, परिवारका सदस्यहरू बचाउन र समुदायलाई बचाउन स्वास्थ्य मापदण्डको प्रयोग गर्नु नै उपाय हो ।’

    वैशाखमा मृत्युको हुनेको संख्या पाँच गुणा बढ्यो

    निर्देशनालयको तथ्यांकअनुसार चैतसम्म सुदूरपश्चिममा मृत्यु हुनेको संख्या ५८ थियो । वैशाख महिनासम्ममा यो संख्या ३१७ पुग्यो । यस तथ्यांकले वैशाखमा मात्रै सुदूरपश्चिम प्रदेशमा २५९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । तथ्यांकमा नआएकाहरु पनि हुनसक्ने अनुमान छ ।

    यस आधारमा वैशाखमा मृतकको संख्या पाँच गुणाभन्दा बढी देखिन्छ । प्रदेशमा हालसम्म कुल संक्रमित संख्याको १.११ प्रतिशतले कोरोनाविरुद्धको लडाइँमा ज्यान गुमाएका छन् ।

    • वैशाखको अन्तिम सात दिनमा मात्रै १४२ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।

    कतिले जिते कोरोना ?

    वैशाख महिनामा चार हजार २१६ जनाले कोरोना विरुद्धको लडाइँ जितेका छन् । चैत महिनासम्म कोभिड–१९ को संक्रमणबाट मुक्त हुनेको संख्या १४ हजार ५५ थियो ।

    • कोरोना
    शनिबार, जेठ ०८, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शर्मा पुरस्कृत
    सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
    एमालेबाट सूर्य ढकाल सिफारिस
    • भर्खरै
    • चर्चित
    • १.
      अत्यन्त जरुरी सूचना !!

    • २.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ३.
      शर्मा पुरस्कृत

    • ४.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ५.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • ६.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • ७.
      स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया

    • ८.
      “मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”

    • ९.
      विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना

    • १०.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • १.
      अत्यन्त जरुरी सूचना !!

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.