धनगढी,१४ जेठ-सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक बिकास मन्त्रीबाट राजीनामा दिएका कृष्णराज सुवेदीले मार्ग प्रशस्त गर्न आफूले राजीनामा दिएको बताएका छन् ।
दैनिक जीवन सँग प्रतिक्रिया दिँदै सुवेदीले पार्टी भित्रको आन्तरिक किचलो र दबाबका बिच स्वइच्छाले राजीनामा दिएको बताए ।
‘पार्टीभित्र पनि धेरै किचलो थियो,उनले भने,धेरै सांसदहरूले मन्त्री बन्न इच्छा देखाए त्यसैले मैले मार्ग प्रशस्त गरी दिए।’एमालेकै लालबहादुर खड्का सामाजिक बिकास मन्त्री नियुक्त भएका छन् ।