• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, साउन ०४, २०८२ | Saturday 19th July 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

छाउपडी प्रथाजन्य कुरीति विरुद्ध सुदूरपश्चिममा अभियान सञ्चालन गर्ने निर्णय
  • १० घण्टा अगाडि

धनगढीमा गाडिएको शव प्रहरीद्धारा उत्खनन्, मृतकका भान्जा र भाइ पक्राउ
  • १६ घण्टा अगाडि

लागूऔषधसहित कैलालीमा चार जना पक्राउ
  • १६ घण्टा अगाडि

अब अनलाइनमार्फत सूचना माग्न र पुनरावेदन गर्न सकिने
  • २ दिन अगाडि

दार्चुलाको महाकाली नदीको बीचमा अड्किएका पुरुषको सकुशल उद्धार
  • २ दिन अगाडि

सुदूरपश्चिमका मुख्यमन्त्री शाहको कानुनी जटिलताको पहिचान गर्न निर्देशन
  • २ दिन अगाडि

टीकापुरमा प्लास्टिकका झोला प्रयोगमा प्रतिबन्ध
  • २ दिन अगाडि

सुदूरपश्चिममा अन्तर्राष्ट्रिय सहकारी दिवस : सहकारीको समस्यादेखि सम्भावनासम्म खुला छलफल, सरकारसँग जिम्मेवार नीति र सहयोगको माग
  • २ हप्ता अगाडि

अछाममा पहिरोले सडक अवरुद्ध, एक घर जोखिममा
  • २ हप्ता अगाडि

ओलीको निर्देशन मानेर सुदूरपश्चिम प्रदेश सरकारबाट फिर्ता होला त नेपाल-खनाल समूह ?

  •  संवाददाता
  • बुधबार, जेठ १२, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सुदूरपश्चिम प्रदेश सरकारमा माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिने नेकपा ९एमाले० को स्थायी कमिटी बैठकको निर्णय अझै कार्यान्वयनमा आउन सकेको छैन।

    प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीको अध्यक्षतामा सोमबार बसेको स्थायी कमिटी बैठकले समर्थन फिर्ता लिँदै सरकारमा रहेका आफ्ना मन्त्रीलाई २४ घण्टाभित्र बाहिरिन निर्देशन दिएको थियो।

    यद्यपी एमालेको नेपाल–खनाल समूहका मन्त्रीले पार्टी केन्द्रको निर्णय कार्यान्वय गरेका छैनन्। एमालेका तीनमन्त्री अहिले पनि माओवादी केन्द्रका मुख्यमन्त्री त्रिलोचन भट्टकै सरकारमा सहभागी छन्।

    सरकारबाट बाहिरिने निर्णयको विषयमा छलफल गर्न बुधवार बिहान एमाले प्रदेश संसदीय दलको बैठक बोलाइएको छ। मंगलबार एमालेको नेपाल–खनाल निकट सांसद मात्रै सहभागी संसदीय दलको बैठक बस्ने तयारी भएको थियो। तर सो समूहमै मतभेद देखिँदा पछि बैठक स्थगित गर्नु परेको थियो।

    बुधवार बिहान आह्वान गरिएको संसदीय दलको बैठकमा एमालेको ओली पक्ष पनि सहभागी हुने स्रोतले जनाएको छ।

    सरकारबाट बाहिरिन आधिकारिक निर्देशन आफूहरुलाई प्राप्त नभएको एमाले सुदूरपश्चिम प्रदेशका प्रमुख सचेतक तारालामा तामाङले बताए। उनी खनाल–नेपाल समूहमा आवद्ध छन्।
    ‘सरकारबाट बाहिरिने आधिकारिक जानकारी हामीलाई आएको छैन् । मिडियाहरुबाट कुरा सुनिएको मात्रै हो। त्यसैले अहिले नै राजीनामा दिएर बाहिरिने कुरा आउँदैन,’ उनले भने, ‘संसदीय दलको बैठकमा आज छलफल हुन्छ । त्यस पछि केही निकास निस्केला।’

    एमालेको नेपाल–खनाल समूहका तीन जना सांसद प्रदेश सरकारमा मन्त्री छन् । संसदीय दलका नेता प्रकाश बहादुर शाह आन्तरिक मामिला तथा कानून मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारीमा छन्।

    यस्तै नेपाल–खनाल समूहकै कृष्णराज सुवेदीले सामाजिक विकास मन्त्रालय र माया भट्टले उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय सम्हालेकी छन्।

    एमालेको ओली समूह यस अघि नै सरकारबाट बाहिरिएर माओवादी केन्द्रका नेता त्रिलोचन भट्ट नेतृत्वको सरकार ढाल्न सक्रिय छ।

    पहिलो पटक प्रतिनिधिसभा विघटनपछि तत्कालीन नेकपा विभाजित भएका बेला ओली निकट भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई मुख्यमन्त्री भट्टले पदमुक्त गरेका थिए। नेकपा माओवादी केन्द्रबाट विजयी आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहरा मन्त्री पदबाट राजिनामा दिँदै ओली खेमामा उभिएका थिए।

