• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   आइतबार, माघ १५, २०७९ | Sunday 29th January 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

कञ्चनपुरमा खैरो हेरोइनसहित एक युवक पक्राउ
  • ५ दिन अगाडि

कञ्चनपुरमा १४ वर्षीया बालिकाले शिशु जन्माइन्,भारतीय नागरिक विरुद्ध बलात्कारको मुद्दा
  • ५ दिन अगाडि

सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात
  • ५ दिन अगाडि

ट्रक व्यवसायीको समस्या समाधानका लागि सदनमा कुरा उठाउने सांसदहरूको प्रतिबद्धता
  • १ हप्ता अगाडि

स्वास्थ्य प्रवर्द्धनात्मक निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर टिकापुरमा सम्पन्न
  • १ हप्ता अगाडि

पूर्वप्रदेशसभा सदस्यको सुन्तला खेती
  • १ हप्ता अगाडि

गँड्यौली मल उत्पादन प्रविधी 
  • १ हप्ता अगाडि

धनगढीबाट अत्तरिया जादै गरेको ट्रक गेटामा दुर्घटना
  • २ हप्ता अगाडि

धनगढीमा ट्रयू मेकर्स टिमको आगमन
  • २ हप्ता अगाडि

अछामका आइसोलेसनमा छैन पौष्टिक खाना

  •  संवाददाता
  • मङ्गलबार, जेठ ११, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    अछामको मंगलसेन नगरपालिका–५ की ३४ वर्षीया महिला र उनका श्रीमान्लाई दुई साताअघि कोरोना संक्रमण भयो । १७ दिनसम्म उनीहरू जिल्ला अस्पतालको आइसोलेसन वार्डमा बसे । श्वासप्रश्वासमा समस्या भएपछि श्रीमान्लाई अक्सिजन दिनुपर्‍यो । स्वास्थ्यकर्मीबाट उपचार पनि राम्रै भयो । तर खानपिन राम्रो नभएर दुवै जना कमजोर हुँदै गए ।

    ‘बिहान चियाबिस्कुट दिन्थे । ११ बजेतिर खाना अनि साँझ खाना दिन्थे । मासुको त के कुरा दिउँसो चियासम्म पाइँदैनथ्यो,’ श्रीमतीले भनिन्, ‘हाम्रा बूढाबूढी दुवैलाई कोरोना भयो । घरमा ससाना केटाकेटी मात्र छन् । बाहिरबाट खाना ल्याइदिने पनि कोही भएनन् । कोरोनाले गर्दा गम्भीर बिरामी भएको बेला राम्रो खाना नपाउँदा झनै कमजोर भइयो ।’

    आर्थिक अवस्था कमजोर भएका मंगलसेन–५ कै एक दलित दम्पतीलाई पनि दुई साताअघि कोरोना देखियो । श्वास फेर्न गाह्रो हुने भएपछि श्रीमतीलाई जिल्ला अस्पतालको आइसोलेसन वार्डमा राखियो । श्रीमान्–श्रीमती दुवै मजदुरी गरेर जीविकोपार्जन गर्छन् । कहिले भारी बोक्ने, कहिले ढुंगा बोक्ने यस्तै काम गर्दागर्दै दुवैलाई संक्रमण देखियो र आइसोलेसनमा बस्नुपर्ने भयो । तर अस्पतालको १३ दिनको बसाइमा खानपिनको तालमेल नमिल्दा अहिलेसम्म गाह्रो भएको उनको भनाइ छ ।

    ‘अस्पतालभित्रै आइसोलेसन वार्डमा बस्यौं । क्यान्टिनबाट जे दियो त्यही खानैपर्‍यो । दाल, भात, तरकारीबाहेक अरू केही थिएन । कहिलेकाहीं बिहान चियासँग बिस्कुट दिन्थे । त्यत्ति नै हो,’ श्रीमान्ले भने, ‘आफू घरमा भएको भए पनि कसैसँग उद्यारो मागेर पनि राम्रो खाना खुवाउँथे । म पनि बाहिर आउन नमिल्ने, अस्पतालबाट पोसिलो खाने कुरा केही पनि नपाइने ।’

