गायिका अन्जु पन्तले विवाह गर्ने भएकी छिन् । अन्जुले प्रेमी थिर कोइरालासँग विवाह गर्न लागेकी हुन् ।
एक वर्षदेखि आफूहरू प्रेममा रहेको र केही समयपछि बैवाहिक बन्धनमा बाँधिन लागेको थिरले बताए । थिर तत्काल विवाह गर्ने कुनै तयारी नरहेको बताउँछन् ।
उनी भन्छन्, केही समाचारहरू तत्काल विवाह हुन लागेको छ भन्ने खालका आएका छन् । तर, त्यस्तो होइन । सायद एक वर्षभित्र विवाह गर्छौं होला ।
थिर र अन्जुबीच तीन वर्ष अगाडि भेट भएको थियो । थिर गीतकार पनि हुन् । थिरले लेखेका केही गीतमा अन्जुले स्वर पनि भरेकी छिन् ।
गायक तथा संगीतकार मनोजराज सिवाकोटीसँगको डिभोर्स भएपछि अन्जु छोरी परितोशिकासँग बस्दै आएकी छिन् । केही समयदेखि छोरी परितोशिकाले पनि अन्जुलाई विवाहको दबाब दिइरहेकी थिइन् । -शिलापत्र