    सरकारबाट फिर्ता हुने वा नहुने पक्षमा नेपाल–खनाल समूहभित्रै मतभेद छ । प्रदेश संसदीय दलको नेता शाह भीम रावल निकट नेता मानिन्छन्।

    एमालेको संस्थापन पक्षले माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिएको अवस्थामा नेपाल–खनाल पक्षका नेता शाहले समर्थन यथावत राख्न चाहेको नेपाल–खनाल समूहकै नेताहरुको विश्लेषण छ।

    नेपाल–खनाल समूहमा केन्द्रको निर्देशन पालना गर्नुपर्ने मत पनि जोडबलका साथ उठिरहेको सांसदहरु बताउँछन्। ‘दुई÷तीन जनाको सरकारमा बस्ने इच्छाले हुदैन । पार्टीको निर्देशन अनुसार चल्नु पर्छ,’ ओली निकट सांसद रतन बहादुर थापाले भने, ‘अहिले सरकारबाट बाहिरिएर नयाँ बिकल्पका साथ अगाडि बढ्नु पर्ने धेरै साथीहरुको मत छ।’

    पार्टीको निर्देशन विपरित गए कारबाही समेत भोग्नु पर्ने उनले चेतावनी दिए । ‘आज बस्ने संसदीय दलको बैठकमा यस विषयमा छलफल हुने छ। धेरै साथीहरुको भनाई अहिले पार्टीको निर्णय मानेर जानु पर्छ आएको छ,’ उनले भने, ‘त्यसैले सरकारबाट फिर्ता हुनुको बिकल्प छैन्।’

    सुदूरपश्चिम प्रदेश सभामा नेकपा एमालेको नेपाल–खनाल समूह बलियो छ । ५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा नेकपा ९एमाले० को सभामुखसहित २५ सांसद छन् । तीमध्ये १८ जना नेपाल–खनाल समूहमा छन् भने ६ जना मात्रै प्रधानमन्त्री एंवम् अध्यक्ष ओली समूहमा खुलेका छन्।

    • ओलीको निर्देशन
    • नेपाल-खनाल
    बुधबार, जेठ १२, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज गणतन्त्र दिवस : विभिन्न कार्यक्रम गरी देशभर मनाइँदै
    गृहमन्त्रीमाथि छानबिन गर्न रास्वपाको माग, नगरेसम्म संसद चल्न नदिने
    एमाले सचिवालय बैठक बस्दै
    • भर्खरै
    • चर्चित
    • १.
      छाउपडी प्रथाजन्य कुरीति विरुद्ध सुदूरपश्चिममा अभियान सञ्चालन गर्ने निर्णय

    • २.
      धनगढीमा गाडिएको शव प्रहरीद्धारा उत्खनन्, मृतकका भान्जा र भाइ पक्राउ

    • ३.
      लागूऔषधसहित कैलालीमा चार जना पक्राउ

    • ४.
      अब अनलाइनमार्फत सूचना माग्न र पुनरावेदन गर्न सकिने

    • ५.
      दार्चुलाको महाकाली नदीको बीचमा अड्किएका पुरुषको सकुशल उद्धार

    • ६.
      सुदूरपश्चिमका मुख्यमन्त्री शाहको कानुनी जटिलताको पहिचान गर्न निर्देशन

    • ७.
      टीकापुरमा प्लास्टिकका झोला प्रयोगमा प्रतिबन्ध

    • ८.
      सुदूरपश्चिममा अन्तर्राष्ट्रिय सहकारी दिवस : सहकारीको समस्यादेखि सम्भावनासम्म खुला छलफल, सरकारसँग जिम्मेवार नीति र सहयोगको माग

    • ९.
      अछाममा पहिरोले सडक अवरुद्ध, एक घर जोखिममा

    • १०.
      शुक्लाफाँटामा बाख्रापालन प्रोत्साहन :साझेदारीमा खोर निर्माण

    • १.
      धनगढीमा गाडिएको शव प्रहरीद्धारा उत्खनन्, मृतकका भान्जा र भाइ पक्राउ

    • २.
      टीकापुरमा प्लास्टिकका झोला प्रयोगमा प्रतिबन्ध

    • ३.
      दार्चुलाको महाकाली नदीको बीचमा अड्किएका पुरुषको सकुशल उद्धार

    • ४.
      सुदूरपश्चिमका मुख्यमन्त्री शाहको कानुनी जटिलताको पहिचान गर्न निर्देशन

    • ५.
      अब अनलाइनमार्फत सूचना माग्न र पुनरावेदन गर्न सकिने

    • ६.
      लागूऔषधसहित कैलालीमा चार जना पक्राउ

    • ७.
      छाउपडी प्रथाजन्य कुरीति विरुद्ध सुदूरपश्चिममा अभियान सञ्चालन गर्ने निर्णय

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.