    मंगलसेन–३ का अर्का संक्रमितका कुरुवाको अनुभव पनि उस्तै छ । अस्पतालले दिने खानाले मात्रै कोरोना जित्न नसकिने उनले बताए । ‘संक्रमितले के खाएमा कोरोना जितिन्छ भन्नेबारे सबैलाई थाहा छ । अस्पतालमा त पौष्टिक खाजा भनेर चियाबिस्कुट दिन्छन् । यस्तो तरिकाले अस्पताल जाने बिरामीलाई झन् गाह्रो हुन्छ ।’

    पहिलो चरणमा संक्रमित भएका व्यक्तिलाई बिहान खाना, दिउँसो खाजा र बेलुकाको खानाको व्यवस्था भए पनि अहिले बिहानबेलुकाको खाना मात्रै दिइएको जिल्ला अस्पतालको क्यान्टिनका सञ्चालक रतन बोहराले बताए । ‘अहिले माछामासु पनि दिने गरेको छैन । अस्पतालबाट जे दिनु भन्ने खबर आयो हामीले त्यही दिने हो,’ उनले भने । संक्रमितका कुरुवालाई पनि संक्रमितले खाने जस्तै खाना दिने गरेको उनको भनाइ छ ।

    कोरोना भाइरसको संक्रमण तीव्र रूपमा फैलिरहेको छ । अहिले अस्पतालहरू संक्रमितले भरिभराउ छन् । गत वर्षको तुलनामा मृत्युदर पनि बढी देखिएको छ । यस्तो अवस्थामा कोरोना लागिहाल्यो भने के खाने, कति खाने, केका लागि खाने रु यसबारे जानकारी राख्दा फाइदाजनक चिकित्सक बताउँछन् । ‘कोरोना निको हुने कुरा व्यक्ति स्वयंमा भर पर्छ । त्यसैले खानपान र जीवनशैलीमा परिवर्तन आवश्यक छ । जोसँग रोग प्रतिरोधात्मक क्षमता ९इम्युनिटी पावर० धेरै छ, उसले रोगसँग सजिलै लड्न सक्छ,’ चिकित्सकले भने, ‘त्यसैले आइसोलेसनमा रहेका संक्रमितलाई इम्युनिटी पावर बढाउने खानेकुरा खुवाउनुपर्छ ।’ जिल्ला अस्पतालले नै चाउचाउ र बिस्कुटजस्ता तयारी खाजा दिने गरेको छ । तर, यस्ता खानेकुराले झन् असर गर्न सक्ने स्वास्थ्यकर्मीहरू बताउँछन् । कान्तिपुरबाट

    • आइसोलेसन
    मङ्गलबार, जेठ ११, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूकम्पको धक्कापछि बझाङ र बाजुरामा बाहिरै बसेर आगो ताप्दै स्थानीय
    सुदूरपश्चिमका अधिकांश ठाउँमा भूकम्पको धक्का
    भीम रावलबिना अछाममा एमालेलाई चुनौती कति ?
    • भर्खरै
    • चर्चित
    • १.
      कञ्चनपुरमा खैरो हेरोइनसहित एक युवक पक्राउ

    • २.
      कञ्चनपुरमा १४ वर्षीया बालिकाले शिशु जन्माइन्,भारतीय नागरिक विरुद्ध बलात्कारको मुद्दा

    • ३.
      सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात

    • ४.
      ट्रक व्यवसायीको समस्या समाधानका लागि सदनमा कुरा उठाउने सांसदहरूको प्रतिबद्धता

    • ५.
      स्वास्थ्य प्रवर्द्धनात्मक निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर टिकापुरमा सम्पन्न

    • ६.
      पूर्वप्रदेशसभा सदस्यको सुन्तला खेती

    • ७.
      गँड्यौली मल उत्पादन प्रविधी 

    • ८.
      धनगढीबाट अत्तरिया जादै गरेको ट्रक गेटामा दुर्घटना

    • ९.
      धनगढीमा ट्रयू मेकर्स टिमको आगमन

    • १०.
      धनगढीमा भोलिदेखि दीपेन्द्र स्वार स्मृति डीसीए कप क्रिकेट सुरु हुने

    • १.
      कञ्चनपुरमा १४ वर्षीया बालिकाले शिशु जन्माइन्,भारतीय नागरिक विरुद्ध बलात्कारको मुद्दा

    • २.
      कञ्चनपुरमा खैरो हेरोइनसहित एक युवक पक्राउ

    • ३.
      सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.